Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

समलिङ्गीलाई अमेरिकी सेनामा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

\"\"न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समलिङ्गी व्यक्तिहरुलाई अमेरिकी सेनामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।राष्ट्रपतिको यो घोषणामाथि विश्वव्यापी प्रतिक्रिया अाइरहेको छ । राष्ट्रपतिको यो घोषणाले निवर्तमान राष्ट्रपति बाराक ओबामाको पालामा रक्षा विभागले स्वीकृत गरेको नीतिलाई खारेज गर्ने छ । अहिले पनि पारित हुने प्रक्रियामैं रहेको उक्त नीतिलेसमलिंगी व्यक्तिलाई खुलारुपमा अमेरिकी सेनामा सहभागी हुन अनुमति दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको बेला समेत समलिंगी अधिकारको बिरोध गर्दै आएका थिए । ट्रम्पले बुधबार एक ट्विट गर्दै अमेरिकी सेनामा समलिंगीहरुको प्रवेशले अनावश्यक स्वास्थ्य भार थपिएको टिप्पणी गर्दै यसलाई बन्द गर्न निर्देशन दिएका हुन । ट्रम्पले ट्विटमा लेखेका छन्– मेरा सैनिक जनरल र सैन्य विशेषज्ञसँग छलफल गरेपछि म अमेरिकी सेनाको कुनै पनि पदमा समलिंगी व्यक्तिहरुलाई कामका लागि अनुमति नदिन सल्लाह दिन्छु । “After consultation with my Generals and military experts, please be advised that the United States Government will not accept or allow Transgender individuals to serve in any capacity in the U.S. Military,Our military must be focused on decisive and overwhelming victory and cannot be burdened with the tremendous medical costs and disruption that transgender in the military would entail.” व्हाइट हाउसका प्रवक्ता सराह स्यान्डरले यसबारेमा संक्षिप्त प्रतिक्रिया दिँदै ‘यो वा त्यो बहसमा पर्नु भन्दा पनि अमेरिकी सेनाका लागि के गर्दा ठीक हुन्छ भन्ने सोचेर यो निर्णय गरिएको बताए ।’ सन् २०१६ मा ओबामा सरकारको बेला रक्षा सचिव रहेका आश कार्टरले समलिंगी व्यक्तिहरुलाई सेनामा प्रवेश गर्न नदिने नीतिका अन्त्य गरेका थिए । तर उनले यसका लागि रक्षा मन्त्रालयले नीति पारित गर्नुपर्ने बताएका थिए । यो नीति कार्यान्वयन भने हुन सकेको थिएन । उक्त नीति पारित हुने कुरामा नियोजित तरिकाले ढिलाई गरिँदै आइएको थियो । सन् २०१६ मा रक्षा विभागले गरेको एउटा अध्ययनले सेनामा समलिंगी भर्ना भएमा त्यसले स्वास्थ्य खर्चमा भने निकै कम असर पर्ने उल्लेख गरेको थियो । उक्त अध्ययनले अमेरिकी सेनामा १ हजार ३ सय २० देखि ६ हजार ६ सय ३० जना समलिंगी हुन सक्ने बताएको थियो । उक्त अध्ययनले वर्षमा बढीमा १४० वटा समलिंगीहरुको हर्मोन उपचार र १३० जनाको लिंग परिवर्तनको खर्च हुनसक्ने अनुमान अघि सारेको थियो । यो सबै गर्दा २४ लाखदेखि ८४ लाख डलर मात्रै खर्च हुने अध्ययनले देखाएको थियो । पछिल्लो घटनाक्रमले भने समलिंगी अधिकारका लागि लडिरहेका हजारौं अमेरिकीहरुलाई प्रभाव पर्ने देखिन्छ । संसारभरिका यौनिक अल्पसंख्यकहरुले उक्त निर्णयको घोर बिरोध समेत गरका छन् । अमेरिकी सिभिल लिबर्टी यूनियनले या निर्णयलाई अपमानपूर्ण र निराशाजनक भएको भन्दै बिरोध गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies