Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

अब न्यायालयको आफ्नै झन्डा र लोगो

\"\"काठमाडौं । सर्वोच्च अदालतसहित देशभरका न्यायालयलाई आफ्नै झन्डा र लोगो प्रयोग गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट) ले सर्वोच्च अदालत नियमावलीमार्फत अदालतले बेग्लै झन्डा र लोगो प्रयोग गर्न पाउने बाटो खोलेको हो । अाजको राजधानी दैनिकमा खबर छ– सोमबार बसेको फुल कोर्टले सर्वोच्च अदालत नियमावली–२०४९ लाई खारेज गर्दै स्वीकृत गरेको नयाँ नियमावलीमा यस्तो व्यवस्था गरिएको हो । फुल कोर्टले पारित गरेको नियमावली राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आउनेछ । हाल सर्वोच्चसहित देशभरका अदालतले कार्यालयमा राष्ट्रिय झन्डा र सरकारी छाप प्रयोग गर्दै आएको छ । नियमावली पारित भएसँगै अब सर्वोच्च अदालतले आफू र मातहतका अदालतका लागि राष्ट्रिय झन्डा र सरकारी छापका अतिरिक्त आफ्नै झन्डा र छाप प्रयोग गर्न पाउनेछन् । नियमावलीमार्फत सर्वोच्चले बिदाका दिन र कार्यालय समयभन्दा अतिरिक्त समयमा समेत इजलास चलाउन सक्ने व्यवस्था गरेको छ । प्रधानन्यायाधीशले चाहे कार्यालय समयभन्दा बाहिर र बिदाका दिनसमेत मुद्दाको पेसी तोक्न सक्ने नयाँ व्यवस्था नियमावलीमा समेटिएको छ । त्यसैगरी शुक्रबार ३ बजेसम्म मात्र रहेको कार्यालय समय पनि नियमावलीमार्फत एक घण्टा बढाइएको छ । सर्वोच्च अदालतमा मुख्य रजिस्ट्रारको पद सिर्जना भएपछि अदालतले मुख्य रजिस्ट्रारको काम, कर्तव्य र अधिकारसमेत उल्लेख गरेको छ । नयाँ नियमावलीले रजिस्ट्रारलाई प्रशासनिकका अतिरिक्त न्यायिक अधिकारसमेत प्रदान गरेको छ । अव रजिस्ट्रारले जग्गा रोक्का, फुकुवाजस्ता विवादका साथै अदालतबाट निरूपण भइसकेका उस्तै प्रकृतिका विवादमा इजलासमा मुद्दा नपठाई आफैंले आदेश र फैसला गर्न पाउनेछन् । नियमावलीले साक्षी परीक्षण र विशेषज्ञको बयानका लागि अदालत नै पुग्नुपर्ने बाध्यताको समेत अन्त्य गरेको छ । नयाँ नियमावली लागू भएपछि श्रव्यदृश्य संवादमार्फत यी कार्य गर्न सक्ने व्यवस्था गरेको छ । अदालतले यसअघिबाटै मुद्दाको तारेख पेसी बुझ्नेजस्ता कार्य अनलाइन र एसएमएसबाट गर्दै आएको छ । नयाँ नियमावली लागू भएपछि कसैलाई दुःख दिने नियतले मात्र मुद्दा दायर गरेको प्रमाणित भएमा मुद्दा दर्ता गर्ने पक्षलशशे विपक्षीलाई क्षतिपूर्ति तिर्नुपर्नेछ । नियमावलीले मुद्दा दायर गरेकै कारण कसैलाई पर्न गएको थप आर्थिक व्ययभार वा मुद्दामा लागेको खर्च भराउन अदालतले आदेश दिन सक्ने गरी नियमावली बनाएको छ । नियमावली लागू भएपछि अब न्यायाधीशले मुद्दा फैसला भएकै दिन संक्षिप्त फैसला दिनुपर्नेछ भने मुद्दाको प्राथमिकता क्रमसमेत बदलिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending