Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सुनसरीका नौजना किसान पुरस्कृत

\"\"इनरुवा । सुनसरी जिल्लाका नौजना किसान पुरस्कृत भएका छन् । जिल्लामा उत्कृष्ट रुपमा पशुपालन गरेको र घाँसको बीउ उत्कृष्ट उत्पादन गरेको भन्दै नौजना किसानलाई पुरस्कृत गरिएको हो । जिल्ला पशुसेवा कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा बिहीबार एक कार्यक्रमको आयोजना गरेर किसानलाई पुरस्कृत गरेको कार्यालयका रामप्रसाद मेहताले जानकारी दिए । कार्यालयले गाईपालनतर्फ मातृभूमि एग्रिकल्चर एण्ड फार्मिङका बिष्णुकुमार सुनुवार, भैँसीपालनतर्फ शुभप्रभात पशुपालन कृषि फार्म बराह नगरपालिका–८ का खड्गबहादुर बिष्ट, बाख्रापालनतर्फ बी एण्ड बी एग्रिकल्चर, रामधुनी नगरपालिका–४ का जगबहादुर राउत, बँगुरपालनतर्फ भवानी बँगुर फार्म इटहरी–१९ का बमबहादुर गिरीलाई पुरस्कृत गरिएको कार्यालय प्रमुख शिवनाथ महतोले जानकारी दिए । त्यसैगरी, टर्की पालनतर्फ दुर्लभ पोल्ट्री फार्म, बराह नगरपालिका–१० का अर्जुन अधिकारी, बहुभाषिक घाँस उत्पादनतर्फ ठूले मोहर कृषि फार्म, रामधुनी नगरपालिका–८ का कोपिला कार्की, हिउँदे घाँस उत्पादनतर्फ कुशवाहा खाद्यबिज भण्डार तथा मिलन गौ फार्मलाई, कन्ट्याक्ट फार्मिङतर्फ इनरुवा–२ का नरेश मेहता र हिउदे घाँसतर्फ पशुपालन तथा घाँस उत्पादन समूह इनरुवा–२ लाई पुरस्कृत गरेको कार्यालय प्रमुख महतोले जानकारी दिए । पुरस्कृत भएका सबै किसानलाई नगद रु दश हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेको आयोजकले जनाएका छन् । पुरस्कृत भएकालाई कार्यक्रमका प्रमुख अतिथि तथा सांसद सीताराम मेहता, इनरुवा नगरपालिका प्रमुख राजन मेहता लगायतले पुरस्कार प्रदान गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending