Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

नियुक्त भएको १० दिनमै ट्रम्पका संचार प्रमुख बर्खास्त

\"\"एजेन्सी । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका मिडिया प्रमुख एन्टोनी स्कारामुचीलाई नियुक्त गरेको १० दिन मै बर्खास्त गरिएको छ । एन्टोनीले आफ्ना सहयोगीको पक्षमा संवाददातालाई अपमानजनक भाषा प्रयोग गरेको आरोप लगाइएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पलाई एन्टोनीले दिएको अन्तर्वातामा अभद्र टिप्पणी गरेको महशुस गरेको ह्वाइट हाउसले जनाएको छ । उनी वाल स्ट्रीटका पूर्व लगानीकर्ता पनि हुन् । एन्टोनी पछिल्लो १० दिनमा ह्वाइट हाउसको प्रमुख पदबाट हटाइएका चौथो अधिकारी बनेका छन् ।   वासिङटनका संवाददातालार्इ उदृत गर्दै बीबीसीले लेखेको छ– ह्वाइट हाउसका कर्मचारीहरुको कार्यकाल साधारणतया छोटो हुने गर्छ । १० दिनअघि मात्रै न्युयोर्कबाट द्रुत गतिमा ह्वाइट हाउस प्रवेश गरेका स्कारामुची र राष्ट्रपति ट्रम्प दुवैमा स्थापित मान्यताहरु नरुचाउने प्रवृत्ति रहँदै आएको छ। उनको कार्यकाल एकदमै छोटो भएपनि अवरोधहरु खडा गरेर कतिपय मान्यता भत्काउन उनी सफल भएको देखिन्छ । स्कारामुचीलाई नयाँ शिराबाट काम गर्न सहयोग पुगोस भनेर ह्वाइट हाउसका प्रेस सचिव सन स्पाइसरले पदबाट राजीनामा दिए। त्यसपछि अशिष्ट भाषा प्रयोग गर्दै उनी ह्वाइट हाउसका प्रमुख कर्मचारी राइन्स प्रिबसको पछि लागे जसलाई शुक्रबार अचानक पदबाट हटाइयो । अब स्कारामुचीको आफ्नै तख्ता पल्टिएको छ। यदी साँच्चै प्रिबसको ठाउँमा नियुक्ति पाएका ह्वाइट हाउसका चिफ अफ स्टाफ जन केलीले स्कारामुचीको बहिर्गमनको योजना बनाएका हुन् भने भद्रगोल देखिएको ह्वाइट हाउसमा तत्कालै यी पूर्व सैनिक अधिकारीले आफ्नो नियन्त्रण कायम गर्न खोजेको प्रष्ट बुझिनेछ ।सम्भवत: यो ह्वाइट हाउसको अस्तव्यस्ता अन्त्य हुन लागेको पहिलो संकेत पनि हुनसक्छ। औपचारिक रुपमा स्कारामुचीले अगष्ट १५ बाट काम थाल्ने भनिएको थियो । उनको बरखासीको निर्णयले छोटो समयका लागि राष्ट्रपति ट्रम्पलाई लाजमर्दो अवस्थामा पुर्याएको छ ।बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy