Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

किम जोङ उनद्वारा गुआम हमलाबारे सेनासँग छलफल

\"\"एजेन्सी ।  उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले देशका नेता किम जोङ-उनलाई प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी भूभाग गुआममा क्षेप्यास्त्र हमला गर्ने योजनाबारे त्यहाँको सेनाले जानकारी दिएको जनाएको छ । प्योङयाङको सरकारी समाचार संस्था केसीएनएले सशस्त्र फौजहरु तम्त्यार अवस्थामा रहेको पनि उल्लेख गरेको छ। तर उसले अमेरिकी गतिविधिहरु हेरेर मात्रै राष्ट्रपति किम जोङ उनले क्षेप्यास्त्र हमलाको आदेश दिने बताएको छ । यसअघि अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाको कुनै पनि हमलाले तत्कालै युद्धको स्वरुप ग्रहण गर्ने चेतावनी दिएका थिए । प्योङयाङले मध्य अगष्टको समयसीमा भित्र गुआममा आक्रमण गर्ने योजना तयार गरी त्यसलाई आफ्ना नेता किम जोङ-उनसमक्ष प्रस्तुत गर्ने निर्णयको पालना गरेको देखिन्छ। गुआममा कुनैपनि बेला आक्रमण गर्ने चेतावनी उत्तर कोरियाले दिने गरेको छ । सरकारी समाचार संस्था केसीएनएले उत्तर कोरियाली नेता किमले उच्च सैनिक अधिकारीसँग उक्त विषयमा छलफल गरेको जनाएको छ । अझ केही समय अमेरिकी गतिविधिको निगरानी गरेर मात्रै गुआममा हमला गर्ने आदेश दिने निर्णय भएको उक्त समाचारमा उल्लेख छ । अघिल्लो हप्ता उत्तर कोरियाविरुद्ध राष्ट्रपति डोनल्ड ट्रम्पले कडा अभिव्यक्ति दिएपछि अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अवस्थालाई सामान्य बनाउने प्रयास गरिरहेका थिए । तर सोमबार उनले प्योङयाङले अमेरिकामाथि आक्रमण गरे युद्ध सुरु हुने चेतावनी दिएका छन् । अघिल्लो साता ट्रम्पले अमेरिकालाई धम्की दिइरहे त्यसको जवाफ उत्तर कोरियाले \'विश्वले अहिलेसम्म नदेखेको भीषण गोलाबारीबाट पाउने\' चेतावनी दिएका थिए । मंगलबार उत्तर र दक्षिण कोरियामा स्वतन्त्रता दिवस मनाइदैँछ र प्योङयाङबाट थप कडा टिप्पणी आउनसक्ने ठानिएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले भने अवस्था सामान्य बनाउने प्रयास गरिरहेका छन् ।उनले कोरियाली प्रायद्वीपमा अर्को युद्ध आफूले नचाहेको बताएका छन् । बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending