Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

के चाहन्छन् किम जोङ उन ?

\"\"एजेन्सी । उत्तर कोरियाले दुईवटा अन्तरमहादेशीय क्षेप्यास्त्र प्रहार गरेपछि ऊमाथि राष्ट्रसंघले लगाएको प्रतिबन्धसँगै प्योङयाङ र अमेरिकाले एक अर्काविरुद्ध अशोभनीय अभिव्यक्ति दिँदै आएका छन् । उत्तर कोरियाले अमेरिकी भूमि गुआममा आक्रमण गर्ने घोषणा नै गरेको छ । उत्तरको घोषणाले अमेरिका झन् आक्रोशित बनेको छ । वासिङ्टनलाई बारम्बार धम्की दिए प्योङयाङलाई ध्वस्त बनाइदिने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् । कूटनीतिक समाधानमा अमेरिकी जोड अमेरिकाले अझै पनि कोरियासँग वार्तालाई जोड दिएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन र ट्रम्प प्रशासनका अन्य वरिष्ठ अधिकारीहरू उत्तरसँगको समस्या कूटनीतिक ढंगले समाधान गर्नुपर्ने पक्षमा छन् । राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियाली नेता किम जोङ उनलाई वार्ता प्रस्ताव गरेका थिए । तर, अमेरिकाले गरेका प्रस्तावलाई किमले अस्वीकार गर्दै आएका छन् । सिद्धान्ततः अमेरिकाले कोरियाली प्रायद्वीपमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति सन्धि, प्योङयाङलाई कूटनीतिक मान्यता (प्योङयाङमा सम्पर्क कार्यालय स्थापना), र कोरियाली प्रायद्वीपमा हतियार कटौतीजस्ता प्रस्ताव गरे पनि प्योङयाङले अस्वीकार गर्दै आएको छ । वार्ता गर्न चाहँदैन कोरिया फिलिपिन्सको राजधानी मनिलामा हालै सम्पन्न आसियान क्षेत्रीय मञ्चको भेलामा अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन र उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो बीच कुनै वार्ता हुन सकेन । अमेरिकाले वार्ताको प्रस्ताव गरे पनि उत्तर कोरियाले अस्वीकार गरेको थियो । त्यस्तै, दक्षिण कोरियाली विदेशमन्त्री काङ क्योङ ह्वाले सिउल र प्योङयाङबीच गरेको वार्ता प्रस्तावलाई पनि उत्तर कोरियाली अधिकारीले लत्याइदिएका थिए । कोरियाको रणनीतिक स्वार्थ सन् २०११ मा शक्तिमा आएदेखि कोरियाली नेता किम जोङ उनले निरन्तर रूपमा दुईवटा विषयमा जोड दिँदै आएका छन् । सेनाको आधुनिकीकरण र उत्तर कोरियालाई आर्थिक दृष्टिले समृद्ध बनाउने । कोरियामा आर्थिक क्रान्ति ल्याउन नसके पनि आणविक क्षेत्रमा नेता उन आप्mना अग्रजभन्दा अगाडि देखिन्छन् । उत्तर कोरियाले सन् १९६० देखि आफ्नो आणविक क्षमतालाई थप सशक्त बनाउँदै आएको छ । आणविक कार्यक्रमलाई तीव्र पार्नुमा उसको आफ्नै रणनीतिक स्वार्थ पनि छ । लिबिया र इराकको अनुभवबाट उत्तर कोरियाले एउटा पाठ सिकेको छ, विश्वासिलो र आमविनाश गर्न सक्ने आणविक हतियारले कुनै पनि देशको अस्तित्वलाई सुनिश्चित गर्छ । अन्तर्राष्ट्रिय समुदायमाझ आफ्नो प्रभाव जमाउन प्योङयाङ निरन्तर आणविक हतियारको होडमा देखिन्छ । उत्तर कोरियामाथि आफ्नो कुनै शत्रुतापूर्ण दृष्टिकोण नभएको वासिङ्टनले आश्वस्त पार्न खोजे पनि प्योङयाङ ढुक्क हुन सकेको छैन । बरू कुनै पनि वेला अमेरिकाले आफूमाथि आक्रमण गर्न सक्ने उसको आँकलन छ । आणविक शक्तिका दृष्टिले विश्वमै शक्तिशाली अमेरिका कोरियाका लागि खतरा भएको प्योङयाङको बुझाइ छ । यसबाहेक दक्षिण कोरियामा खटिएका २८ हजार अमेरिकी सेनाले उत्तरलाई प्रष्ट चुनौती दिएको उसको बुझाइ छ । ती सेनाले कुनै पनि वेला उत्तर कोरियामाथि धाबा बोल्ने उत्तर कोरियाको विश्लेषण छ । अमेरिकासँग तुलना गर्न मिल्ला ? उत्तरको क्षेप्यास्त्र प्रक्षेपण अभियान र गत महिनाको दुईवटा शक्तिशाली परीक्षणले निश्चय नै प्योङयाङको सैन्य क्षमता देखाउँछ । अमेरिकी गुप्तचर निकायको पछिल्लो प्रतिवेदनअनुसार उत्तरसँग ६० भन्दा बढी आणविक बम छ र उसले जुलाई महिनामा प्रहार गरेजस्तै अमेरिकासम्म क्षेप्यास्त्र प्रहार गर्न सक्छ । उत्तरले आणविक क्षमतामा गरेको प्रगतिसँगै आणविक अस्त्र बोक्ने विशेष लडाकु विमान निर्माण गरेको हुन सक्ने अमेरिकाको अटोमिक साइन्टिस्टको एउटा प्रतिवेदनमा उठाइएको छ । तर, प्योङयाङले यति छिटो नाटकीय प्रगति गर्ने विषयमा भने धेरैले आशंका गरेका छन् । उत्तर कोरियाले त्यस्तो प्रगति गरेको भए अमेरिकाका लागि मान्य नहुने वासिङ्टनले प्रष्ट पार्दै आएको छ । उत्तर कोरियाले केही हदसम्म आणविक विकास गर्नुको अर्थ प्योङयाङ विजयको नजिक पुगेको र त्यसले अमेरिकाको जापान र दक्षिण कोरियासँगको सम्बन्ध कमजोर पार्ने वासिङ्टनको विश्लेषण छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies