Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

राप्रपा भक्तपुरमा विवाद चर्कियो

\"\"भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरमा दुई पक्षबीचको विवाद कै कारण जिल्ला अध्यक्ष दिनेश श्रेष्ठको राजीनामा माग गर्नेलाई पार्टीबाट निष्कासन गरेपछि थप विवाद चर्किएको छ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेका कारण पार्टीले जिल्लामा हार व्यहोर्नु परेको आरोप खेप्दै आउनु भएका जिल्ला अध्यक्ष श्रेष्ठको राजीनामा माग गरेपछि उनले जिल्ला सदस्यदेखि केन्द्रीय सदस्यसमेतलाई कारबाही गरेका हुन् । जिल्ला समितिको बैठकले जिल्ला सदस्य माधव खत्री, चाँगुनारायण नगर समिति सदस्य रामशरण लामिछाने र भक्तपुर नगरसमिति अध्यक्ष राजेन्द्र लाखालाई पार्टीबाट निष्कासन गरिएको जिल्ला सचिव मुकुन्द कार्कीले जानकारी दिए । त्यसैगरी, केन्द्रीय सदस्यद्वय रवीन्द्रप्रताप शाह र यवती कार्की तथा केशवप्रसाद अधिकारी र लवकुमार कार्कीलाई कारबाही गर्ने जिम्मेवारी भने केही दिनअघि मात्रै केन्द्रीय सदस्यमा मनोनित भएका सानुकाजी हेक्का, सुरेन्द्र केसी र रामेश्वर थापालाई जिम्मेवारी दिएको उनले जानकारी दिए । भक्तपुरमा अध्यक्ष श्रेष्ठ पार्टी अध्यक्ष कमल थापा समूहका र कारबाहीमा पर्नेहरु नेता पशुपति शमशेर राणा पक्षधर हुन् । दुई पक्षबीच चुनाव अगाडिदेखि नै मतभेद कायम रहँदै आएको र पछिल्लो समयमा विवाद चर्किएको राप्रपा जिल्ला समितिका पदाधिकारीले बताएका छन् । अध्यक्ष श्रेष्ठले चुनावमा अन्तर्घात गरेको, पार्टी हित विपरित काम गरेको र भक्तपुरको पार्टीलाई प्रभावकारी रुपमा चलाउन नसकेपछि उनको राजीनामा लिएर नयाँ ढंगबाट पार्टी संगठनलाई अगाडि बढाउने भन्दै विपक्षीले विरोध गरेका थिए । यता केन्द्रीय सदस्य शाहले भने अध्यक्ष श्रेष्ठले राप्रपा निकट जनताले अध्यक्षको विकल्प खोजेको प्रतिक्रिया दिँदै विधानविपरित निर्वाचित पदाधिकारीलाई कारबाही गरे भन्नु गलत भएको बताए । चुनावपछि अध्यक्षले समीक्षा बैठकसमेत राख्न नसकेको बताउँदै उनले अल्पमतको बैठक र विधानविपरीत भएको कारबाहीको कुनै अर्थ नराख्ने बताए । राप्रपा जिल्ला समितिको मङ्गलबार बसेको बैठकमा २९ कार्यसमिति सदस्य रहेकामा १७ कार्यसमिति सदस्यले बैठक बहिस्कार गरेको र बैठकमा सहभागीले समेत ‘नोट अफ डिसेन्ट’ लेखेको बैठकमा सहभागीले बताएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy