Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

विशेषज्ञ अभावमा करोडोकौँ उपकरण प्रयोगविहीन

\"\"राजविराज । सगरमाथा अञ्चल अस्पतालमा सरकारले हालै पठाएको करोडौँ मूल्यका उपकरण विशेषज्ञको अभावमा थन्किएको छ । स्थापनाकालदेखि नै विशेषज्ञ र अति आवश्यक उपकरणको अभाव खेप्दै आएको अञ्चल अस्पतालमा सरकारले पठाएको नयाँ अल्ट्रासाउण्ड, अटोमेटिक एनेस्थेसिया, होरिजेन्टल एक्सरे, अक्सिजन र डायलायसिस मेसिन गरी चार उपकरण अहिले प्रयोगविहीन अवस्थामा रहेको अस्पतालबाट बुझिएको छ । अस्पतालमा करिब २२ परामर्शदाता चिकित्सक हुनुपर्नेमा हाल दुई जना मात्र छन् भने छ मेडिकल अधिकृतको दरबन्दीमध्ये दुई जनाले काम गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दयाशंकरलाल कर्णले जानकारी दिए । अर्थोपेडिक र जनरल सर्जनको दरबन्दीसमेत यहाँ पूर्णरुपमा खाली नै रहेको बताइएको छ । दुई करोड २४ लाख रुपैयाँ बराबरको अत्याधुनिक उपकरण खरिद गरिएको र विभाग तथा मन्त्रालयबाट समेत उपकरण उपलब्ध भए पनि यहाँको अस्पतालमा विशेषज्ञको अभावका कारण ती सञ्चालनमा आउन नसकेको मेडिकल सुपरिटेन्डेन्ट डा कर्णले बताए । स्वास्थ्य विभागबाट अस्पतालमा आएका सामान अलपत्र अवस्थामा रहेको हुनाले सञ्चालनमा ल्याउनका लागि तत्काल सरकार र सम्बन्धित निकायले विशेषज्ञ पठाउनुपर्ने स्थानीयवासीको माग छ । अस्पतालमा विशेषज्ञ चिकित्सक तथा विभिन्न सेवाको अभावमा जटिल प्रकृतिका बिरामी उपचारका लागि धरान, विराटनगर तथा भारतका दरभंगालगायत विभिन्न ठाउँका अस्पतालमा जान यस क्षेत्रका बासिन्दाको बाध्यता रहेकाले यसतर्फ सरोकारवाला र सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी रहेको अस्पतालका कुरुवा बताउँछन् । गत २०७३ मंसिरमा अञ्चल अस्पतालको अवस्था सुधारलगायत विभिन्न माग राख्दै नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकासकुमार तिवारीले गरेको आमरण अनशनको १८औँ दिनमा तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले चारबुँदे सहमति गरेको थियो । सोही सहमतिका आधारमा नेपाल सरकार र स्वास्थ्य विभागले अत्यधुनिक उपकरण गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई पठाइएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending