Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

सुस्त देउवा

\"\"काठमाडौं । प्रधानमन्त्रीमा जेठ २३ गते निर्वाचित भएर २४ मा कार्यभार सम्हालेका शेरबहादुर देउवाले डेढ महिना हुन लाग्दासमेत मन्त्रिमण्डलसम्म पनि विस्तार गर्न सकेका छैनन् । देउवाको अति सुस्त काम गर्ने शैलीप्रति उनकै पार्टी कांग्रेसका नेताहरूसमेत रुष्ट हुन थालेका छन् । उनको यस्तै सुस्तता कायम रहे आगामी माघ ७ भित्र प्रदेश र संघीय संसद्को चुनाव हुनेमा शंका बढ्न थालेको कांग्रेसकै नेताहरूले बताएका छन् । अाजको कान्तिपुरमा खबर छ– ‘प्रदेश र संघीय संसद्को चुनावका लागि सरकार क्षेत्र निर्धारण आयोग गठन गरेर तयारीमा जुटिसक्नुपर्ने हो, तर प्रधानमन्त्रीजी अहिलेसम्म मन्त्रिमण्डल विस्तारसमेत गर्न नसकेर अल्झिरहनुभएको छ,’ कांग्रेसकै एक शीर्ष नेताले भने, ‘मन्त्रिपरिषद्लाई पूर्णता दिनसमेत डेढ महिना बिताउने हो भने कसरी माघ ७ भित्र बाँकी दुवै तहको चुनाव होला भनेर विश्वास गर्ने ?’ देउवाले आफ्नै निजी सचिवालयलाई समेत अहिलेसम्म पूर्णता दिन सकेका छैनन् । परराष्ट्र, सञ्चार र स्वकीय सचिवबाहेक महत्त्वपूर्ण मानिने राजनीतिक र आर्थिक सल्लाहकारसमेत नियुक्ति गर्न सकेका छैनन् । प्रधानमन्त्रीको सुस्त काम गर्ने शैलीप्रति पार्टीभित्र रामचन्द्र पौडेल पक्ष मात्र होइन, देउवा निकट नेताहरूसमेत असन्तुष्ट छन् । पौडेल पक्षले स्थानीय तहको चुनावको समीक्षा, प्रदेश र संघीय संसदको चुनावको तयारी र मन्त्रिमण्डल विस्तारलगायत विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउन देउवालाई दबाब दिएको छ । महामन्त्री शशांक कोइरालामार्फत बैठक बोलाउन आग्रह गरिए पनि देउवाले त्यसलाई पन्छाउँदै आएका छन् । कांग्रेस नेता रामशरण महतले मन्त्रिमण्डल विस्तारलगायत नीतिगत विषय र स्थानीय तह चुनावको समीक्षाका लागि संस्थागत छलफल गर्न बैठक बोलाउन प्रधानमन्त्रीसँग आग्रह गरिएको बताए । ‘कतिपय विषय केन्द्रीय कार्यसमितिमै गर्नुपर्ने छ, कतिपय विषयलाई कार्यसम्पादन समिति या पदाधिकारी बैठक बोलाए पनि हुन्छ,’ उनले भने, ‘मन्त्रिमण्डललगायत अहिले उठिरहेका विषयमा पार्टीभित्र संस्थागत छलफल भएको छैन ।’ महतले प्रदेश र संघीय संसद्को चुनावका लागि क्षेत्र निर्धारण आयोग गठन गर्न ढिलाइ भइसकेको बताए । संविधानअनुसार अबको संघीय संसद्मा १ सय ६५ र प्रदेशमा त्यसको दोब्बर अर्थात् ३ सय ३० निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने हुन्छ । त्यसका लागि क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर प्रधानमन्त्री देउवा आयोग गठन गर्नुको साटो २ सय ४० निर्वाचन क्षेत्र नै कायम राख्ने प्रयासमा लागेका छन्, जसप्रति आफ्नै पार्टीसमेत एकमत छैन । कांग्रेस नेता शेखर कोइरालाले २ सय ४० निर्वाचन क्षेत्र कायम गर्ने पक्षमा कांग्रेस जानै नहुने बताए । ‘यसले एउटा नेताका लागि राम्रो काम होला, तर मुलुक र कांग्रेसकै भविष्यका लागि यो निर्णयमा हामीहरू पुग्न सक्दैनौं,’ उनले भने । २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने हो भने संविधान संशोधन गर्नुपर्छ । एमाले २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने पक्षमा नभएपछि तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुको विकल्प प्रधानमन्त्रीसँग छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending