Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्रत्यक्ष कार्यकारी प्रमूख नमाने जनताको बीचमा जान्छौं : प्रचण्ड

\"\"काठमाडौं । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूख मान्न अरु पार्टीहरु तयार नभए आफूहरु जनताको बीचमा जाने बताएका छन् । सोमबार नेकपा (माओवादी केन्द) ४ नम्वर प्रदेशका राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधानको प्रभावकारिता, संघीयताको सन्तुलन, राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ । हिजो कांग्रेस–एमालेले मानेकै कुरा हो । आज पनि यो मुद्दामा सबै एक हुनुपर्छ । कार्यकारी राष्ट्रपतिका लागि हामी पहिला वैचारिक अभियान सञ्चालन गर्छौ, त्यसमा कांग्रेस एमालेले मानेनन् भने हामी जनताको बीचमा जान्छौ र व्यापक जनदवाव सृष्टि गर्छाैं ।’ अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचनमा धेरै नै आर्थिक बिकृति निम्तिएकाले यसको बिकल्प खोज्नुपर्ने बताए । उनले भने, ‘निर्वाचनमा यति धेरै बिकृति आइसक्यो कि मध्यम वर्गका मान्छेहरु पनि चुनाव लड्न नसक्ने भए । घुमाई फिराई सम्भ्रान्त वर्गले मात्रै चुनाव लड्न र जित्नसक्ने परिस्थिति सिर्जना हुँदैछ । यसको अन्त्यका लागि पार्टीहरु बीच प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ । यसको पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखसँग गहिरो अन्तर्सम्बन्ध छ । समानुपातिक निर्वाचन प्रणालीबाट मात्र उत्पीडितहरु नीति निर्माणको तहमा आउँछन्, यसले निर्वाचनमा करोडौ पैसाको चलखेल हुने कुरा पनि रोक्न सकिन्छ ।’ माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिन सक्ने खतरा औल्याउँदै प्रचण्डले भने, ‘एमालेलगायतका पुराना पार्टीहरुलाई संघीयता घाँडो भएको छ, गणतन्त्र पनि मन परेको छैन । समावेशी–समानुपातिक पनि मन पर्दैन । हिजो आफैले हरुवा, चरुवा, गोठालो राखेका मान्छेहरु आज सांसद, मन्त्री भएका छन् । हिजो आफूले कारिन्दा बनाएकालाई आफ्ना सांसद, मन्त्री मानेर नमस्कार गर्दा उनीहरुलाई असैह्य भएको छ । त्यसकारण पनि उनीहरु संघीयता, समावेशी–समानुपातिक र गणतन्त्र पनि उल्टाउन चाहन्छन् ।’ पार्टीभित्रका समस्याबारे चर्चा गर्दै प्रचण्डले भने, ‘पार्टीभित्र वैचारिक अस्पष्टता, संगठनात्मक अराजकता र कार्यशैलीमा आएको डरलाग्दो ह्रास नै हाम्रो समस्या हो । वर्गसंघर्षको अचुक हतियार भनेको संगठन नै हो । विचारको प्राथमिकतापछि संगठनको विशेष महत्व हुन्छ । संगठन, संगठन र फेरि पनि संगठनको हाम्रो मूख्य उद्देश्य हो । हामी पार्टीलाई रुपान्तरण गर्ने, पार्टीलाई नयाँ बनाई छाड्ने संकल्प गरेर आएका छौं ।’ \"\"माओवादी धाराको एकता अनिवार्य भएकोमा जोड दिँदै प्रचण्डले भने, ‘हामीले सचिवालय बैठकबाट माओवादी धाराको एकताको अपील गरेका छौं । एकताको पहल गर्ने मूख्य जिम्मेवारी हाम्रै काँधमा छ । वैद्यजी, बाबुरामजी लगायतका साथीहरु पार्टीलाई रुपान्तरण गर्न र नयाँ बनाउन जानुभएको हो । तर, सक्नुभयो त ? जनताले फुटलाई अनुमोदन गरे त ? जनताले फुटलाई अस्वीकार गरे । अब माओवादी एक हुनुको बिकल्प छैन । नयाँ शक्तिका पूर्व माओवादी साथीहरु लगभग सबै नै आउदै हुनुहुन्छ । विप्लवभित्र र वैद्यभित्र पनि एकताका लागि दवाव परेको छ । उहाँहरुले सोच्नैपर्ने परिस्थिति आएको छ ।’ प्रशिक्षणमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले माघ ७ भित्रै प्रदेश र संघको निर्वाचन गर्नुपर्ने बताए । उनले भने, ‘हरहालतमा माघ ७ गतेभित्र प्रदेश र संघीय निर्वाचन गर्नुपर्छ, त्यसमा दायाँ बायाँ गर्ने छुट कसैलाई छैन । त्यसका लागि हामी सबै निर्वाचनको तम्तयारीमा बस्नुपर्छ ।’ पार्टीका समस्या र रुपान्तरणबारे चर्चा गर्दै नेता श्रेष्ठले भने, ‘हामीमा संगठनमा सुदृढ एकता भएन । विचार समूह छैनन् । तर, स्वार्थ समूह बिघटन भइसकेका छैनन् । पार्टीको प्रचार संयन्त्र कमजोर भयो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कालमा गरेजस्ता काम सरकारमा बसेर कांग्रेस, एमालेले गर्थे भने त्यसलाई धेरै प्रचार गरिन्थ्यो । तिललाई पहाड बनाइन्थ्यो, यसबाट हामीले गम्भीर शिक्षा लिनुपर्छ ।’ कार्यक्रममा अर्का नेता रामबहादुर थापा ‘बादल’ले परिवर्तनको एक मात्र धारा माओवादी नै भएको निर्वाचन परिणामले पनि पुष्टि गरेको बताए । नेता बादलले भने, ‘कांग्रेस, एमालेको वैचारिक दृष्टिकोणमा खासै अन्तर छैन । उनीहरु परिवर्तनको बाहक होइनन्, जनताले माओवादीलाई नै क्रान्तिकारी बिकल्पका रुपमा छानेका छन् । तर, हाम्रा कमजोरीलाई जनताले दण्डित पनि गरेका छन्, रुपान्तरणको अपेक्षा राखेका छन् ।’ व्यापक क्रान्तिकारी जनसंगठनमा जोड दिँदै बादलले भन्नुभयो, ‘संगठन बिनाको पार्टी र विचारले लक्ष्य प्राप्त गर्न सकिन्न । व्यापक जनसंगठन र क्रान्तिकारी पार्टी निर्माण नै अहिलेको हाम्रो मूल कार्यभार हो । संगठन ठूलो भएर पुग्दैन, त्यो संगठन लक्ष्यप्रति प्रतिवद्द, अनुशासित र संकल्प एकतामा आधारित पनि हुनुपर्छ ।’ बैठकमा जिल्ला संयोजकहरु लेखबहादुर थापा (गोरखा), राजेन्द्रकेशरी न्यौपाने (तनहूँ), मधु अधिकारी (लम्जुङ), शैलेन्द्र घिमिरे (स्याङ्जा), सुदिप कुंवर (पर्वत), गोविन्द पौडेल (म्याग्दी), चन्द्रबहादुर थापा (बाग्लुङ), मित्रशरण शर्मा (नवलपुर), दीपक कोइराला (कास्की), नेपबहादुर गुरुङ (मनाङ) र सत्यनारायण शेरचन (मुस्ताङ) ले चुनावी रिपोर्ट प्रस्तुत गरेका थिए । रिपोर्ट प्रस्तुत गर्दै संयोजकहरुले संगठनात्मक अराजकता, भद्दा कमिटि, चुनावी तालमेलमा पहलको कमि, संगठन निर्माणमा उदासिनता र नेताहरुको निष्क्रियता, पार्टी आर्थिक, सांस्कृतिक र संगठनात्मक अनुशासनमा कमि, विरोधीका भ्रम चिर्न असफल, नेता, कार्यकर्तामा निरासा, गुटबन्दी र आर्थिक अभावजस्ता कारणले निर्वाचनमा राम्रो परिणाम ल्याउन नसकेको रिपोर्टिङ गरेका थिए । कार्यक्रममा प्रदेशभित्र कार्यरत ४५० महाधिवेशन आयोजक समितिका सदस्यहरुको सहभागिता थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending