Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

भारतीय बुलेटबाट बाहिरन्छ तीन अर्ब

\"\"काठमाडौं । नेपालमा खाना पकाउने ग्यास (एलपीजी) ढुवानी गरिदिएबापत भारतीय बुलेट व्यवसायीले वार्षिक तीन अर्बभन्दा बढी रकम लैजाने गरेका छन् । भारतका १० व्यवसायीले नेपालबाट वार्षिक रूपमा यो परिमाणमा रकम हात पार्दै आएका छन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– बुलेटमार्फत ग्यास ढुवानी गर्ने भारतका ठुल्ठूला व्यवसायी संलग्न छन् । भारतको १० जना व्यवसायीको ६ सय ५० भन्दा बढी भारतीय नम्बर प्लेटको बुलेट नेपालमा ग्यास ढुवानी गर्दै आएका छन् । सबैभन्दा बढी रमेश बत्रा नामक व्यवसायीको बुलेट नेपालमा सञ्चालनमा छन् । बत्राले मात्रै तीन सय ७० थान बुलेटबाट ग्यास ढुवानी गरेबापत वार्षिक डेढ अर्बभन्दा बढी रकम नेपालका एलपीजी ग्यास उद्योगीबाट लिँदै आएका छन् । नेपाल एलपीजी उद्योग संघका अनुसार बत्रावाहेक नेपालमा राधेश्याम अग्रवालको सय, इण्डो नेपाल एलपीजी बल्क ढुवानी संघका अध्यक्ष सतिश शर्माको ३५, जसविन्द्र सिंहको ५०, नरेन्द्र सिंहको ५०, आकाश जैनको ३०, एसएलआर ट्रान्सपोर्टको ४४ लगायतसहित अन्य भारतीय व्यक्तिको ६ सय ५० भन्दा बुलेट नेपालमा ग्यासको ढुवानीसम्बन्धी कारोबार गर्दै आएको छ । एउटा ढुवानीकर्ता व्यवसायीको बुलेट नेपालका पाँचदेखि १० वटा बोटलिङ तथा रिफिलिङ उद्योगले प्रयोगमा ल्याउँदै आएका छन् । नेपाली नम्बर प्लेटको बुलेट सञ्चालनमा आएमा वार्षिक करिब तीन अर्ब रुपैयाँभन्दा बढी रकम नेपालबाट आर्जन गर्न नसकिने भारतीय व्यवसायीको ठहर छ ।ढुवानीकर्ता व्यवसायीले बरौनीदेखि काठमाडौंसम्म प्रतिसिलिन्डरमा लाग्ने ग्यास बराबर ८२ रुपैयाँ ढुवानी खर्चका दरले नेपाली बोटलिङ तथा रिफिलिङ उद्योगबाट असुल गर्छ । १८ मेट्रिक टन ग्यास हुने एक बुलेटबाट एक हजार दुई सय ५० सिलिन्डर तयार हुन्छ । यही दररेटमा भारतीय ढुवानी व्यवसायीले बुलेट प्रयोग गरेबापत ढुवानी खर्च स्वदेशी उद्योगबाट प्राप्त गर्दै आएका छन् । बत्राको नेपाल र भारतमा गरी करिब पाँच हजार संख्यामा बुलेट सञ्चालनमा छन् । यही परिमाणमा शर्माको पनि बुलेट सडकमा कुदिरहेका छन् । \'ग्यास ढुवानी गरेबापत नेपालबाट आर्जन गर्दै गरेको रकम उनीहरूले गुमाउन चाहँदैनन्\', स्रोतले भन्यो, \'नेपालकै केही उच्च अधिकारी र भारतीय व्यवसायीको मिलेमतोमा भारतको एक्सप्लोसिभ विभागले नेपाली नम्बर प्लेटको बुलेटको सञ्चालनमा अवरोध सिर्जना गरिएको हो । ग्यास ढुवानी गरेबापत हामीबाटै रकम आर्जन गर्ने र हाम्रै लगानीको नेपाली नम्बर प्लेटको बुलेट सञ्चालनमा उनीहरूले अवरोध गरी दोहोरो भूमिका खेल्दै आएका छन्।\' इन्डो नेपाल एलपीजी बल्क ढुवानी संघका अध्यक्ष शर्मा र बत्रालगायतको ठूलो पहुँचका व्यवसायीको मिलेमतोमा नेपाली नम्बर प्लेटको बुलेट नेपालमा सञ्चालन हुन नसकेको हो । शर्मा र बत्राकै पहुँचका कारण नागपुरस्थित एक्सप्लोसिभ विभागले विभिन्न बहानामा नेपाली नम्बर प्लेटको बुलेटलाई \'विस्फोटन\' सम्बन्धी अनुमति पत्र उपलब्ध गराउन आनाकानी गरिरहेको छ । विभागले हालको एक्सप्लोसिभ ऐनअनुसार नेपाली नम्बर प्लेटको बुलेटलाई अनुमति दिन नसकिने भन्दै आएको छ । तर, सोही ऐनअन्तर्गत एक्सप्लोसिभ विभागले भारतीय विस्फोटक अधिनियम १८८४ अनुसार सन् १९८८ देखि १९९८ सम्ममा नेपालको कोसी, नेपाल ग्यास र लुम्बिनी ग्यासले नेपाली नम्बर प्लेटको बुलेट सञ्चालनसम्बन्धी अनुमति पत्र लिएको देखिन्छ ।सन् १९९४ नोभेम्बर ३० मा विराटनगरको कोसी उद्योगको को.१ ख ३५३ नम्बरको अशोक लिलैन्ड कम्पनीबाट उत्पादित नेपाली नम्बर प्लेटको बुलेट सञ्चालनसम्बन्धी नवीकरण गरी पुनः सञ्चालन गर्न अनुमति दिएको भेटिएको छ । \'यही एक्टअन्तर्गत त्यो बेला बुलेट सञ्चालनका लागि विस्फोटनसम्बन्धी अनुमति दिन मिल्ने तर अहिले त्यही एक्टअन्तर्गत अनुमति दिन नमिल्ने ? ,\' संघका अध्यक्ष शिव घिमिरेले भने, \'नागपुरस्थित एक्सप्लोसिभ विभागले माथिको आदेश नआउन्जेलसम्म अनुमति नदिने बताउँदै आएको छ ।\' उनका अनुसार नेपाली नम्बर प्लेटको बुलेट सञ्चालनका लागि आवश्यक पर्ने उक्त अनुमति प्राप्त गर्न संघले संगठित प्रत्यक्ष रूपमा भारतीय दूतावासमा १० पटक, नागपुरको एक्सप्लोसिभ विभागमा चार पटक, दिल्लीस्थित नेपाली दूतावासमा १० पटक र आपूर्ति तथा परराष्ट्र मन्त्रालयमा २०-२० पटक पहल गरेको थियो । नेपाल आयल निगमले भारतीय दूतावास र आपूर्ति विभागले परराष्ट्र मन्त्रालयमा पनि विस्फोटनसम्बन्धी अनुमतिका लागि पटक-पटक पत्राचार गरेको कागजातबाट देखिन्छ । यस्ता प्रयासले पनि हालसम्म समस्या समाधान भएको छैन । यस्ता पहलले पनि कुनै निकास नआएपछि उद्योगी व्यवसायीले पछिल्लो पटक प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा समस्या समाधान हुने अपेक्षा गरेका थिए । \'तर भारत भ्रमणका क्रममा नेपालका तर्फबाट बलियो लबिङ हुन सकेन\', घिमिरेले भने, \'हामीले आफ्नो समस्या भन्यौं, भारतको उद्योग तथा वाणिज्यमन्त्रीले समस्या सुन्नुभयो । तर, कुनै सार्थक निर्णय आएन । हामी रित्तै फर्कियौं ।\' संघले राज्यले विस्फोटनसम्बन्धी अनुमति दिलाइदिनुपर्ने वा बुलेट निर्माणमा लागेको लागत खर्च क्षतिपूर्तिमा उपलब्ध गराइदिनुपर्ने माग अघि सारेको छ । संघका उपाध्यक्ष कुशप्रसाद मल्लिकाले बुलेट खरिद अनुमति प्रक्रियामै सरकारले ठूलो त्रुटि गरेको औंल्याए । उनले भने, \'सरकारले भारतमा भएका सम्पूर्ण कानुन अध्ययन गरी बाटो फुकाएर मात्रै नेपाली नम्बर प्लेटको बुलेट खरिदसम्बन्धी टेन्डर आह्वान गर्नुपथ्र्यो । सरकारको त्रुटिका कारण अहिले हामी व्यवसायीको अर्बौं जोखिममा परेको छ । बुलेट प्रकरणमा सरकारको सार्थक भूमिका देखिएन ।\' मल्लिकाका अनुसार एक्सप्लोसिभ विभागले नेपाली नम्बर प्लेटको बुलेटलाई एक्सप्लोसिभ अनुमति दिन नसक्दा आठ महिनादेखि ४६ वटा ग्यास रिफिलिङ गर्ने उद्योगको चार सय थान नेपाली नम्बर प्लेटको बुलेट भारतको हरियाणा, राजापुर, बडौंदा, पुणे र दिल्लीमा अलपत्र छन् । एउटा बुलेट निर्माण गर्न नेपाली उद्योगीको ७० लाख रुपैयाँ खर्च परेको छ । यसबाहेक थप तीन सय ७५ वटा बुलेट निर्माण गर्न पनि उद्योगीले भारतीय निर्माण कम्पनीलाई अर्डर गरिसकेका छन् । उनका अनुसार नेपाली उद्योगीको साढे पाँच अर्ब रुपैयाँ जोखिममा परेको छ । पटक-पटक अवरोध यसअघि पनि भारतीय व्यवसायीको दबाबमा नेपालका उच्च अधिकारीले नेपाली नम्बर प्लेटको एलपीजी ग्यास ढुवानी गर्ने बुलेट खरिद प्रक्रियामा रोक लगाएका थिए । गत वर्षको साउन ४ मा नेपाली नम्बर प्लेटको बुलेट खरिद गर्ने विषयमा नेपाल आयल निगमले निजी क्षेत्रका व्यवसायीलाई अनुमतिपत्र दिएलगत्तै आपूर्ति मन्त्रालयले आफूखुसी साउन ५ मा बुलेट प्रक्रियामा रोक लगाएको थियो । मन्त्रालयले ग्यास बोक्ने बुलेट सञ्चालनसम्बन्धी विनियमावली नभएको \'कारण\' देखाउँदै खरिद प्रक्रियामा रोक लगाएको थियो । मन्त्रालय स्रोतका अनुसार बुलेट सञ्चालनसम्बन्धी विनियमावलीको बहानामा मन्त्रालयका जिम्मेवार अधिकारी र भारतीय बुलेट व्यवसायीको प्रभावमा उक्त खरिद प्रक्रिया रद्द गरिएको थियो । स्रोतका अनुसार इन्डो नेपाल एलपीजी बल्क ढुवानी संघका अध्यक्ष शर्माको नेतृत्वमा भारतबाट आएका बुलेट व्यवसायी रमेश बाद्रालगायतको दबाबमा मन्त्रालयका जिम्मेवार अधिकारीले नेपाली नम्बर प्लेटको बुलेट खरिद प्रक्रियामा तत्कालीन समयमा रोक लगाएका थिए । भारतीय व्यवसायी र मन्त्रालयका जिम्मेवार अधिकारीबीच सोल्टी होटलमा भेटघाटपश्चात् अर्को दिन बुलेट खरिद प्रक्रियामा रोक लगाइएको थियो । व्यवस्थापिका संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले तत्कालीन समयमा बुलेट खरिद प्रक्रिया तत्कालै खुला गर्न मन्त्रालयलाई निर्देशन दिएपछि अवरुद्ध भएको प्रक्रिया फुकुवा गरिएको थियो । कुनलाई कति बुलेटको अनुमति ग्यास रिफिलिङ गर्ने बोटलिङ प्लान्टमध्ये नेपाल ग्यासको ७५, कोसी ग्यासले ४५, हिमालय, सगरमाथाले ३०-३०, एभरेष्ट, शक्ति, श्री सत्यनारायण र सिद्धार्थले २५-२५, बाबा, गौरीशंकर, गृहलक्ष्मी, मारुती, प्रिमा र श्रीकृष्णले २० देखि २५ सम्म, आरती, भानु, भेरी, चन्देश्वरी, गीता, जानकी, कावसन्स्, गण्डकी, कन्काई, लियो, लुम्बिनी, मनोकामना, मेची, नमस्ते, नारायणी, नोवेल, ओम, पराजुली, राजधानी, रापु, रिजालकोलगायत ४६ उद्योगले सात सय ७५ वटा बुलेट खरिद गर्ने अनुमति पाएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy