Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

गुर्जाको पहाडको ‘क्वार्ज’ पत्थर उत्खनन हुन सकेन

\"\"म्याग्दी । धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको ‘क्वार्ज’ नामक बहुमूल्य पत्थरको खानी उत्खनन हुन सकेको छैन । घुर्म खोलाअन्तरगत गुर्जा हिमालको फेदमा रहेको सो खानी आवश्यक प्राविधिक सहयोग नहुनु र राज्यको बेवास्ताका कारण उत्खनन हुन नसकेको हो । सुन, चाँदी जस्ता धातुका गहनामा प्रयोग हुने हुँदा सो पत्थरको बजारमा अत्यधिक माग रहेको छ । गुर्जा गाउँबाट करिब एक दिनको पैदल दूरीमा रहेको खानीआसपासका पहाड रातको समयमा बत्ती बले जस्तै टल्किने गरेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकप्रसाद छन्त्यालले बताए । “खानीआसपासका क्षेत्र रातको समयमा समेत टल्कन्छन् । प्रचूर सम्भावना भएपनि राज्यले नै चासो देखाएको छैन”– छन्त्यालले भने । गाउँपालिकाको बजेटमा खानीको खोजीका साथै विभिन्न योजनाकाबारेमा समेत छलफल भएको बताउँदै उनले यसवर्ष खानीस्थलमै पुगेर हेर्ने बताए । बहुमुल्य हिराको खानी हुनसक्ने भन्दै एक दशक अगाडि खानी भएकै स्थानमा पुगेर अवलोकन गरी नमूना ल्याइएको थियो । खानी प्राचीनकालमा उत्खनन गरेजस्तो देखिने र नमूना हेर्दा हिरा खानी हुनसक्ने स्थानीय बूढापाकाको ठम्याइ छ । साँघुरो रहेको खानीभित्र प्रवेश गर्दा उज्यालो देखिएपछि स्थानीयले घरेलु प्रविधिको प्रयोग गरेर निकाल्ने प्रयास गरेपनि सम्भव नदेखिएपछि फर्किएका थिए । ‘क्वार्ज’ नामक ढुङ्गा भएको पुष्टि भएपछि २०६५ सालमा आयोजित म्याग्दी महोत्सवमा प्रदर्शन पनि गरिएको थियो । महोत्सवको आकर्षणका रुपमा रहेको ढुङ्गालाई पहिचान तथा प्रशोधनका लागि भारतसम्म पु¥याइएपनि राज्यको कानुनी प्रक्रिया झन्झटिलो तथा उत्खनन गर्न खोज्ने व्यापारी प्रहरीको निगरानीमा परेपछि अलपत्र अवस्थामा छोडिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy