Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

प्राधिकरणले चाहे उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउछौं: उद्योगी

\"\"काठमाडौँ । नेपाली सिमेन्ट उद्योगीले नेपाल विद्युत् प्राधिकरणले चाहे उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका जलविद्युत् आयोजनामा सिमेन्ट अभावका कारण निर्माण रोकिने अवस्था आएपछि उनीहरुले गुणस्तरयुक्त सिमेन्ट उपलब्ध गराउन आफूहरु तयार रहेको बताएका हुन् । प्राधिकरणले अगाडि बढाएको माथिल्लो त्रिशूली थ्री ए, प्राधिकरणको सहायक कम्पनी चिलिमेले निर्माण गरिरहेको माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा सिमेन्ट अभाव देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिआयोजनामा दैनिक १०० टनदेखि २०० टनसम्म सिमेन्ट आवश्यक पर्ने जानकारी दिए। सरकारी आयोजनामा प्रयोग हुने सिमेन्ट आयात गर्दा मूल्य अभिवृद्धि कर तिर्नु नपर्ने र सोझै आयोजनास्थलमा पुग्ने गरेका छन् । तर नेपाली सिमेन्टले भने १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नु पर्छ । नेपाली बजारमा कुनै पनि प्रकारका सिमेन्ट अभाव नभएको सिमेन्ट उद्योगीको भनाइ छ । सिमेन्ट अभाव भए सिमेन्ट उद्योगले २० बोरा किन्दा एक बोरा छुटको योजना दिएर किन बजारमा आउँथे भन्ने उद्योगीको भनाइ छ तर प्राधिकरणले भने नेपाली सिमेन्ट तत्काल नजम्ने भएकाले सबै निर्माण कार्यमा प्रभावकारी नहुने जनाउँदै आएको छ । भारतीय सिमेन्टलाई पनि नापतौल तथा गुणस्तर विभागले गुणस्तर चिह्न लिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । चालू आवको बजेट वक्तव्यमा नेपाल आयात हुने सबै प्रकारका सिमेन्टले गुणस्तर चिह्न लिनैपर्ने उल्लेख छ । नेपालका अधिकांश सरकारी आयोजनाले नेपाली सिमेन्ट प्रयोग गर्ने गरेका छैनन् तर प्राधिकरणले भने नेपाली सिमेन्ट शतप्रतिशत गुणस्तरीय नरहेको बताउँदै आएको छ । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकसमेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले नेपाली सिमेन्ट नबिकेर अनेकन योजना ल्याइरहेका बेला बजारमा सिमेन्ट पाइएन भन्नु गलत भएको बताए । चाडबाडको समयमा सिमेन्ट उद्योग दैनिक एक कार्यसमय मात्रै चलेको र बजारमा कुनै पनि प्रकारको अभाव नभएको र ‘स्टे«न्थ चेक अपको नाममा नेपाली सिमेन्ट प्रयोग नभएको उनको भनाइ छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाले नेपाली सिमेन्ट प्रयोग गरेर नै आयोजना बनाइरहेको र अधिकांश नेपाली सिमेन्टले गुणस्तर चिह्न लिइसकेका बेला भारतीय सिमेन्ट पनि उक्त चिह्न लिनुपर्छ भन्ने विषय जायज भएको पूर्व अध्यक्ष मुरारकाको भनाइ छ । चालू आवको बजेट वक्तव्यमा सरकारले नेपाली सिमेन्ट उद्योगको पक्षमा निर्णय गरेको छ तर सोही प्रावधान हटाउन भारतीय सिमेन्ट आयातकर्ताले अनावश्यक हल्ला फिजाएको र आयोजनामा सिमेन्ट पाइएन भन्नेजस्ता दुस्प्रचार गरेको उद्योगीको भनाइ छ । नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापा कुनै पनि प्रकारको सिमेन्ट अभाव नभएको बताए। नेपाली सिमेन्ट उद्योगीले उत्पादन गरेको सिमेन्ट भारतीय बजारमा लैजाँदा आइएसआई चिह्न लिनैपर्ने बाध्यकारी व्यवस्था छ । नेपाल आउने सिमेन्टले पनि नेपाली गुणस्तर प्रमाणपत्र चिह्न लिनै पर्ने प्रावधान जायज र नेपाली सिमेन्ट उद्योगको हितमा रहेको उद्योगीको भनाइ छ । पछिल्लो समयमा नेपाली सिमेन्ट उद्योगसमेत बढेको र उत्पादन क्षमतासमेत बढेका कारण आन्तरिकरुपमा नै आत्मनिर्भर हुने अवस्थामा पुगेको कसमस सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक प्रबलजंग पाण्डे बताउनुहुन्छ । नेपाली सिमेन्ट उद्योगलाई पनि मूल्य अभिवृद्धि कर छुट दिएर आयोजनामा लगाउनुपर्ने उनको भनाइ छ । नेपाली सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्ट नापतौल तथा गुणस्तर विभागले परीक्षण गर्ने गरेको र उसको शर्त बमोजिम नै उत्पादन भएको दाबी गर्दैे बजारमा सिमेन्ट अभाव भयो, आयोजना रोकिए भन्ने विषय नै गलत भएको पाण्डेले बताए तर नेपाली सिमेन्ट उद्योगमध्ये केही सिमेन्ट छिटो नजम्ने हुन नसक्ने र केही समय लाग्ने भएकाले पनि प्राधिकरण र उसका सहायक कम्पनीले लिन अस्वीकार गरेको हुन सक्ने देखिन्छ । प्राधिकरणले भने दुई महिनासम्म लगाएर स्टे«न्थ चेक अप गराउनुपर्ने भए पनि परीक्षणमा नआएको बताउने गरेको छ । उदयपुर हेटौँडा सिमेन्टको स्ट्रेन्थ पुग्ने भए पनि मागअनुसार आपूर्ति गर्न नसक्ने प्राधिकरणको भनाइ छ । अधिकांश नेपाली सिमेन्ट उद्योगले ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएका छन् । नापतौल तथा गुणस्तर विभागले ५३ ग्रेडको मान्यता दिएको छैन । सोही कारण आयातकर्ताले गलत प्रचार गराएको उद्योगीको भनाइ छ । भारतबाट कति परिमाणमा सिमेन्ट आयात हुने हो, त्यसको कुनै लेखाजोखा छैन । नेपाली उद्योगको विकास र विस्तार गर्ने हो भने गुणस्तरयुक्त सिमेन्ट उत्पादनमा समेत जोड दिनुपर्ने छ । तर त्यसतर्फ कुनै ध्यान दिइएको छैन । हाल तीन दर्जन सिमेन्ट उद्योग देशभर सञ्चालनमा छन् । तिनीहरुले दैनिक ३० हजार टन बढी सिमेन्ट उत्पादन गर्छन् तर गुणस्तरको विषय देखाएर सिमेन्ट अभाव भयो भनेर गरिने प्रचार भने गलत भएको उद्योगीको भनाइ छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy