Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

कांग्रेसमा यसरी उदाए देउवा

\"\"काठमाडौं । १३औँ महाधिवेशनमा देउवाका प्रतिस्पर्धी कोइराला थिएनन् । रामचन्द्र पौडेलसँगको टक्करमा देउवाले बाजी पार्दै २० वर्षपछि कोइरालाको एकछत्र विरासत तोडिदिए । ०५३ मा काठमाडौंमा भएको नवौँ महाधिवेशनबाट गिरिजाप्रसादले कृष्णप्रसाद भट्टराईपछि १४ वर्ष कांग्रेस चलाएका थिए । कार्यबाहक हुँदै सुशील कोइरालाले पूर्ण एक कार्यकालसहित ६ वर्ष कांग्रेस चलाए । अाजको नयाँ पत्रिकामा खबर छ– तर, २० वर्षपछि कोइराला परिवारबाट कांग्रेसको राजनीति देउवाले आफ्नो हातमा ल्याए । १३औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन भइरहेका वेला तत्कालीन सभापति सुशीलको २५ माघ ०७२ मा निधन भयो । सभापतिमा अघि बढ्ने तयारीमा रहेका सुशीलको निधनपछि कोइराला परिवारबाट नेतृत्वमा को जाने भन्ने संकट आइलाग्यो । महाधिवेशनको झन्डै एक महिनाअघि अकस्मात सुशीलको निधन भएपछि तत्कालै कोइरालाहरू तयारी अवस्थामा थिएनन् । गिरिजापुत्री सुजाता र बिपीपुत्र शशांकले नेतृत्वका लागि इच्छा गरे पनि सुजाता खुलिन् । तर, शशांक खुलेनन् । कोइरालाहरू अघि नबढ्दा उपसभापति रामचन्द्र पौडेल स्वतः सभापतिका दाबेदार बने । उम्मेदवारी दर्ता गर्ने एक दिनअघि मात्र पौडेललाई कोइराला परिवारले अघि सारे । पहिलो चरणमा देउवा र पौडेल दुवैले आवश्यक मत ल्याउन सकेनन् । कृष्णप्रसाद सिटौलाले भोट काट्दा दोस्रो चरणमा सभापतिको निर्वाचन भयो । सिटौलाले देउवाको समर्थन गरे । पौडेल पराजित भए । महामन्त्रीमा भने देउवा पक्षका अर्जुननरसिंह केसीलाई पराजित गर्दै शशांक कोइराला निर्वाचित भए । सभापति, संसदीय दलको नेता हुँदै देउवा प्रधानमन्त्री बने । नेतृत्वको ‘भ्याकुम’मा लिगेसी भजाउने दाउ कपिल श्रेष्ठ विश्लेषक शेरबहादुर देउवा र रामचन्द्र दुवैलाई नमान्नेहरू धेरै देखिएका छन् । साथै, उहाँहरूलाई उमेरले पनि अब धेरै सक्रिय हुन गाह्रो छ । यो वेला पौडेल पक्षमा नेतृत्वको खडेरीजस्तै छ । किनकि विरासत टिकाउन अब पौडेलले नसक्ने बुझाइ तीन कोइरालामा देखिन्छ । पारिवारिक लिगेसी भजाएर बिपी र गिरिजाको सहानुभूति प्रयोग गरेर समयमा आफ्नो स्थान सुरक्षित गर्ने तीव्र अभिलाषा उहाँहरूमा देखिन्छ । नेपालको राजनीतिमा कांग्रेसको लगानी धेरै भएको छ । लगानीअनुसार कांग्रेसकै नेता कोइरालाहरूले फाइदा उठाएको पनि प्रस्टै छ । तर, ठूलोे लिगेसी भएको परिवारमा राजनीतिलाई आफ्नो बपौती सम्झिने कोइराला, गणेशमान, निधि सबै परिवारमा देखिन्छ । अर्कोतिर कांग्रेसमा कोइराला भन्ने नाम, कोइराला परिवारको काम र महत्वलाई नकार्न मिल्दैन । मन पराए पनि नपराए पनि कोइराला लिगेसी त्यति चाँडै हराउँदैन । सुजाता पनि कोइरालाको नाममा एकैपटक माथि आउनुभयो । महामन्त्री पनि सोझै माथि आउनुभयो । शेखरमा भने राजनीतिक योगदान, समझ र परिपक्वता बढी देखिन्छ । शशांकलाई बिपीको छोरा हुनुको फाइदा बढी छ । बिपीका जेठा छोरा प्रकाश कोइराला अर्कै धारको राजनीतिमा लाग्नुभयो । उहाँकी छोरी मनीषा फिल्मतिर रमाइन्, बिपीका अर्का छोरा श्रीहर्ष खेलकुद र विज्ञानमै रमाए । यस्तोमा शशांकलाई थोरै राजनीतिक सक्रियताकै आधारमा सहज रूपमा विरासत मिलेको छ । रगत र लिगेसी एउटै भएकोले तीनजना एकले अर्कोलाई सहयोग गरेर अघि बढ्दा सबैलाई ढिलोचाँडो फाइदा हुने बुझाइमा छन् र सक्रिय हुन खोजिरहेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending