श्रावण ११ गते, २०७४ बुधवार 26th July, 2017 Wed०९:३६:१२ मा प्रकाशित
जापान । आकर्षक रोजगारीको प्रलोभनमा पारी रु एक करोड ९४ लाख रकम कुम्ल्याएर जापान बस्दै आएका कास्की पुरञ्चौर–३ का गोविन्दप्रसाद तिवारीलाई कारबाहीमा सघाउने भन्दै जापानवासी नेपालीले खोजी कार्यलाई तीव्रता दिएका छन् ।
उनीहरु तिवारी बस्दै आएको स्थानसम्म धेरैपटक पुगेर पनि भेट्न सकेनन् । लगातारको प्रयासपछि दुई साताअघि कामबाट फर्कँदै गर्दा नियन्त्रणमा लिएर जापान प्रहरीलाई बुझाएका थिए ।
रोजगारीका लागि जापान लाने भन्दै ठगेको समाचारका आधारमा तिवारीलाई कारबाहीका लागि सघाउने भन्दै जापानवासी नेपाली खोजी कार्यमा लागेका हुन् । आवश्यक प्रमाण नभएको भन्दै जापान प्रहरीले छाडेदेखि लुक्दै आएका तिवारीले गोरखाकी अमृता ढकालसहित बहिनी र परिवारका पाँचजनालाई जापानमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै पटकपटक गरी ३१ लाख रूपैयाँ लिएर जापानमा बेपत्ता भएपछि घटना सार्वजनिक भएको हो ।
ढकालसहित देवीप्रसाद दाहाल, किशोर शर्मा, सञ्जय सापकोटा र पुरुषोत्तम सापकोटालगायतका २३ जनाबाट एक करोड ९४ लाख रूपैयाँ ठगेर तिवारी घरपरिवार तथा आफन्तको सम्पर्क बाहिर छन् ।
पीडितका अनुसार तिवारीले काममा लगाएबापत तीन लाखदेखि पाँच लाख रूपैयाँसम्म मासिक कमाउन सकिने आश्वासनमा बर्दियाका प्रशान्त भट्टराई, पोखराका तिलकराज सुवेदी, काठमाडौँका अमर घर्तिमगर, तनहुँकी रेखा घिमिरेलगायतका व्यक्तिमार्फत रकम उठाएर जापानमा लुकेर बस्दै आएका छन् ।
घटनालाई नजिकबाट नियाल्दै आएका टोकियोका व्यवसायी सरोजकुमार खत्रीले जापानमा भएका आफन्त र नजिकका साथीभाइसम्म सम्पर्क गर्दै दिनहुँजसो तिवारी बस्दै आएको स्थानमा पुगेपनि कयौँ पटकको प्रयास असफल भएको बताए ।
तिवारीले जापानी भाषाको फेसबुकमार्फत सम्पर्क गर्दै तोचिगी र इवाराकीलगायतका क्षेत्रमा काममा जाने गरेको थाहा भएपनि वास्तविक अवस्था खुल्न नसकेका कारण सो स्थानसम्म पुग्न नसकिएको चार वर्षदेखि तोचिगीमा बस्दै आएका कृष्ण अधिकारीले जानकारी दिए ।
घटना सार्वजनिक हुनुअघिसम्म टोकियो नजिकैको योकोहामा सहरमा बस्दै आएका तिवारीका नाममा जारी राहदानी समेत प्रयोग गर्न नसक्ने बनाइएको र व्यावसायिक प्रवेशाज्ञाको अवधि भएपनि बीचमै रद्द गरी शरणार्थी भएर बसेका कारण जापान प्रहरीले आधिकारिकता खोज्दै आएको थियो ।
आधिकारिकरुपमा प्रमाण नरहेको भन्दै प्रहरीले छाडेपछि यहाँका नेपालीले सम्भावित स्थानमा खोजीकार्य जारी राखेका छन् । उनीहरुले पीडितलाई न्याय दिलाउन सघाउने भन्दै खोजी कार्यलाई निरन्तरता दिएका छन् ।
यसैबीच, नेपाल प्रहरीले इन्टरपोलमार्फत तिवारीलाई ठगी आरोपमा पक्राउ गर्न जापान प्रहरीलाई पत्राचार गरेपछि अनुसन्धान कार्य जारी राखेकाले छिट्टै पक्राउ पर्ने जापानस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
पीडितको उजुरीका आधारमा नेपाल प्रहरीले पक्राउका लागि जापानस्थित नेपाली राजदूतावासलाई पनि पत्राचार गरेपनि कारबाही प्रक्रिया ढिलो भएको भन्दै योकोहामाका नेपालीले जापान प्रहरीलाई प्रक्रिया छिटोछरितो गर्न दबाब दिँदै आएका छन् ।
उता ठगी काण्डमा पीडितबाट रकम लिएकोे उजुरीका आधारमा काठमाडाैंका सुदर्शन मल्लको घर जग्गा वैदेशिक रोजगार विभागले रोक्का गरेपछि गत आइतबार मल्ल परिवारले जापानबाट घटनामा जानेर संलग्नता नभएको बताए ।
नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्वअध्यक्ष समेत रहेका तिलक मल्लले तिवारीले फसाउन खोजेको भन्दै वैधानिक तरिकाबाट आएको रकम प्रहरी प्रशासनलाई नभई पीडितलाई वितरण गर्दै जाने जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: