सिन्धुली । प्रहरीले गाँजा तस्करीको नयाँ तरीका फेला पारेको छ । सिन्धुलीमा शुक्रबार नियमित झैँ सिन्धुलीको कमलामाई नगरपालिका ९ स्थित भिमान चेकपोष्टमा प्रहरीले सवारीसाधनहरु चेकजाँच गर्दै गर्दा गाजा तस्करीको नयाँ तरीका फेला परेको हो ।
इलाका प्रहरी कार्यालय भिमानमा प्रहरी निरिक्षक टंक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीले साँझा ७ बजेसम्म सयौँ सवारीसाधनहरु चेकजाँच गरिसकेको थियो । चेकजाँच सदा झैँ सामान्य तरिकाले नै चल्दैथियो ।
साँझ ७ बजेर २० मिनेटको समयमा चितवनबाट हेटौँडा हुदैँ सिन्धुलीबाट बर्दिबास तर्फ जादैँ गरेको पिकअप गाडिको चेकजाँच गर्नथालेपछि अवस्था फरक देखियो । बा.प्र.०३–००१ च २२८० नम्बरको पिकअप गाडी चेकजाँच गर्दा चेकजाँच स्थलमा प्रहरीनै चकित परे ।
चितवनको भरतपुर महानगरपालिका ६ का ३९ वर्षिय शेर बहादुर लामाले चलाएको उक्त गाडीमा ‘मिनि’ (सानो) सुरुङ जस्तै प्वाल भेटियो । प्रहरीले चेकजाँच गर्नेक्रममा गाडीमा फल्स बटम ‘झुटो बटम’ बनाई त्यहाँभित्र गाँजा लुकाइएको प्रमाण फेला पारेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काका अनुसार झण्डै १८५ किलो लागुऔषध गाँजा फेला परेको छ । गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - २१:५८
काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...
बैशाख २० गते, २०८३ - २१:३३
दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...
बैशाख २० गते, २०८३ - २१:३१
पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। ...
बैशाख २० गते, २०८३ - २०:२९
काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...
बैशाख २० गते, २०८३ - २०:२८
काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा ...
बैशाख २० गते, २०८३ - २०:२५
करदेखि सेयर बजारसम्म छानबिन गर्ने अधिकार
बैशाख २० गते, २०८३ - २०:२१
काठमाडाैं । सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानमा राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय ...
बैशाख २० गते, २०८३ - २०:१८
काठमाडौं । सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान चलिरहँदा रुद्रमती कोरिडोरअन्तर्गत घट्टेकुलोस्थित ‘चाम्लिङ कम्प्लेक्स’मा भएको घटनाले प्र...
बैशाख २० गते, २०८३ - २०:१४
काठमाडौं । माइतीघरमा भएको कुटाकुट प्रकरणले कानुनी मोड लिँदै गर्दा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनामाथि ‘ज्यान मार्ने उ...
बैशाख २० गते, २०८३ - २०:०५
काठमाडौं । सार्वजनिक खरिद प्रणाली नै ‘ह्याक’ गरेर ठेक्का मिलाउने खेल खुलेपछि सरकारी संयन्त्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। ‘बोलपत्र डटकम’...


प्रतिकृया लेख्नुहोस्: