श्रावण ७ गते, २०७४ शनिवार 22nd July, 2017 Sat०७:३६:२० मा प्रकाशित
काठमाडौं ।निर्वाचन आयोगले आगामी २ असोजमा हुने प्रदेश २ को स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर राजनीतिक दलहरू भने अझै निर्वाचन केन्द्रित कार्यक्रमविहीन अवस्थामा छन् । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गरेर आयोगले प्रदेश २ मा रहेका एक सय २७ स्थानीय तहमा तेस्रो चरणअन्तर्गत हुने निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने ठूला दल मात्र होइन प्रदेश २ लाई आफ्नो पकड क्षेत्र मान्ने मधेसकेन्द्रित दलको समेत प्रदेश २ मा निर्वाचन गतिविधि शून्य देखिएको छ ।
अाजको राजधानी दैनिकमा खबर छ– आयोगले २१ भदौमा उम्मेदवारी दर्ता र २ असोजमा मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । तर राजनीतिक दलले प्रदेश २ मा हुने स्थानीय तह निर्वाचन केन्द्रित आमसभा, भेला, उम्मेदवारी छनोट, कार्यकर्ता प्रशिक्षणलगायत कार्यक्रम कहिले र कहाँ गर्ने भन्ने कार्यतालिका अझै बनाएका छैनन् ।
अन्य प्रदेशका स्थानीय तह निर्वाचन सम्पन्न भएर त्यहाँका निर्वाचित जनप्रतिनिधिले काम थालिसकेका छन् । तर दलहरूको चहलपहल नहुँदा प्रदेश २ का जनतामा निर्वाचन पुनः सर्ने हो कि भन्ने शंका सुरु भएको छ ।प्रदेश २ को स्थानीय तह निर्वाचन भए पनि राजनीतिक दलको झिनो तयारीसमेत काठमाडौं केन्द्रित छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले निर्वाचन जित्ने रणनीति काठमाडौंमै बनाइरहेको छ । प्रदेश २ का पार्टी केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति, क्षेत्रीय सभापतिलगायतलाई बिहीबार र शुक्रबार काठमाडौंमै डाकेर कांग्रेसले छलफलगरेको छ ।
कांग्रेस नेता रमेश लेखकले प्रदेश २ का आठवटै जिल्लामा आमसभा गर्ने भेलाले निर्णय गरेको बताए । तर कहिले गर्ने भन्ने विषयमा निर्णय नभएको उनले बताएका छन् । प्रदेश २ मै गएर कुन कार्यक्रम कहिले र कसरी गर्ने भन्ने विषयमा कांग्रेसभित्र अन्योल छ ।
कांग्रेस नेता विमलेन्द्र निधिले एक सयभन्दा बढी स्थानीय तह जित्ने दाबी गरेका छन् । तर कांग्रेसले उम्मेदवार अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बनेको प्रमुख प्रतिपक्षी दल एमाले पनि निर्वाचन केन्द्रित कार्यक्रमविहीन अवस्थामा छ । एमाले स्थायी समिति सदस्य एवं प्रदेश २ का संयोजक सत्यनारायण मण्डल निर्वाचन केन्द्रित कुनै योजना हालसम्म नबनेको बताउँछन् ।
यद्यपि निर्वाचन जित्ने योजना भने बनिरहेको उनको भनाइ छ ।
अहिले खेतीपातीको समय भएकाले मतदाताबीच कसरी जाने भन्ने विषय टुंगिन नसकेको उनको भनाइ छ । कुन तहमा कसलाई उम्मेदवार बनाउने ? सो विषयमा समेत एमालेभित्र छिनोफानो भएको छैन । केही ठाउँमा उम्मेदवारी छनोट भइसकेको र बाँकी तहको उम्मेदवारी छनोट गर्ने काम छिट्टै टुंगो लगाउने एमालेलेजनाएको छ । गत आइतबार काठमाडौंमै एमालेको स्थायी कमिटी बैठक बसेको थियो ।
बैठकले २ असोजमा प्रदेश २ को तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो शक्तिको रूपमा विजयी गराउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । निर्वाचन तयारीमा जुट्न प्रदेश २ अन्तर्गतका पार्टी कमिटी, जनसंगठन र नेता–कार्यकर्तालाई पार्टीले निर्देशित गरिसकेको एक साता बिते पनि के कार्यक्रम, कहाँ र कसरी गर्ने भन्ने तय एमालेले गरेको छैन ।
सत्तारूढ दल नेकपा माओवादी केन्द्रले पनि प्रदेश २ को स्थानीय तह निर्वाचनको रणनीति काठमाडौंमै बनाइरहेको छ । माओवादी केन्द्रका नेता विश्वनाथ साहले पार्टीको सचिवालय बैठक काठमाडौंमा जारी रहेको र सोही बैठकले चुनावी कार्यक्रम तय गर्ने बताए ।
प्रदेश २ मा कार्यकर्ता प्रशिक्षण गर्ने कार्यक्रम रहे पनि त्यसको मिति र ठाउँ नतोकिएको नेता साहले बताए । काठमाडौंमा जारी पार्टीको केन्द्रीय सचिवालय बैठक सम्पन्न भएपछि निर्वाचन केन्द्रित कार्यक्रम गर्ने उनले बताए ।
माओवादी नेता गिरिराजमणि पोखरेलले १५ साउनभित्रै सबै तहमा उम्मेदवार घोषणा हुने बताए । पार्टी उम्मेदवार छनोटको गृहकार्यमा जुटेको बताउँदै नेता पोखरेलले आठवटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तयारी भइरहेको बताए ।
प्रदेश २ मधेसवादी दलको पकड क्षेत्रका रूपमा विश्लेषण गरिए पनि संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमले समेत चुनावी तयारी काठमाडौंबाटै गरिरहेका छन् ।
फोरम नेपालका महासचिव रामसहाय यादवले उम्मेदवार छनोट गर्ने काम भइरहेको बताए । जिल्लाजिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको बताउँदै उनले विकासका मुद्दा लिएर जनताबीच जाने बताए । तर कहिले, कहाँ र के कार्यक्रम गर्ने भन्ने विषयमा फोरम नेपालले निर्णय गर्न सकेको छैन ।
लोकतान्त्रिक फोरमका महासचिव भारतेन्दु मल्लिकले पार्टीले १५ साउनभित्रै उम्मेदवार छनोट गरिसक्ने बताएका छन् । काठमाडौंमै बसेर प्रदेश २ को चुनावी रणनीति बनाइरहेको लोकतान्त्रिक फोरमले २० साउनमा जनकपुरमा भेला गर्ने तयारी गरेको छ । भेलामा पार्टीका उम्मेदवार, केन्द्रीय सदस्य, सांसद, जिल्ला पदाधिकारीलगायतको सहभागिता हुने मल्लिकले बताएका छन् ।
मधेसवादी अर्को दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) समेत काठमाडौंमै बसेर प्रदेश २ को निर्वाचन बहिष्कार गर्ने रणनीति बनाउन व्यस्त छ । राजपाले काठमाडौंमा १८ साउनमा पदाधिकारी बैठक र त्यसपछि २१ साउनदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकले पार्टीको विधान, घोषणापत्र, प्रदेश २ को स्थानीय तह निर्वाचनलगायत विषयमा विशेष छलफल गर्ने राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले बताए ।
राजपा नेपालका महासचिव मनीष सुमनले यथास्थितिमा पार्टी प्रदेश २ को स्थानीय तह निर्वाचनमा सहभागी नहुने बताएका छन् । संविधान संशोधन, स्थानीय तहको संख्या जनसंख्याका आधारमा निर्धारण हुनुपर्नेलगायत माग गर्दै राजपा आन्दोलनमा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: