Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

साझालाई ५ दिनभित्र अार्थिक विवरण पेस गर्न लेखा समितिको निर्देशन

\"\"काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले साझा प्रकाशनलाई सम्पूर्ण आर्थिक तथा प्रशासनिक विवरण समितिमा पेस गर्न दिर्नेशन दिएको छ । साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्र शर्माले सरकारले उपलब्ध गराएको अनुदान तथा ऋण सहयोग रकमको चरम भ्रष्टाचार गरेको भन्ने समाचार सार्वजनिक भएपछि समितिले सो बारे आवश्यक अध्ययनका लागि सम्पूर्ण विवरण समितिमा पेश गर्न शुक्रवार निर्देशन दिएको हो । सांसदहरुले ११ वर्षदेखि लेखापरीक्षण नगराएको साझा प्रकाशनलाई रु १० करोड अनुदान र रु २० करोड ऋण दिएकामा आपत्ति जनाएका छन् । विभिन्न पत्रपत्रिकामा अनियमितताको समाचार सार्वजनिक भएपछि आज बसेको व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले विसं २०६३ देखि लेखापरीक्षण नगरेकाले छानबिन गर्न माग गरेका हुन् । सांसद रामहरि खतिवडाले नेताहरुको सिफारिसमा प्रकाशनमा कर्मचारी नियुक्ति गरेर संस्थालाई टाट पल्टाएको बताए । “प्रकाशनमा अनियमितता भएको सार्वजनिक भएपछि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिका सदस्यकी श्रीमतीलाई कर्मचारीमा नियुक्ति गरिएको छ, रु ६३ करोड घाटामा गएको संस्थाका सञ्चालक समिति सदस्य र नजिकका पत्रकारलाई जापान तथा कोरियाको भ्रमण गराइएको छ”–उनले भने । स्थायी कर्मचारीलाई अन्यत्र सरुवा गरी असार २६ गते करारका कर्मचारीलाई लेखाको जिम्मेवारी दिएको सांसद खतिवडाले बताए । सांसद उषा गुरुङले प्रकाशनमा अध्यक्ष÷महाप्रबन्धकले संस्थाको लोगोलाई निजी संस्थामा प्रयोग गरेको बताए । “अध्यक्ष/महाप्रबन्धकले साझाबाट पुस्तक नछपाएर आफ्नो निजी संस्था अक्सफोर्ड प्रकाशनबाट किताब छापेका छन्”–उनले भने । सांसद डिम्पलकुमारी झाले लेखापरीक्षण समेत नगर्ने संस्थालाई सरकारले अनुदान र ऋण दिएकामा आपत्ति जनाए । सांसद भरतकुमार साहले प्रकाशनका अध्यक्ष/महाप्रबन्धकले रु ५० लाख आफ्नो नाममा राखेर आफैँलाई फसाएको बताए । सांसद हरि नेपालले साझा यातायातलाई सके जसरी नै साझा प्रकाशनलाई पनि सिध्याउन लागिएको उदाहरण प्रस्तुत गरे । सांसद हरिचरण साहले राजनीति गर्नेको रगत परिवर्तन गरे राजनीतिक नियुक्ति पाउने पनि सुध्रिने गरेको बताए । सांसदद्वय ममता गिरी, मञ्जु चौधरी र विकास लम्सालले अध्यक्ष/महाप्रबन्धकको लेखा समितिमा भएको प्रस्तुतिले साझामा अनियमितता भएको पुष्टि हुने बताए । सांसद योगेन्द्र चौधरीले अध्यक्ष/महाप्रबन्धकले आफ्नो पद बचाउन संस्था डुब्ने गरी नेताहरुको सिफारिसमा कर्मचारी नियुक्ति गरेको आरोप लगाए । सांसद मीना पुनले अन्य सार्वजनिक संस्थानलाई राजनीतिक भर्ती केन्द्र बनाएर डुबाएजस्तै प्रकाशनलाई पनि डुबाउन खोजिएको बताए । सांसद दीपक खड्काले भ्रष्टाचार मौलाउनुमा राजनीतिक दल जिम्मेवार हुन् कि व्यक्तिको प्रवृत्ति भन्नेमा खोजी हुनुपर्ने विचार राखे । सांसदहरुले विचार राख्नुभएपछि समिति सभापति डोरप्रसाद उपाध्यायले पाँच दिनभित्र समितिमा आइपुग्ने गरी विगत पाँच वर्षभित्रका आयव्यय विवरण, खरिदबिक्री, सम्पत्ति, दायित्व, आर्थिक कारोबार गर्दा लिइएको निर्णय प्रक्रियाको प्रतिलिपि माग गरिएको निर्णय सुनाए । लामो समयदेखि लेखापरीक्षण नगर्ने अध्यक्ष/महाप्रबन्धकको सूची पनि माग गर्ने निर्णय गरेको उहाँले जानकारी गराए । “यी विवरण माग गरेपछि थप छानबिनका लागि उपसमिति बनाउनुपर्छ वा समितिले नै अध्ययन गर्ने भन्ने विषयमा पछि निर्णय गरिनेछ”–उनले भने। शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले प्रकाशनमा मन्त्रालयको कार्यक्षेत्र अस्पष्ट रहेको उल्लेख गर्नुभयो । “स्वायत्त संस्थाको कानून बनाउँदा नै सरकारले हेर्ला कि भनेर बनाइएको छ, सुध्रिन्छ कि भनेर नै प्रकाशन र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सहयोग गरिएको हो”–उनले भने । मन्त्रालयका तर्फबाट छानबिनका लागि कानून हेर्ने उपसचिवको संयोजकत्वमा समिति गठन गरिएको सहसचिव लम्सालले बैठकमा जानकारी गराए । प्रकाशनका अध्यक्ष/महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझाका सबै फाइल अध्ययन गरेर निष्कर्षमा पुग्न अनुरोध गरे । “मलाई भ्रष्टाचारी ठहर गरेर समितिको बैठकमा बोलाइएको छ, आजको नागरिक दैनिकमा माननीय रामहरि खतिवडाले मलाई भ्रष्टाचारी भन्नुभएको छ, सम्मानित संसद्बाट यस्तो नहोस् । मेरो पनि इज्जत छ, छानबिन गरेर गल्ती गरेको भए कारबाही होस्”–उनले भने ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending