श्रावण १२ गते, २०७४ बिहिवार 27th July, 2017 Thu०९:४२:४९ मा प्रकाशित
काठमाडाैं । सन् १९६२ को भारत– चीन यद्धमा रुसले दुवै देशलाई साथ दिएन । त्यतिबेला सोभियत संघको पतन भइसकेको थिएन र वैचारिक हिसावले चीन र रुस धेरै नजिक थिए ।
आज फेरि एकपटक चीन र भारतका बीच तनाव बढ्दै गएको छ र सोभियत संघ कयौं देशमा विभाजन भइसकेको छ ।
१९६२ को युद्धमा रुसको लागि कुनै एक देशको पक्ष लिन सजिलो थिएन र अहिले भइरहेको दुई देशबीच तनावमा पनि उसका लागि कुनै एक देशको साथ खडा हुन सजिलो छैन ।
जेएनयूका सेन्टर फर रसियनमा फ्रोफेसर संजय पाण्डेलाई उदृत गर्दै बीबीसीले लेखेको छ, १९६२ को युद्धलाई रुसले भाई र साथीबीचको लडाईं बताएको थियो । रुसले चीनलाई भाई र भारतलाई साथी भनेको थियो ।
यस्तो अवस्थामा रुसलाई भाई अथवा साथीको पक्ष लिन सजिलो थिएन र ऊ तटस्थ रह्यो । १९६२ को युद्ध समाप्त भएको ५५ वर्ष भइसक्यो । आज फेरि एकपटक डोकलाममा भारत र चीनको सेना आमने सामने छन् । के ५५ वर्षपछि पनि रुस तटस्थ नै बनिरहला ?
अमेरिकालाई चीनको चुनौती
जबसम्म सोभियतसंघ थियो, त्यतिबेला सम्म विश्व दुई ध्रुवमा रह्यो । अहिले अमेरिकालाई चीन कयौं मोर्चामा चुनौती दिइरहेको छ । रुस पनि सिरिया र युक्रेनमा आफ्नो भूमिकालाई लिएर युरोप र अमेरिकाको निशानामा छ । दोस्रोतर्फ भारत पनि पछिल्लो १० वर्षमा अमेरिकाको नजिक भएको छ । यसमा रुस के गर्ला ?
संजय पाण्डे भन्छन्, ‘अहिलेसम्म दुनियाको जस्तो तस्विर छ उसमा रुस चीनको उपेक्षा गरेर भारतको साथ दिन सक्दैन । युक्रेनमा हस्तक्षेप गरेका कारण रुस अमेरिका र युरोपको निशानामा छ । दोस्रो तर्फ साउथ चाइना सीमा सैन्य विस्तारका कारण चीन निशानामा छ । यस्तो स्थितिमा चीन र रुसले एकअर्कालाई मौन समर्थन गर्नेछन् ।’
साउथ चाइना सीका विषयमा रुस चीनको विरुद्ध बोलेको छैन त्यस्तै युक्रेनमा रुसले गरेको हस्तक्षेपका विषयमा पनि चीनले विरोधमा बोल्दैन । संजय पाण्डेका अनुसार रुस र चीन अहिले धेरै नजिक आएका छन् । उनका अनुसार मे २०१४ मा दुई देश चार सय बिलियन डलरको ग्यास सम्झौता भएको थियो ।
नजिकिँदै रुस र चीन
संजय पाण्डेले भने, ‘अब रुसले चीनलाई सैनिक उपकरण पनि दिन थालेको छ । पहिले उसले चीनलाई सैन्य उपकरण दिएको थिएन । अहिले चीनलाई आधुनिक हतियार पनि दिइरहेको छ । । रुसबाट चीनलाई सैन्य टेक्निक पनि मिलिरहेको छ । यद्यपि, भारतलाई दिने अत्याधुनिक सैन्य उपकरणको तुलनामा चीनलाई कम दिँदै आएको रुसको भनाई छ ।’ उनका अनुसार रुस र चीनको सम्बन्ध गहिरो छ । जेएनयूकै रूसी सेन्टरकी प्रोफ़ेसर अर्चना उपाध्याय पनि पाण्डेको कुरामा सहमत छिन् ।
अर्चनाले भनिन्, सोभियत संघको पतन पश्चात दुनिया धेरै बदलिइसक्यो । रुस र चीनको बीचमा अहिले धेरै राम्रो सम्बन्ध छ । अहिले त रुस पाकिस्तानसँग पनि आफ्नो सम्बन्ध बढाउँदैछ । यदी भारत आफ्नो हितमा अमेरिका र इजराइलसँग सम्बन्ध बढाउन सक्छ भने रुस चीन र पाकिस्तानको नजिक किन जान सक्दैन भन्ने रुसको सोचाई छ । उसलाई हतियार बेच्नु छ । भारत इजराइलसँग हतियार लिन्छ भने रुस पनि पाकिस्तान र चीनको नजिक जान सक्छ ।’
आखिर कसलाई साथ देला रुसले ?
भारत र रुसको सम्बन्ध नेहरुको समयदेखि नै भावनात्मक छ । अर्चना उपाध्यायका भन्छिन, ‘रुस चीनको साथ दिएर आफ्नो गुडविल खत्तम गर्न चाहँदैन ।’ उनले भनिन्, दुवै देशको नागरिकका बीच भावनात्मक सम्बन्ध छ । आज पनि भारत रुससँग नै ७० प्रतिशत हतियार खरिद गर्दछ ।
उनले भनिन्, ‘रुस कहिले पनि चाहँदैन कि दुई देशबीच लडाईं होस् । दुई देशबीचको विवाद छलफलद्वारा मिलाउनुपर्छ भन्ने रुस चाहन्छ । रुस खुलेर न चीनको समर्थन गर्न सक्छ न भारतको विरोधमा नै जान सक्छ । रुस यस इलाकामा चीन महाशक्ति बनोस र दूनियाँको शक्तिशाली देशबाट आफ्नो स्थान तल झरोस् भन्ने रुस कहिल्यै चाहँदैन ।’ बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: