Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

११ हवाई साधन भित्र्याउदै सेना, के–के ल्याउँदैछ ?

\"\"काठमाडौं । नेपाली सेनाले ११ वटा हवाइ साधन थप्ने गरी प्रक्रिया अघि बढाएको छ । आफैंले किन्न लागेको ६ हेलिकप्टर र एउटा जहाज तथा अमेरिकी अनुदानमा प्राप्त हुने ४ स्काई ट्रक आगामी डेढ बर्ष भित्र सेनाले भित्राउने भएको हो । हाल सेनासँग १० हवाइ साधन चालू अवस्थामा छन् भने १५ वटा चल्न सक्ने हालतमा छैनन् । अाजको कान्तिपुरमा खबर छ– प्राकृतिक प्रकोप र अन्य उद्धार कार्यका साथै दुर्गम क्षेत्रमा खाद्यान्न तथा पूूर्वाधारका सामग्री ढुवानी, बिरामीको उद्धार, विशिष्ट पदाधिकारीको उडानका लागि सेनाले सात वटा हवाई साधन (हवाइहाज र हेलिकप्टर) किन्ने भएको हो । यीमध्ये कतिपयको खरिद प्रक्रिया अघि बढिसकेको छ । रुसमा निर्माण भएका दुई एमआई–१७ हेलिकप्टर, एक विशिष्ट खाले (भीआईपी) हेलिकप्टर र एउटा जहाज (फिक्स्ड विङ) खरिद प्रक्रिया अघि बढेको छ । अन्य तीन प्रकारका (मध्यम–१ र हल्का–२) हेलिकप्टरका लागि पनि प्रक्रियागत काम हुँदै गरेको नेपाली सेनाले जनाएको छ । सेनाले ६ हेलिकोप्टरसँगै ल्याउन लागेको हवाइ जहाज एअर बस कम्पनीको हो । स्रोतका अनुसार जहाज खरिदका लागि इन्डोनेसियाली कम्पनी पीटीडीआई र नेपाली सेनाबीच असार पहिलो साता सम्झौता भएको थियो । यसका साथै अमेरिकाले चार वटा स्काई ट्रक अनुदानमा उपलब्ध गराउने छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमणका क्रममा त्यो टुंगो लागेको हो । बाढि पहिरोमा परेकालाई उद्धार र राहत सम्वन्धी कामबारे रक्षा मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सेनाले खरिद गर्ने हवाइजहाज र हेलिकोप्टरको प्रक्रिया अघि बढेको जानकारी दिइएको हो । हवाई साधन पर्याप्त नहुँदा समयमा उद्धार हुन नसकेको सेनाले जनाएको छ । २०७२ बैशाखको महाभुकम्पपछि उद्धारका लागि साधन स्रोत आवश्यक रहेको महसुस गरी सेनाले सरकालाई आग्रह गरे बमोजिम सरकारले सहयोग गरिरहेको प्रधानसेनापति क्षत्रीले बताए । त्यसपछि हवाई साधन सहित अन्य उपकारणका लागि करिव २१ अर्व रुपैया सेनाले मागेको थियो । यसमा सरकारले ८ अर्व हवाइसाधनका लागि र ५० करोड उपकरणका लागि माग भएको थियो । सेनाले पहिले प्रस्ताव गरेको रकममा थप समेत माग गरिरहेको छ । पछिल्लो समय दुई हेलिकप्टर र एक जहाज खरिदको लागि आठ अर्ब रुपैयाँ निकासा भए पनि सेनाले बजार भाउको अवस्था देखाएर थप ६६ करोड रुपैयाँ मागेको छ । रक्षा मन्त्री भीमसेनदास प्रधानका अनुसार एमआई– १७ रसियाबाट ल्याउने तयारी भएको हो । रक्षाले केही रकम थप गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको जानकारी अर्थ सचिव श्रीधर सापकोटाले दिए । सेनाले ढिलो गरि खरिद प्रक्रिया अघि बढाउदा रकम केही बृद्धि भएको तर्क प्रस्तावमा उल्लेख रहेको स्रोतले बतायो । कमिसन एजेन्टको दबाबमा रकम थप्न खोजिएको स्रोतको दावी छ । स्रोतका अनुसार प्रधानमन्त्री निकट कमिसन एजेन्टहरूद्वारा रकम थप गर्न सेना, रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पनि दबाब परेको छ । सेना मुख्यालय, रक्षा, प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा खरिद एजेन्टहरूको दौडधुप बढिरहेको स्रोतको भनाइ छ । आर्थिक वर्ष २०७३/७४ कै बजेटमै खरिद गर्न विनियोजन गरिए पनि ठोस प्रक्रिया अघि बढेको थिएन । गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले जहाज (फिक्स्ड विङ) किन्न अनुमति दिएको छ । त्यसअघि दुई एमआई १७ खरिदका लागि पनि स्विकृत दिएको थियो । एउटा जहाज गतवर्ष दुर्घटनामा परेपछि चालु हालतको विमान कुनै पनि नरहेको प्रधानसेनापति क्षत्रीले बताए । खरिद मूल्यबारे जानकारी नदिइएको उक्त जहाजमा सामान ढुवानीसँगै प्यारा जम्प लगायतका सुविधा हुनेछ । सेनासँग स्काई ट्रक, आइल्यान्डर, एलुवेट, लान्सर, एभ्रो, पुमा, चिता लगायत विभिन्न सिट क्षमताका २५ वटा जहाज रहेकामा तीमध्ये दुई सुपर पुमा, दुई एमआई १७, एक स्काई ट्रक तथा अन्य ५ वटा हेलिकप्टर मात्रै उडान योग्य छन् । सेनाले खरिद मात्र होइन विक्रीमा समेत आफ्नो हेलिकप्टर राखेको छ । १२ हेलिकप्टर बढाबढमा राखिएको छ । तीमध्ये ८ वटा नचल्ने अवस्थाका र ४ वटा बनाएर चलाउन सकिने छन् । तर बारम्बार टेन्डर गर्दा पनि दरखास्त परेको छैन । अहिले सेनासँग १० हेलिकप्टर चालु हालतमा र एक मर्मतको लागि लिथुनियामा छ । अर्को स्काई ट्रक्क मर्मत हुन सक्ने अवस्थामा छ । अमेरिकी सहयोगमा स्काई ट्रक उपलब्ध गराउने कम्पनीले हस्तान्तरण क्रममा त्यसलाई मर्मत गरिदिने बताएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy