Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कारागार भत्किँदा फरार भएका साना आए, ठूला आएनन्

\"\"सिन्धुपाल्चोक । भूकम्पपछि जिल्लास्थित कारागार भत्किँदा फरार भएका बन्दीमध्ये साधारण अपराधमा संलग्न कारागारको सम्पर्कमा आएपनि ठूला अपराधमा संलग्न कैदी तथा थुनुवा अझै फरार रहेका छन् । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पका दिन कारागारमा ११८ कैदी र ९८ थुनुवा गरी २१६ जना बन्दी थिए । भूकम्पले कारागार भत्किएपछि तितरवितर भएका ११८ जना बन्दी सम्पर्कमा आएपनि ९८ जना अझै सम्पर्कमा नआएको जिल्ला कारागार सिन्धुपाल्चोकका सूचना अधिकारी टीका दाहालले जानकारी दिए । करणी, मानव बेचबिखन तथा ओसारपसार, कर्तव्य जान मुद्दा, विदेसी मुद्रा अपचलनजस्ता जघन्य मुद्दामा दोषी ठहरिएका र मुद्दा सुनुवाइको क्रममा रहेका अधिकांश बन्दी भने सम्पर्कमा आएका छैनन् । जघन्य अपराधमा संलग्न भएपनि कैद अवधि सकिन लागेका भने सम्पर्कमा आएका छन् । तर लामो अवधि कैदी भुक्तानी गर्न बाँकी रहेका भने हालसम्म फरार रहेका छन् । भूकम्पले चौतारामा रहेको कारागारको भवन भत्किँदा बन्दीको विवरण रहेको ढड्डा नै च्यातिएपछि बन्दीको सबै विवरण पनि पाउन कठिन छ । अहिले कारागार नहुँदा १५÷१६ जनालाई मात्रै प्रहरी हिरासतमा राखिन्छ । पूर्पक्षमा थुनामा रहेकालाई छिमेकी जिल्ला काभ्रेमा रहेको धुलिखेलस्थित कारागारमा लैजाने गरिन्छ । यहाँका बन्दीलाई भने काठमाडौँ, पर्सा, सुनसरी, बाँकेलगायतका जिल्लामा स्थानान्तरण गरिएको छ । नयाँ कारागार बनाउन जग्गा प्राप्त भइसकेको र अब भवन निर्माणको प्रक्रिया शुरु हुने कारागारका सूचना अधिकारी दाहालले बताए । भूकम्प जाँदा कर्तव्य ज्यानका ४१ बन्दी, २१ जना थुनुवा गरी ६२ जना रहेका थिए । ज्यान मार्ने उद्योगमा सात बन्दी र १२ थुनुवा गरी १९ जना, मानव बेचबिखनका आठ कैदी र नौ थुनुवा गरी १७ जना, डाँका र चोरी मुद्दाका १८ कैदी र सात थुनुवा गरी २५ जना, गौवधका १४ कैदी र पाँच थुनुवा गरी १९ जना थिए । त्यस्तै, जबरर्जस्ती करणीका १२ बन्दी र १० थुनुवा गरी २२ जना, रक्तचन्दन ओसारपसारमा संलग्न पाँच थुनुवा, हातहतियार तथा खरखजनामा संलग्न एक बन्दी र एक थुनुवा गरी दुईजना, सुन तस्करीमा संलग्न नौजना थुनुवा, खोटा चलनका दुईजना बन्दी र नौ जना थुनुवा रहेका थिए । भूकम्पको समयमा १२ जना विदेशी कैदीबन्दी रहेकोमा एकजना पक्राउ परेपनि अन्य सबै फरार रहेका छन् । कारागारमा नौजना चिनियाँ, दुईजना भारतीय र एकजना पाकिस्तानी नागरिक थिए । तीमध्ये विदेशी मुद्रा अपचलनमा संलग्न एक पाकिस्तानी नागरिक उल्लाह खानलाई प्रहरीले चौताराबाट भागेर धुलिखेल पुगेको अवस्थामा जाँचको क्रममा पक्राउ गरेको थियो । बाँकी सबै विदेशी बन्दी अझै सम्पर्कमा छैनन् । फरार रहेका चिनियाँ बन्दी अधिकांश सुन तस्करी, यार्सागुम्बा र जडीबुटी तस्करीमा संलग्न हुँदा पक्राउ परेका थिए । यस्तै, एक भारतीय नेपालको नक्कली नागरिकता लिएको आरोपमा कैद सजाय भोगिरहेका थिए । जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मोहन पोखरेलले फरार कैदी खोज्न प्रहरी अधिकृतकै नेतृत्वमा एउटा विशेष टोली गठन गरिएको जानकारी दिए ।  “फरार भएका ढिलोचाँडो पक्राउ पर्छन्, हामीले खोजबिनलाई तीव्रता दिएका छौं ।” उनले भने फरार विदेशी बन्दीको हकमा केन्द्रबाट समन्वय गरी कुटनीतिक माध्यमको प्रयोग गरेर भएपनि खोजी गरिने उहाँको भनाइ छ ।रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies