Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कार्यालय सहयोगीले पढाउनुपर्ने बाध्यता

\"\"सोलुखुम्बु । जिल्लाको कर्णाली भनेर चिनिने महाकुलुङ गाउँपालिका–४ मा रहेको एक विद्यालयमा कक्षासँगै विद्यार्थी संख्याको अनुपातमा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । कक्षा ८ सम्म सञ्चालित वासुकी आधारभूत विद्यालयमा ३६२ विद्यार्थीलाई पाँच शिक्षकले पढाउनु परेको छ । हिमाली जिल्ला सोलुखुम्बुमा एक शिक्षक बराबर ३० विद्यार्थी संख्या पर्ने भए पनि यहाँ एक शिक्षकको भागमा ७२ विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता छ । विद्यालयमा इसिडी(पूर्वबाल विकास)सहित छ जनाको दरबन्दी छ । स्थायी चार तथा राहत इसिडी र कार्यालय सहयोगी एक एक गरी सात जना हुनुपर्नेमा शिक्षक चक्रबहादुर राई सात वर्षदेखि काजमा छन् । गाउँपालिकाको सुविधासम्पन्न विद्यालयका रुपमा चिनिने वीरेन्द्रज्योति मावि, सोताङमा काज सरुवा भए पनि फिर्ता नहुँदा पठनपाठनमा थप समस्या भएको विद्यालयका प्रअ खड्गबहादुर राईले बताए । रिड नेपालले शैक्षिक गुणस्तर वृद्धिका लागि कार्यक्रम सञ्चालन गरेसँगै जिल्लामा निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीमा क्षमता मापन गरिन्छ । प्रअ राई भन्छन्, “शिक्षक अभावका कारण नियमित मूल्यांकन र शिक्षण सामग्री तयार पार्न समेत चुनौती छ ।” विद्यालयमा शिक्षक दरबन्दी थप गर्न जिल्ला शिक्षा कार्यालयमा बारम्बार आग्रह गरिए पनि शिक्षा कार्यालयले चासो नदिएको प्रअ राईले गुनासो गरे । भौगोलिक विकटताका कारण नजिकमा विद्यालय नहुँदा विद्यालय क्षेत्रका विद्यार्थीको संख्या अत्यधिक भए पनि बाध्यताले बालबच्चालाई त्यही विद्यालयमा अध्यापन गराइएको अभिभावक तारा कुलुङले बताइन् । शिक्षक अभावका कारण कार्यालय सहयोगीले समेत पढाइरहेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending