Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

उत्तर कोरियालाई कसरी झेल्ला विश्वले ?

\"\"एजेन्सी । जापानी भूमिमा मिसाइल प्रहार गर्नु कुनै पनि हालतमा उत्तर कोरियाको सबैभन्दा भड्काववाद कदम हो । पछिल्ला दुई दशकमा यस्तो तेस्रोपटक भएको छ, जब उत्तर कोरियाले जापानमाथि कुनै मिसाइल परीक्षण गरेको छ । यो विषय ध्यान दिनुयोग्य छ कि उत्तर कोरियाले अमेरिकी प्रशान्त क्षेत्र गुआमतर्फ मिसाइल प्रहार गरेर राम्रो गरेको छैन । किनकि, अब यस्तो केही हुन सक्छ, जसले अमेरिकी सेनाको प्रतिक्रिया बढाउन सक्छ । यसै महिनाको आरम्भमा ट्रम्प प्रशासनको दाबीले यसको पनि संकेत गर्छ । कैयौँपटक वासिङटनको चेतावनीपछि उत्तर कोरियाली सत्ताले आफ्नो आणविक कार्यक्रम रोकेको थियो । आणविक हतियारको जवाफ तर, यसपटक फेरि उत्तर कोरियालाई लिएर सोही प्रश्न सामना गरिँदै छ कि उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल र आणविक हतियारलाई लिएर उसको तीव्र जवाफ के हुनेछ ? साथै, यो पनि प्रश्न कायमै रहनेछ कि यदि प्योङयाङले यी कार्यक्रमलाई रोक्न र ऊ आफ्नो निसानामा अमेरिकालाई सामेल गर्न सफल भयो भने के अमेरिका र सिंगो विश्व आणविक हतियारबाट सम्पन्न उत्तर कोरियालाई झेल्न सक्छ त ? ब्रिटेन, फ्रान्स, अमेरिका, चीन र रुस यस्ता पाँच देश हुन्, जो घोषित रूपमै आणविक हतियारबाट सम्पन्न छन् । यीमध्ये अधिकतर आणविक हतियार द्वितीय विश्वयुद्धको परिणामपछि बनाइएका थिए, किनकि यीमध्ये अधिकतर देशले जापानका दुई सहरमा अमेरिकाको आणविक आक्रमणलाई देखेका थिए । यस आणविक क्लबमा सबैभन्दा पछाडि चीन जोडिएको थियो । उसले सन् १९६० को मध्यतिर यस्ता हतियार विकसित गरेको थियो । आणविक अप्रसार सन्धि यसपछि आणविक हतियारको प्रसारलाई रोक्न सुरु गरिएको प्रयास पनि उल्लेखनीय रूपमा सफल रह्यो । १९७० मा अस्तित्वमा आएको आणविक अप्रसार सन्धिले पनि यसमा पर्याप्त योगदान दिएको छ । यस सन्धिको माध्यमबाट आणविक हतियार सम्पन्न मुलुक र जसको साथमा यस्ता हतियार छैनन्, उनीहरूले आणविक अप्रसारलाई लिएर सहमति जनाएका छन् । सहमतिअनुसार आणविक हतियारसम्पन्न राष्ट्रहरूले आफ्ना हतियारमा कमी ल्याउनुपर्ने थियो र गैरआणविक हतियार सम्पन्न राष्ट्रले आणविक हतियार नपाउने सर्तमा मात्र यो प्रविधि हासिल गर्नु थियो । यी सबका बाबजुद इराक, इरान र लिबिया जस्ता देशले पनि आणविक हतियार विकसित गरेका छन् । यस सन्धिमा हस्ताक्षर नगरेका इजरायल, भारत र पाकिस्तानले पनि आणविक हतियार विकसित गरेका छन् । तर, यी देशद्वारा बनाइएका आणविक हतियार विवादास्पद छन् र यी कार्यक्रमलाई आफ्नो क्षेत्रीय अस्तित्वका लागि विकसित गरिएको रूपमा हेरिँदै छ । उत्तर कोरिया पनि भारत–पाक श्रेणीमा यस्तो अवस्थामा के उत्तर कोरिया पनि इजरायल, भारत र पाकिस्तानको श्रेणीमा पर्छ ? व्यावहारिक रूपमा हेर्ने हो भने उत्तर कोरिया आणविक हतियार सम्पन्न राष्ट्र हो । यद्यपि, अमेरिकी सहरलाई निसाना बनाउन सक्ने उसको क्षमतामाथि अझै सन्देह छ । उत्तर कोरियालाई लिएर यो स्पष्ट छ कि ऊ एउटा लोकतान्त्रिक होइन । र, ऊ अमेरिकाको एक सहयोगी राष्ट्रका रूपमा पनि देखिन्न । ऊ अन्तर्राष्ट्रिय व्यवस्थाबाट अचम्मलाग्दो तरिकाबाट अलग भइसकेको छ । र, मौलिक रूपमा उसको शासन कमजोर र असफल देखिन्छ । उसको आणविक हतियार विकसित गर्ने उद्देश्यमा क्षेत्रीय प्रतिद्वन्द्विता देखिन्न । जब कि यही हतियारको माध्यमबाट ऊ अमेरिकालाई निसाना बनाउने प्रयास गरिरहेको छ । के अमेरिका र उत्तर कोरिया एकसाथ रहलान् ? यस्तो तनावबीच अमेरिका र उत्तर कोरिया आणविक ‘शत्रु’ का रूपमा एकसाथ रहन सक्लान् त ? के प्योङयाङको तुलनामा अमेरिकाको आणविक हतियारको आक्रमण बढी घातक होला ? यस प्रश्नको जवाफ दिँदै अनुभवी अमेरिकी रणनीतिक विश्लेषक टोनी कार्डस्म्यान भन्छन्— मिसाइल परीक्षण गर्नु र त्यसपछि मिसाइललाई परिचालन गर्नु एउटा लामो प्रक्रिया हो । के प्योङयाङ अमेरिकाविरुद्ध आफ्नो शक्ति उपयोग गर्ला ? यस प्रश्नको जवाफमा टोनी भन्छन्— एक अप्रमाणित मिसाइललाई अप्रमाणित स्थानमाथि विनाकुनै सटिकता तथा विश्वसनीयता प्रहार गर्नु केवल मूर्खता साबित हुन्छ । टोनीका अनुसार उत्तर कोरिया आफ्नो लक्ष्यको निकट पक्कै छ । तर, यसलाई पूरा गर्न एक सही नीति आवश्यक छ । चीनको समर्थन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई उत्तर कोरियाप्रतिका आफ्ना उद्देश्यलाई लिएर पछि हट्न आग्रह गरेका छन् । यसको मिश्रित परिणाम रहेको छ । किनकि, संयुक्त राष्ट्र संघद्वारा उत्तर कोरियामाथि लगाइएका प्रतिबन्धलाई चीनले समर्थन पनि गर्छ । जब कि उसको उत्तर कोरियासितको सम्बन्ध पनि ठिकठाक छ । सबैभन्दा अहम् विषय यो हो कि चीन उत्तर कोरियाली शासन सत्ताको अन्त्य होस् र करोडौँ शरणार्थी उसको सीमा पार गरेर आफ्नो देशमा आऊन् भन्ने चाहँदैन । उत्तर कोरियाली शासनलाई लिएर कैयौँ विश्लेषकहरूको तर्क छ कि ऊ यति मूर्ख छैन, जति देखिन्छ । ऊ जे चाहन्छ, त्यसको पछाडि तर्क हुन्छ । नयाँ पत्रिका
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy