भाद्र ३ गते, २०७४ शनिवार 19th August, 2017 Sat१०:२३:२६ मा प्रकाशित
सिन्धुपाल्चोक । चाैतारा साँगाचोकगढी नगरपालिका १ स्याउलेकी आकृत्ती गोल्जेको आफ्नै बारीमा तरकारी उत्पादन हुन थालेपछि जीवनस्तरमा वृद्धि भएको छ । सिन्धु विकास केन्द्रले भूकम्पपछि जिविकोपार्जन सहयोगपछि मार्फत भूकम्प प्रभावितलाई पुनस्थापना गर्ने कार्यक्रम अन्र्तगत तरकारी विरुवा किन्न नगद सहयोग गरेपछि उनी तरकारी खेतीमा लागेकी हुन् ।
‘भूकम्पमा घर लड्यो, बस्नेको अझै ठेगान छैन, \'सिडेक\'को सहयोगमा हामीलाई आफैमा आत्मनिर्भर बनाउँन सहयोग गरेको छ । जसले हामी पीडितहरुको घाउमा मलम लगाएको छ’ उनले भनिन्–‘पहिले हामीहरु आफुलाई खानको लागि अलिकती तरकारी खेती गर्दै आएको थियौँ, पुनस्थापनाको लागि भन्दै सहयोग आएपछि कस्तो हुदो रहेछ भनेर तरकारी खेतीमा लागियो । अहिले हाम्रो परिवार धान्न सहज भएको छ । तरकारीको उचित मुल्य पाउन थालेपपछि ।’
उनी मात्र होेइन । सिडेकले सञ्चालन गरेको सिन्केधुप बनाउँने तालिम लिएकी चौतारा साँगाचोकगढी नगरपालिका ३ की गीतादेवि ढुङ्गानाको पनि दैनिकीमा सुधार आउन थालेको सुनाउँछिन् । ‘भूकम्पअघि सामान्य घरमा प्रयोग गर्नका लागि सिन्केधुप बनाउँदै आएको थिए । अहिले तालिम पाएपछि आफैलाई केहि गर्नुपर्छ भन्ने धारणा पैदा भएको छ । १६ जनाले सामुहिक रुपमा सिन्केधुप उत्पादनको लागि घरेलु उद्योगको रुपमा दर्ता गरेरै काम गर्न थालेको छौँ’ उनले भनिन् ।
के भयो उपलब्धि ?
पुर्नस्थापनाको लागि नगदको लागि काम, तालिम र प्रविधिको सहयोग र सामाजिक परिचालनमार्फत स्थानीय समुदायको आर्थिक स्थितीमा सुधार ल्याएको छ । कामका लागि नगद कार्यक्रमले स्थानीय जनतालाई आफ्नो ठाउँको विकास गर्दा आफै आत्मनिर्भरताको बाटोमा लैजान थालेपछि दैनिकी नै फेरीएको छ ।
नगदका लागि काम कार्यक्रम अन्र्तगत स्थानीयलाई नै सहज हुनेगरी मोटरबाटो मर्मत, गोरोटोबाटो मर्मत, विद्यालय वरपर जोखिम रहेको ठाउँमा जालिगाह्रो लगाउनेलगाएको काम गरेको छ । जसबाट ३ सय ७६ प्रतिघर परिवारलाई ४ लाख ५ हजार रुपैयाँ खर्च गरिएको छ । सो रकमबाट स्थानीयले सहकारीसँग सहकार्य गरेर व्यवसायीक रुपमा लाग्ने सिलाई, बाख्रापालन, कृषि र विद्यालय र शिक्षा जस्तो संवेदनशिल क्षेत्रमा समेत खर्च गरेको कार्यक्रम मुल्याङ्याकन अधिकृत सुमन दुलालले बताउँछन् ।
पुननिर्माणको कार्यमा सिडेकले सहयोग गरेपछि स्याउलेको १ सय ११ जना, बतासेका ९५ जना र सिम्पालकाभ्रेको ३६ जना गरी २ सय ४२ जनालाई दोस्रो किस्ताको लागि सिफारीस समेत गरोको जनाईएको छ । स्थानीयलाई व्यवसायी बनाउँको लागि तरकारी खेती, सिन्केधुप उत्पादन, च्याउ खेती, घर बगैँचा र कुखुरा पालन गरी २ सय ३३ जनालाई तालिम दिईएको छ ।
कति भयो खर्च, कस्ता परे छनोट ?
सिन्धु विकास केन्द्रले २०७३ श्रावणबाट एक बर्षको लागि १ करोड २३ लाख ९ हजार ८ सय ९४ रुपैयाँ बजेट स्किृत भएको सिन्धु विकास केन्द्रका कार्यक्रम संयोजक विक्रम सुन्दासले जानकारी दिए । सुन्दासका अनुसार १ करोड ९६ लाख २९ हजार ५ सय ५२ रुपैयाँ खर्च भएको छ ।
सिन्धु विकास केन्द्रले पुर्नस्थापनाका लागि छनोट गरेकाहरु भूकम्पबाट प्रभावित र प्रकोपले उच्च जोखिममा परेको परिवार, दलित, जनजाति, भिन्न क्षमता भएका, एकल महिला पिछडिएको वर्ग र क्षेत्र तथा युवा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: