Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

स्थानीय तहका दलित महिला उम्मेदवार दल, झन्डा र चिह्न नै थाहा छैन

\"\"बारा । दुधौरा खोला किनारमा दिनहुँ गिट्टी कुट्दै गरेको अवस्थामा भेटिन्छिन शान्तिदेवी राम । पुलबाट करिब ५ सयको मिटरको दूरी पार गरेपछि खोलाकै किनारमा बेहेरी गाउँ, चमार टोलमा शान्तिको घर छ । अाजको राजधानी दैनिकमा खबर छ– उनले आफ्नो उमेर अड्कलसमेत पनि गर्न नसकेपछि नजिकै बसेका श्रीमान्ले भनिदिए, ‘हाम्रोमा उमेर थाहा हुँदैन सर, त्यस्तै २५/२६ वर्षकी भइन् होली ।’ शान्तिदेवी नेपाली राम्ररी बुझ्दिनन् । श्रीमान्ले अनुवाद गरेपछि जवाफ फर्काउन सक्छिन् । उनी २ असोजमा हुने स्थानीय तहमा माओवादी केन्द्रबाट दलित महिला सदस्यको उम्मेदवार बनेकी छन् । उनका तीन छोरी र एक छोरामध्ये केही दिनअघि मात्रै जेठी छोरीको बिहे भयो । छिमेक विकास बैंकबाट ऋण लिएर उनले छोरीको बिहे रामैसँग गरिन् र अहिले बैंककै ऋणले एउटा भैंसीसमेत पालेकी छन् । त्यही ऋण तिर्न पनि उनलाई अहिले अलि बढी मेहनत गरी गिट्टी कुट्नुपरेको छ । प्रदेश २ मा हुने स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट जितपुर सिमरा उपमहानगरपालिका–१४ को वडा सदस्यको उम्मेदवार हुन् । ‘माओवादी पार्टीको नाम मात्र सुनेकी छु । मलाई पार्टीबारे केही थाहा छैन । तर म त्यही पार्टीको उम्मेदवार हुँ,’ शान्तिदेवी भन्छिन्, ‘हामीले उम्मेदवारमा नाम लेखाएपछि सुविधाहरू पाइन्छ रे भन्ने सुनेकी छु ।’ बिहानबेलुका काम नगरे छाक टार्नै नसक्ने शान्तिदेवीलाई खासमा उम्मेदवार बन्ने रहर नै रहेनछ । शान्तिले गम्भीर हुँदै भनिन्, ‘मलाई एक जना चिनेको सरले घरैमा आएर उम्मेदवार बन्न भन्नुभयो । मैले मानेको थिइनँ तर श्रीमान्ले नाम लेखाऊ भनेपछि हुन्छ भनें ।’ तर उनका श्रीमान्लाई पनि न त निर्वाचनमा के हुन्छ भन्ने थाहा छ न उम्मेदवारी दिनुको कारणबारे नै थाहा छ । उनलाई यति थाहा छ, अब दलितका नाममा नगरपालिकाका वडामा आएको सेवासुविधा वा सामग्री उनकी श्रीमतीले पाउनेछिन् र गाउँभरिकालाई बाँड्नेछिन् । शान्तिदेवीलाई मतपत्रबारे पनि जानकारी छैन । चुनावी घरदैलोमा समेत आफू हिँड्न नभ्याउने बताउने शान्तिदेवीले आफ्नो छरछिमेकलाई मलाई भोट दिनुस् भन्न पनि सकेकी छैनन् । उनलाई आफ्नो पार्टीको झन्डा र चुनाव चिह्नसमेत पनि थाहा छैन । उनले हाँस्दै भनिन्, ‘यस्तो कुरा हामीलाई थाहा छैन, कसैले सिकाएको पनि छैन’ । आठ धुर जग्गामा माटो र खरको संयोजनमा बनेको सानो एककोठे घरमा बस्दै आएका शान्तिदेवीका परिवारलाई स्थानीय तहको उम्मेदवार बनेपछि भने सबैले चिन्न थालेका छन् । जितपुरसिमरा उपमहानगरपालिका–६ की ज्ञानी पासवान नेपाली कांग्रेसबाट स्थानीय निर्वाचनको वडाकी दलित सदस्यको उम्मेदवार हुन् । तर उनलाई कसैले चुनावी कुरा ग¥यो भने सुनिरहन असजिलो लाग्छ । अहिलेसम्म कुनै पनि पार्टीमा नलागेकी र सामाजिक कार्यक्रमहरूमा सहभागी नभएकी २८ वर्षकी ज्ञानी पासवान अरू कोही दलित प्रतिनिधि नभएपछि उनका ससुरा जमिरी पासवानले उनलाई उम्मेदवारीमा नाम लेखाइदिएको उनी बताउँछिन् । जमिरी लामो समयदेखि कांग्रेसमा छन् । ‘परिवारसँग बाहेक अहिलेसम्म कत्तै पनि बाहिर हिँडेकी छैन । हाम्रो संस्कारमा बिनाकामले छोरीबुहारी बाहिर निस्कन मिल्दैन,’ उनले भनिन्, ‘तर अब बिस्तारै समाज परिवर्तन भइरहेको छ, हाम्रो जातका बालबालिका पनि विद्यालय जान थालेको छन् ।’ निर्वाचन र आफ्नो भूमिकाबारे जानकारी नभए पनि उनले जितेपछि समाजको काम गर्ने होला भन्ने अड्कलचाहिँ गरेकी छन् । यता चन्द्रमाया सार्कीको अवस्था पनि उस्तै छ । डुमरवाना–१४ बोरिङ टोलकी चन्द्रमाया सार्की पनि वडा सदस्यको उम्मेदवार हुन् । उनलाई नेकपा (एमाले) ले १४ नम्बर वडामा दलित महिला सदस्यको उम्मेदवार बनाएको छ । गाउँको सबैभन्दा पुछारमा एउटा खरले छाएको सानो घरमा चन्द्रमायाका परिवारले जीवन बिताउँछन् । बाहिर काम पाउँदा कहिलेकाहीँ काममा जाने उनका श्रीमान् र ३३ वर्षीया चन्द्रमायाका दुई छोरा छन् । स्थानीय तहको निर्वाचनको चर्चाअघि उनी कुनै पनि पार्टीबारे चासो राख्दिनथिन् । ‘गरिब परिवारलाई सबैको आस लाग्छ, केही पाइन्छ कि भनेर उम्मेदवारमा हुन्छ भनेकी हुँ,’ उनले भनिन्, ‘पार्टीबारे त त्यति थाहा छैन ।’ एमालेमा जिल्ला र केन्द्र तहका नेताहरूको नाम उनलाई थाहा छैन, उनलाई आफ्नै वडाबाट पनि ककसको उम्मेदवारी छ, जानकारी छैन । घरको काममा निकै व्यस्त रहने चन्द्रमायालाई राजनीति र विकासको काममा खास चासो नै रहेनछ । ‘मलाई घरकै कामले भ्याइनभ्याइ छ । गाउँघरतिर त मलाई जिताउनुपर्छ भनेको छु । तर जितेपछि के गर्ने भन्नेचाहिँ थाहा छैन,’ भान्साकोठामा काम गर्दै उनले भनिन्, ‘घरमा गर्ने कोही छैन । म पनि बाहिरबाहिर भएँ भने बालबच्चा भोकै हुन्छन् ।’ सामाजिक तथा राजनीतिक चेतना बढेर भन्दा पनि उम्मेदवार बनाउनैपर्ने कानुनी व्यवस्थाले मात्रै दलहरूले टिकट दिएका हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending