Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

भरतपुर–१९ मा मतदान जारी

\"\"चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को स्थानीय तह निर्वाचनको पुनः मतदान जारी छ । कडा सुरक्षा व्यवस्थासहित बिहान ७ बजेबाट मतदान शुरु भएको हो । वडाका ६ वटा केन्द्रमा ३६ जना कर्मचारीसहित ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका ४ सय ६१, सशस्त्रका ३ सय र तेस्रो घेरामा नेपाली सेनाका एक सयभन्दा बढी खटिएका छन् । प्रत्येक केन्द्रमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहित बनाउन सबै बुथलाई संवेदनशील घोषणा गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वडामा हिजै साँझदेखि अघोषित रुपमा सवारी साधन आवतजावत बन्द गरिएको छ । वर्षाले मतदान नबिथोलियास् भनेर प्रत्येक केन्द्रमा पालको व्यवस्था गरिएको छ । यो वडामा ४ हजार ७ सय ९७ मतदाता छन् । गत वैशाख ३१ गतेको चुनावमा यो वडाबाट २ हजार ८ सय ९७ मत खसेको थियो । मतगणनाका क्रममा जेठ १४ गते नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातिदिएपछि अन्योल छाएको थियो । त्यसपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय लिएको थियो । तर, पुनः मतगणनाको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले पनि आयोगकै निर्णयअनुसार फैसला गरेपछि पुनः मतदान गर्न लागिएको हो । भरतपुरमा नेकपा एमालेका देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रबाट रेणु दाहाल चुनावी प्रतिस्पर्धामा छन् । महिला मतदाताहरु निर्णायक रेणु दाहाल र देवी ज्ञवाली कसलार्इ जिताउने भन्ने महिला मतदाताहरुमा निर्भर रहने देखिएकाे छ । तीन वटा मतदान केन्द्रमा महिला मतदाताहरु नै धेरै छन् । जीवनज्योति रा‍. आधारभूत बिद्यालय पूर्वगुञ्जनगरबाट पुरुष ५९९ र महिला ७०७ गरि कुल १३०६ मतदादाता छन् । शारदा मा.वि. शारदानगरबजारमा ५५८ पुरुष र ६८५ मिहला गरि कुल १२४३ मतदादाता छन् । किरण मा.वि. किरणगञ्जमा ५६३ पुरुष र महिला ६८५ गरि कुल १२४८ रहेका छन् । जम्मा ४ हजार ७९७ मतदाता रहेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy