Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

एनपीएलको ट्रफी अनावरण कार्यक्रममा प्रधानमन्त्री ओली के के भने ?

खबरडबली संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गरेका हुन ।  क्यानका अनुसार सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक भएको हो । 

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्री ओली, क्यानका पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नेपाल प्रिमियर लिग मंशिर १६ देखी २५ सम्म काठमाडौंमा हुदैँछ । 

नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्तुत मन्तव्य 

- आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वपूर्ण छ । हाम्रो गौरवशाली धरहराको काखमा, नेपाल प्रिमियर लिग को ट्रफी लन्च कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको छ । 

- विशाल अनि अग्लो धरहराले हाम्रो इतिहास र संस्कृतिलाई सम्झाउँछ भने नेपाली किक्रेट इतिहासको विशाल अनि उमङ्गमय पर्व ल्एी ले हाम्रा खेलाडीहरूको सपना र आगामी पुस्ताको प्रेरणालाई उजागर गर्दछ । 

-  विश्वभर छरिएर रहेका हाम्रा क्रिकेटप्रेमीहरू मात्र होइन, अहिलेको पुस्ताले नेपाली खेलाडीहरूको मेहनत र सफलतालाई गौरवका साथ अँगालेका छन् । क्रिकेट हाम्रो युवा पुस्ताको सपना बनेको छ । यो केवल खेल मात्र नभई, हाम्रो राष्ट्रिय जागरुकता र अनुशासनको प्रतीक हो । 

- जनकपुर बोल्ट्सका कप्तान आसिफ शेख ले कउयचतmबलकजष्उ देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल भिडियो मैले पनि हेरेको थिएँ । जनकपुर झैँ शान्त स्वभाव कायम रहोस् । आसिफ शेखलाई अबउतबष्ल अयय ि को उपनाम दिनुपर्ला । 

- काठमाडौं गुर्खाजका कप्तान करण केसीलाई ख्बभिलतष्लभ द्ययथ भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ ।  उनले राजधानीको नाम राख्ने आशा लिएको छु । 

- पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल  बलर हुन् कि ब्याटर विश्वले नै चिन्न सकेको छैन , यसपाली ९९ मा आउट हुन नपरोस् शतक हान्नू । 

-    चितवन राइनोजका कप्तान कुशल मल्ल हेर्दा सानो केटो, ज्यानमा ताकत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ । आखिर चितवन गैडाजका कप्तान हो नि ! थप चर्चा कमाउनू । 

- लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्ने छ । जसले जिते पनि रोहितलाई फाइदा छ, आखिर देशले जित्छ र नेपाली क्रिकेटका कप्तान भएको नाताले उनले जितेकै हुनेछन् । 

-(बिराटनगर किङस्)का सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै भए । द्यद्यी देखि क्ष्एी सम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ । त्यसैले त मैले भनेको थिएँ–  नेपालीले चान्स पायो भने गर्छ । 

- (कर्णाली याक्स्)का सोमपाल कामीका ती योरकरहरूलाई कसले भुल्न सक्छ ? सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखिने छ । अर्को टी– ट्वेन्टी विश्वकप खेल्ने तयारीमा जुट्नु ।

-  कर्णाली याक्सले भारतका गब्बर शिखर धवनलाई अनुबन्ध गरेको सुनेको छु । जो आइपीएलका सर्वाधिक दोस्रो रन बनाउने ब्याट्सम्यान रहेछन् । यसरी ठूला लिग र विश्वकप खेलेका खेलाडी नेपालमा आउनु गौरवको विषय हो ।  

- अन्तिममा हिरोको पालो आउँछ, मेरो।  नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ । ल्एी मा यस्ता थुप्रै कीर्तिमान बनून् । सुदुरपश्चिम रोयललाई पनि विशेष शुभकामना छ । 

- विश्वकपमा २३७ रनको रेकर्ड बनाएका मार्टिन गप्टिल पनि विराटनगर किङ्समा अनुबन्धित भएका र थुप्रै देशबाट खेलाडी आउने जानकारी पाएको छु ।  ल्एी ले पर्यटन व्यवसायको पनि प्रवद्र्धन गर्छ भन्ने विश्वास लिएको छु । 

- देशको प्रधानमन्त्री भएकाले सात टीम मध्ये कुन टीमको सपोर्ट गर्ने भन्नेमा म दुविधामा छु । मेरो सबैलाई शुभेच्छा छ । 

- आ–आफ्नो टीमको मनोबल बढाउनुस्, ठीक छ । तर यो मेरो टीम भन्दै फ्यानहरूबीच मनमुटाव हुने पो हो कि !  (हल्का ठट्टा) 

- एनपीएल जस्तो प्रतियोगिताले पर्यटन प्रवद्र्धन गर्ने र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा ल्याउन सहयोग पुग्छ । 

- क्यानका पदाधिकारीहरुले आगामी दिनमा महिला विशेष ल्एी लिग आयोजना गरोस् भन्ने चाहन्छु । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending