Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

रुपन्देही जिससमा एमाले–फोरम नेपाल गठबन्धन विजयी

\"\"भैरहवा । जिल्ला समन्वय समिती (जिसस) रुपन्देहीमा एमाले र संघिय समाजवादी फोरम नेपाल गठबन्धनको प्यानल नै विजयी भएको छ । गठबन्धनबाट समितीको प्रमुख पदमा एमालेका एकराज विश्वकर्मा र उपप्रमुख पदमा फोरम नेपालका पशुपतिनाथ यादव विजयी भएका छन् । कुल ३२ मत मध्ये प्रमुखमा विश्वकर्माले २७ मत र उपप्रमुखमा यादवले २४ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले जानकारी दिए । त्यस्तै विश्वकर्माको प्रतिद्धन्द्धी काँग्रेसका विष्णु प्रसाद बस्यालले ५ मत र यादवको प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सदावृक्ष तेलीले ८ मत प्राप्त गरेका छन् । यस्तै सदस्यमा २६ मत प्राप्त गरी एमालेका कविराम अर्याल, २६ मत प्राप्त गरी एमालेका खेमप्रसाद लुइटेल र २२ मत प्राप्त गरी फोरम नेपालका रियाज अहमद विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । महिला सदस्यमा २६ मत प्राप्त गरी एमालेकी जमुना लम्साल, २६ मत प्राप्त गरी एमालेकी ज्ञानु विक र २३ मत प्राप्त गरी फोरम नेपालकी सरोजकुमारी बरई विजयी भएकी छिन् । दलित वा अल्पसंख्याक पदमा मत प्राप्त गरी फोरम नेपालका छोट चमार विजयी भएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । निर्वाचन कार्यालयमा एमाले र काँग्रेसको दुई वटा प्यानल दर्ता भएको थियो । जसमा एमाले–फोरम नेपालको गठबन्धन थियो भने अर्को काँग्रेसको प्यानलमा माओवादी केन्द्र र राप्रपा रहेका थिए । एमालेसँग १५ वटा मत र फोरम नेपालसँग ८ मत गरी एमाले–फोरम नेपाल गठबन्धको कुल २३ वटा मत थियो । जसमा एमालले गठबन्धनको मत भन्दा ४ मत र फोरम नेपाल एक मत बढी पाएको छ । जिससको निर्वाचनमा पनि मत बदर जिससको निर्वाचनमा स्थानिय तहका प्रमुख र उपप्रमुख मात्र मतदाता रहेपनि जिससको निर्वाचनमा पनि मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला पदमा ५ वटा मत बदर भएको छ । यस्तै दलित वा अल्पसंख्यक सदस्य पदमा ३ मत, र अन्य सदस्य पदमा २ मत बदर भएको मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending