Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

रोल्पाका दलले उम्मेदवार टुंगो लगाए

 

\"\"रोल्पा । दशैँ सकिएलगत्तै रोल्पाका राजनीतिक दलहरु आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा लागेका छन् । प्रदेशसभाका लागि अन्तिम टुंगो लगाउन बाँकी रहेपनि प्रतिनिधिसभाका लागि भने नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) रोल्पाले उम्मेदवारको टुंगो लगाएको बताएका छन् ।

आइतबार र सोमबार तीन दलले रोल्पामा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी केन्द्रीय प्रतिनिधिसभामा आ–आफ्ना दलको तर्फबाट उम्मेदवारी टुंग्याएको जानकारी दिएका हुन् । प्रेस सेन्टर नेपाल, रोल्पाले आइतबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टीको तर्फबाट केन्द्रीय प्रतिनिधिसभाका लागि आफू उम्मेदवार हुने घोषणा गरेका छन ।

उता नेपाल प्रेस युनियन, रोल्पाले सोमबार अपराह्न आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सिँचाइ राज्यमन्त्री अमरसिं पुनले नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधिसभाको उम्मेदवारका लागि मंगलबारको बैठकबाट अन्तिम टुंगो लगाउने बताए । यसैगरी, सोमबारै नेकपा (एमाले) रोल्पाको पार्टी कार्यालयमा प्रेस चौतारी नेपाल, रोल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले संसदीय दलका सचेतक गोकुलप्रसाद घर्तीले आफ्नो पार्टीको तर्फबाट केन्द्रीय प्रतिनिधिसभामा आफू उम्मेदवार हुने घुमाउरो जवाफ दिएका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies