Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

तराईका अधिकांश नदीमा जलमापक उपकरण राख्ने तयारी

\"\"काठमाडौं । सरकारले आगामी वर्षदेखि तराईका अधिकांश नदीमा जलमापक उपकरण राख्ने तयारी गरेको छ । जलमापक उपकरणमार्फत पूर्वसूचना प्रणाली प्रभावकारी बन्दै गएपछि सरकारले वर्षामापक उपकरण राख्ने योजना अगाडि सारेको हो । उपकरण राखेमा बाढी आउनुभन्दा तीन दिनअघि नै सर्वसाधारणलाई सूचना दिन सकिने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाका हाइड्रोलोजिस्ट विनोद पराजुलीले बताए । ‘यस्तो खालको पूर्वसूचनाबाट मानवीयसँगै भौतिक क्षति कम गर्न सक्छौँ,’ उनले भने । सरकारले अहिलेसम्म आठ नदी तथा खोलामा वर्षामापक उपकरण राखेको छ । अर्को वर्ष मानवीयसँगै भौतिक क्षति गर्ने थप खोला र नदीको पहिचान गरी उपकरण राख्ने तयारी गरिएको छ । चुरेसँगै तराई क्षेत्रबाट बग्ने खहरे खोलाले पनि ठूलो भौतिकसँगै मानवीय क्षति गर्दै आएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– चुरे क्षेत्र दोहन हुँदै गएपछि बाढी आउने गरेको विज्ञहरू बताउँछन् । प्रकृतिलाई ख्याल नगरी विकास निर्माण गर्न थालेपछि तराईका खोला र नदीको सतह पनि माथि आएको छ । यस वर्ष बाढी, पहिरो र डुबानबाट एक सय ५३ जनाको मृत्यु भएको छ । ३० बेपत्ता र ४२ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ । एउटा उपकरणलाई दुई लाख पर्ने एउटा उपकरणलाई साधारणतया दुई लाख पर्ने पराजुलीले बताए । एउटा नदी वा खोलामा एउटा मात्र वर्षामापक उपकरण राख्न सकिन्छ । ‘जलमापक उपकरणमार्फत मास एसएमएस पठाउँदा कम मानवीय क्षति भएको छ,’ पराजुलीले भने । सन्देशमा के हुन्छ ? सर्वसाधारणले बुझ्ने गरी रोमनमा सन्देश लेखेर पठाइने हाइड्रोलोजिस्ट पराजुलीले जानकारी दिए । मनसुन सुरु भएपछि बाढीले प्रभावित पार्न सक्ने क्षेत्रका सर्वसाधारणलाई ‘बाढी आउन सक्छ’ भन्ने सन्देश पठाइन्छ । बाढीको उच्च जोखिम भएका नदीमा खतराको चिह्न राखिएको छ । सोही चिह्नभन्दा माथि पानी गएको अवस्थामा त्यहाँका स्थानीयलाई सुरक्षित (अग्लो) स्थानतर्फ जान सुझाब दिइन्छ । पानीका मात्रा घट्दै गएपछि सबैलाई आ–आफ्नो वासस्थानतर्फ जान सुझाब दिइन्छ । उपकरण भएका नदी विभागले महाकाली, कर्णाली, पश्चिमराप्ती, बबई, नारायणी, पूर्वराप्ती, रिउखोला, बागमती, कोसी, कन्काई नदीमा उपकरण राखेको छ । यी नदीका जलाधारमा पानी धेरै परेपछि तटीय क्षेत्रका सर्वसाधारणलाई एमएमएस पठाइन्छ । यस वर्षको मनसुनमा अहिलेसम्म ७० लाखभन्दा धेरैलाई बाढीको पूर्वसूचना ‘एसएमएस’ पठाएको विभागले जनाएको छ । यसरी सूचना पाइन्छ नेपाल टेलिकम र एनसेलसँग प्राविधिक रूपमा सम्झौता गरिएको छ । सम्झौताबमोजिम मास एसएमएस पठाउने गरिन्छ । तराईमा जनधनको क्षति भएपछि सर्वसाधारणलाई एसएमएसबाट पूर्वजानकारी दिन थालिएको हो । यसअघि बाढीले धेरै क्षति पुर्याउन सक्ने नदीमा मात्र खतराको घन्टी बज्ने (साइरन) व्यवस्था गरिएको थियो । सर्वसाधारणका लागि निःशुल्क टोल फ्री ११५५ नम्बरको व्यवस्था गरिएको थियो । मास एसएमएस सर्वसाधारणसँगै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पनि पठाइन्छ । ६० मिलिमिटर पानी परेपछि सूचना बाढी आउन सक्ने सम्भावित क्षेत्रमा एक घन्टामा ६० मिलिमिटर पानी परेपछि एसएमएस पठाइन्छ । बाढी आउन सक्ने सम्भावित समयभन्दा तीनदेखि ६ घन्टाअगावै सर्वसाधारणलाई एसएमएस पठाइने भएको छ । उपकरण राखिने नदी बिरिङ खोला, रातु खोला, खाँडो खोला, लालबकैया खोला, गागन खोला, चिनाउखोला, महोना नदीलगायतका नदी र खोलामा वर्षामापक उपकरण राख्ने तयारी छ । अरू नदी र खोलाका लागि जोखिमलाई मध्यनजर गरी जलमापक उपकरण जोडिने भएको छ । जोखिमको प्राथमिकीकरणलाई हेरेर जलमापक उपकरणमार्फत मास एसएमएस पठाउने व्यवस्था गरिने विभागले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy