NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

चाडपर्वसंगै दलहरुको चुनावी रौनक शुरु

काठमाडौँ । प्रमुख चाडपर्वको चहलपहलसँगै आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन रौनक शुरु भएको छ । नयाँ संविधानबमोजिम पहिलो पटक हुने प्रतिनिधिसभा (संघ) र प्रदेशसभाको निर्वाचनका लागि दलहरुले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् भने आन्तरिक तयारी पनि शुरु गरेका छन् । संविधानबमोजिम आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । आगामी मंसिर १० गते र २१ गते दुई चरणमा हुने संघ र प्रदेशको निर्वाचनका लागि दलहरु आआफ्ना पक्षमा बढीभन्दा बढी मत ल्याउन चुनावी तयारीमा जुटेका छन् । पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा ३२ र दोस्रो चरणमा पहाडी र तराई– मधेसका ४५ जिल्लामा निर्वाचन हुनेछ । यही बीचमा बडादशैँ, तिहार, छठ र नेपाल संवत् जस्ता महत्वपूर्ण चाडपर्ने भएकाले दलहरुले ती पर्वलाई पनि चुनावमा उपयोग गर्नेछन् । निर्वाचनका लागि सरकार र आयोगले प्राविधिक, व्यवस्थापकीय र सुरक्षाको तयारी गरेको छ । दलहरुले भने उम्मेदवार चयन र प्रचार प्रसारको तयारीलाई अगाडि बढाएका छन् । आयोगले संघ र प्रदेशको निर्वाचनका लागि समानुपातिक निर्वाचनतर्फको बन्दसूची यही असोज २९ गते र प्रत्यक्षतर्फको मनोनयन आगामी कात्तिक ५ गते गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । संविधानअनुसार प्रत्यक्ष निर्वाचनबाट १६५ र समानुपातिक निर्वाचनबाट ११० जना गरी २७५ जनाको केन्द्रीय प्रतिनिधि सभा गठन हुनेछ । समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याका आधारमा भूगोल र प्रदेशको सन्तुलनका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुसलमान र पिछडिएको क्षेत्रसमेतबाट बन्दसूचीका आधारमा प्रतिनिधित्व गराउनुपर्नेछ । प्रत्येक प्रदेश सभामा प्रदेशबाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य ३३० हुनेछन् । सो प्रणालीमा कायम हुने सदस्य संख्यालाई ६० प्रतिशत मानी बाँकी ४० प्रतिशत अर्थात् २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । संसद्बाट दुवै तहका निर्वाचनसम्बन्धी अलग अलग ऐन पारित भइसकेको छ । प्रदेश सभाको निर्वाचनका लागि जनसंख्याका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुसलमान, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायसमेतबाट बन्दसूचीका आधारमा प्रतिनिधित्व हुने व्यवस्था संघीय कानूनबमोजिम हुनेछ । सात प्रदेशबाट आठ आठ गरी ५६ जना प्रदेशबाट निर्वाचित (स्थानीय तहको प्रमुख र उपप्रमुख) तीन जना महिला राष्ट्रपतिबाट नियुक्ति गरी ५९ जनाको राष्ट्रिय सभा गठन हुनेछ । नेकपा (माओवादी केन्द्र) संघ र प्रदेशको निर्वाचनको तयारीमा जुटिसकेको छ । केन्द्रका प्रवक्ता पम्फा भुसालले “जिल्लाबाट नै उम्मेदवारको नामावली सिफारिस भएर असोज १६ गतेभित्र नामावली आउँछ, निर्वाचन तयारी कमिटी गठन गरेर निर्वाचनको तयारी गरेको बताईन।” नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले पार्टीको गाउँ नगर र जिल्ला एकाइबाट संस्थागत रुपमा यही असोज १७ गतेभित्र नामावली आएपछि उम्मेदवारी चयनमा लाग्ने बताउनुभयो । उनले भने, “केन्द्रीय कार्यसमिति बैठकले संघ र प्रदेशको निर्वाचनमा आफ्ना उम्मेवार र पार्टीलाई विजयी गराउन संस्थागत रुपमा निर्णय गरेर अघि बढ्न निर्देशन दिइसकेको छ, सोहीअनुसारको तयारी हुँदैछ ।” नेकपा (एमाले) स्थानीय तहमा पाएको सफलता जस्तै संघ र प्रदेशमा पनि प्राप्त गर्ने गरी तयारीमा जुटेको छ । पार्टीको भर्खरै सम्पन्न केन्द्रीय कमिटीको आठौँ बैठकले निर्वाचन परिचालन कमिटी बनाई चुनावी तयारीमा लागेको छ । एमालेका सचिव प्रदीपकुमार ज्ञवालीका अनुसार पार्टीको केन्द्रीय कमिटी बैठकले निर्वाचनको समग्र परिचालन र उम्मेदवार चयनमा ध्यान दिई प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न सबै नेता कार्यकर्तालाई आह्वान गरेको छ । एमालेले संघीय संसद् र प्रदेश सभा सदस्यको उम्मेदवारको मनोनयनको आधिकारिक पत्रमा हस्ताक्षर गर्ने अख्तियारी अध्यक्ष केपी शर्मा ओलीको रहने र उम्मेदवार छनोटको मापदण्डबारे निर्णय गर्न स्थायी कमिटीलाई जिम्मेवारी दिएको छ । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली निर्वाचनमा आयोगको तयार गरेको मतपत्र चार वटा हुनुपर्नेमा दुइटा मात्र हुँदा मतगणनामा समस्या हुने भनाइ राख्छन्। “प्रत्यक्षमा एउटा उम्मेदवार हुन्छ, उम्मेदवारमा पार्टी संयुक्त मिलेर चुनाव लडे पनि व्यक्तिले जित्ने भएको हुँदा समस्या हुँदैन तर समानुपातिकमा संयुक्त रुपमा पार्टीको चिह्न हुँदा कसको कति भोट आयो भनेर गणना गर्न कठिनाइ हुन्छ । यसमा आयोगले ध्यान दिनुपर्छ ।”

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page