Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

डोल्पा जिससमा सम्पूर्ण पदाधिकारी निर्विरोध

\"\"डोल्पा । साउन २० गते हुने भनिएको जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन अगावै सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिको निर्वाचनमा निर्वाचित हुने संयोजक, उपसंयोजकलगायत नौ सदस्यीय समिति सबै निर्वाचनअगावै निर्विरोध निर्वाचित भइसकेकाले २० साउनमा डोल्पामा निर्वाचन नहुने नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य हंशबहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार निर्वाचित हुनेमा एमालेको तर्फबाट संयोजकमा काइके गाउँपालिकाका शेरबहादुर बुढा, उपसंयोजकमा ठूलीभेरी नगरपालिकाका एमालेकै नरबहादुर बुढा, सदस्यहरुमा ठूलीभेरी नगरपालिकाबाट एमालेकै क्रमशः रामप्रसाद महत, देवालक्ष्मी रोकाय, प्रेमलाल विक, एमालेबाटै त्रिपुरासुन्दरी नगरपालिकाबाट देवी घर्ती, एमालेबाटै मुड्केचुला गाउँपालिकाबाट माया ठकुल्ला, एमालेकै काइके गाउँपालिकाबाट मैन ठकुल्ला र सोही गाउँपालिकाबाट राप्रपाका चन्द्र बुढा रहेका छन् । निर्विरोध निर्वाचित प्रतिनिधिहरुलाई सोमबार सदरमुकाम दुनैमा आ–आफ्ना पार्टीका प्रतिनिधि तथा शुभचिन्तकले बाजागाजासहित भव्य स्वागत गरेका थिए । भौगोलिक विकटताले सदरमुकामसम्म आउन समय अभाव भएकाले उपल्लो डोल्पाका डोल्पो बुद्ध, छार्का ताङ्सोङ, शे–फोक्सुन्डो तथा तल्लो डोल्पाको जगदुल्ला गाउँपालिकाका प्रतिनिधिहरुलाई जिससमा समावेश गर्न नसकिएको केन्द्रीय सदस्य शाहीले जानकारी दिए । सोमबार मात्रै सदरमुकाम दुनैमा आयोजित विशेष कार्यक्रमका बीच स्वतन्त्रबाट निर्वाचित भएका डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष पेम्बा गुुरुङ एमालेमा प्रवेश गरेको शाहीले बताए । डोल्पाका आठवटै स्थानीय तहमा एमालेबाट प्रमुख तथा उपप्रमुखलगायत जनप्रतिनिधिहरुको बहुमत रहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending