Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

ह्वाइट हाउसका प्रमुख रणनीतिकार बर्खास्त

\"\"एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई बर्खास्त गरेका छन् । ब्याननले आफू संस्थापक रहेको दक्षिणपन्थी वेवसाइट ब्राइटबार्ट न्यूजमा पुन: फर्कने बताउँदै राष्ट्रपति ट्रम्पका राजनीतिक, व्यापारिक र सञ्चार क्षेत्रमा रहेका विरोधीहरु विरुद्ध लडिरहने प्रतिक्रिया दिएका छन्। ब्याननलाई ट्रम्पको राष्ट्रवादी एजेण्डाका एक जना प्रमुख सुत्रधार मान्ने गरिन्छ तर उनले रिपब्लिकन पार्टी र प्रतिद्वन्दिताको जालोमा जकडिएको जस्तो देखिने ह्वाइट हाउसभित्र कैयौँलाई चिढ्याएको पनि ठानिन्छ। ट्रम्पले वरिष्ठ पदमा नियुक्त गरेका केहि सैनिक जेनेरल जस्तै राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टर र नयाँ चिफ अफ स्टाफ जेम्स केली अनि राष्ट्रपति ट्रम्पका ज्वाइ ज्यारेड कुश्नरसँग उनको कुरा नमिलेको विवरणहरु आएका छन्। \"\"राष्ट्रपति ट्रम्पले कतिपय गम्भिर प्रकृतिका सूचनाको चुहावटका लागि उनी जिम्मेवार रहेको धारणा बनाएको ठानिएको छ । यसअघि ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसर, सञ्चार निर्देशक एन्टोनी स्कारामुची र चिफ अफ स्टाफ राइन्स प्रिबस ह्वाइट हाउसबाट बाहिरिएका थिए । ब्याननले सैद्धान्तिक विषयमा राष्ट्रपति ट्रम्पको मेरुदण्ड भएर काम गरेको बताइन्छ। उनका आलोचकहरुले उनलाई नवनाजीका समर्थकका रुपमा हेर्दै आएका छन् । रिपब्लिकन दलको परम्परागत कोटरी भित्र चाँहि \'आर्थिक राष्ट्रवाद\' को उनको धारणासँगै कैयौँ असहमत थिए। श्यार्लोट्सभिलमा भएका हिंसालाई लिएर गोरा सर्वोच्चतावादीहरुको उपयुक्त ढङ्गले आलोचना नगरेको आरोप खेपिरहेका ट्रम्पलाई उक्त मुद्दामा ब्याननको बहिर्गमनले केही दबाब कम हुने बताइएको छ । तर, उनको बहिर्गमनले समस्या पनि निम्त्याउन सक्छ किनभने दक्षिणपन्थीहरुमाझ उनको बलियो पकड रहेको छ । वासिङटनबाट एक जना बीबीसी संवाददाता भन्छन् उक्त समूहले राष्ट्रपति ट्रम्पलाई जिताउन मूख्य भूमिका खेलेको थियो र उनीहरुले ब्याननको बर्खास्तीलाई सजिलै स्वीकार्ने देखिदैँन। बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies