तेह्रथुम । बिहानैदेखि म्याङलुङ बजार र आसपासका गाउँमा तानको ताल गुञ्जिन थाल्छ। रङ्गीचङ्गी धागोमा बुट्टा भर्दै महिलाहरू व्यस्त छन्। यही परम्परागत सीप अहिले तेह्रथुमका धेरै घरपरिवारको आम्दानीको आधार मात्र होइन, जिल्लाको पहिचान बनेको छ।
कहिले विशेष अवसरमा मात्र लगाइने ढाका अहिले दैनिक प्रयोगदेखि आधुनिक फेसनसम्म विस्तार हुँदै गएको छ। ढाका टोपी, चोलो र दौरा–सुरुवालमा सीमित रहेको यो कपडा अहिले ब्याग, स्कार्फ, कोट, पर्सदेखि सजावटी सामग्रीसम्म पुगिसकेको छ। परम्परा र आधुनिक डिजाइनको मिश्रणले ढाकाप्रतिको आकर्षण नयाँ पुस्तामा पनि बढाएको छ।
२०७९ असार २० गते तेह्रथुमलाई ‘ढाका राजधानी’ घोषणा गरिएपछि यसको चर्चा अझ बढेको छ। त्यसयता स्थानीय तह र सरोकारवाला निकायहरूले सीप विकास, डिजाइन तालिम र बजार विस्तारमा जोड दिँदै आएका छन्। अहिले धेरै महिलाहरू घरमै ढाका बुनेर नियमित आम्दानी गर्न सफल भएका छन्, जसले गाउँमै स्वरोजगारको वातावरण बनाएको छ।
ढाका उत्पादक समाजका अध्यक्ष भिम लुवागुनका अनुसार जिल्लाबाट वार्षिक करिब पाँच करोड रुपैयाँ बराबरका ढाका सामग्री उत्पादन तथा बिक्री हुँदै आएको छ। उनका अनुसार देशका प्रमुख शहरसँगै विदेशमा बस्ने नेपाली समुदायसम्म यसको माग बढिरहेको छ।
स्थानीय व्यवसायीहरूका अनुसार ढाका केवल व्यापारिक वस्तु मात्र होइन, लिम्बू समुदायको संस्कृति र पहिचानसँग जोडिएको मौलिक सम्पदा हो। विवाह, चाडपर्व र सांस्कृतिक कार्यक्रमहरूमा यसको प्रयोग अझै निरन्तर छ।
तर, उद्योगले चुनौती पनि सामना गरिरहेको छ। एकीकृत ब्रान्डिङको अभावका कारण मौलिक उत्पादनको पहिचान कमजोर बन्ने खतरा देखिएको व्यवसायीहरूको भनाइ छ। ‘तेह्रथुमे ढाका’ नाममा अन्यत्र उत्पादन भएको कपडा समेत बिक्री हुन थालेपछि वास्तविक उत्पादन प्रभावित भएको उनीहरू बताउँछन्।
म्याङलुङ नगरपालिकाका अनुसार ‘Made in Terhathum’ ब्रान्डमार्फत ढाकालाई एकीकृत रूपमा बजारमा लैजाने तयारी भइरहेको छ। यसले कारीगरलाई उचित मूल्य दिलाउने र अन्तर्राष्ट्रिय बजारमा विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ।
तानको तालसँगै बुनेका धागाहरूले आज तेह्रथुमको ढाकालाई केवल कपडाको रूपमा होइन, संस्कृति, सीप र स्थानीय समृद्धिको प्रतीकका रूपमा स्थापित गर्दै लगेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - २२:०१
हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवान...
जेष्ठ २७ गते, २०८३ - २२:००
काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–...
जेष्ठ २७ गते, २०८३ - २१:५५
विराटनगर । मोरङको कानेपोखरीस्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको बहुचर्चित ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलसमेत अनुसन्धानक...
जेष्ठ २७ गते, २०८३ - २१:४५
काठमाडौं । पछिल्ला केही दिनयता सक्रिय बनेको मौसम प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। राजधानीको कपन क्षे...
जेष्ठ २७ गते, २०८३ - २१:४३
काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाबारे सर्वोच्च अदालतले सम्बन्धित सरकारी...
जेष्ठ २७ गते, २०८३ - २०:१२
बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...
जेष्ठ २७ गते, २०८३ - ०९:३६
सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...
जेष्ठ २७ गते, २०८३ - ०९:३०
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...
जेष्ठ २७ गते, २०८३ - ०९:१४
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...
जेष्ठ २७ गते, २०८३ - ०९:११
काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...



प्रतिकृया लेख्नुहोस्: