Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

उत्तर काेरियाली नेता किम जोङ उनका भाइकाे हत्याको न्यायिक सुनुवाई जारी

 

\"\"क्वालालम्पुर । उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनका सौतेला भाई किम जोङ नामको हत्याकाण्डका अभियुक्तहरुलाई मलेसियाले न्यायिक अनुसन्धानको दायरामा ल्याउने भएको छ ।

हत्याकाण्डको अनुसन्धान र हत्याराहरुको खोजी गर्ने क्रममा मलेसियाली प्रहरीले पक्राउ गरेका दुईजना महिला इन्डोनेसियाकी सिति आइस्याह र भियतनामकी दोन थि ह्वोङलाई सोमबार क्वालम्पुरस्थित मलेसियाली उच्च अदालतमा पेश गरिएको समाचार आएको छ । विमानस्थलमा जडित सीसीटीभी क्यामेराको सहयोगबाट उनीहरुको पहिचान गरिएको थियो । घटनालगत्तै बेपत्ता भएका यी दुई महिलालाई भूमिगत भएको लगभग आठ महिना पछि मलेसियाली प्रहरीेले पक्राउ गरी अदालत समक्ष पेश गर्न सफल भएको हो । क्वालालम्पुरका सहायक जिल्ला प्रहरी आयुक्त शाफेन मामतको अग्रसरता र प्रयासमा यिनीहरु पक्राउ परेका जनाइएको छ । यिनीहरुलाई पनि अरू सरह नाम हत्याकाण्डको अभियोगमा हदैसम्मको सजाय माग गरिएको छ । प्रहरीको सो मागलाई उच्च अदालतले मुनासिब ठह¥याएमा यी दुई महिलालाई मृत्युदण्डको सजाय हुनेछ । गत फेब्रुअरी १३ मा क्वालालम्पुरको ब्यस्त बिमानस्थलमा भीडभाडका बीच प्रतिबन्धित भिएक्स नर्भ एजेण्ट नामक प्राणघातक बिष प्रयोग गरी किम जोङ नामलाई २० मिनेट भित्रै हत्या गरिएको थियो । उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनले नै पाँच वर्ष लगाएर ठूलो षडयन्त्र रची सो हत्या गराएको भन्ने आशंका गरिँदै आएको थियो । यद्यपि, यी दुई अभियुक्तले भने बिमानस्थलको सीसीटीभी क्यामेरामा रेकर्ड भएका बखत बिमानको उडान समय कुर्दा कसैलाई हानी नोक्सानी नपु¥याउने सामान्य खेलखेली मनोरन्जन लिई रहेको र नाम हत्याकाण्डमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गरेका छन् । थप अनुसन्धान गरी पक्का गरेपछि मात्र कारबाही अघि बढाउनु पर्नेमा सो नगरी प्रहरीले अड्कलको भरमा जबर्जस्ती संगीन अभियोग लगाएको उनीहरुका कानून ब्यबसायीको जिकिर रहेको छ । नाम हत्याकाण्ड भएलगत्तै मलेसिया र उत्तर कोरीयाबीचको सम्बन्ध नाटकीय हिसाबले चिसिएको थियो । एक अर्काको मुलुकमा रहेका दुवै देशका नागरिकलाई देश छोड्न नपाउने प्रतिबन्ध लगाइनु, कूटनीतिक कर्मचारीलाई फिर्ता बोलाइनुका साथै यसैलाई लिई दुबै मुलुकमा अन्य थुप्रै प्रतिबन्धात्मक ब्यबस्थाहरु लागु गरिएका थिए । यसैबीच, मलेसियाले आफ्नो नागरिकलाई हिरासतमा लिई उच्च अदालतमा पेश गरेको र त्यहाँ के कस्तो सुनुवाई भइरहेको छ भन्ने सम्बन्धमा नजिकबाट नियालिरहेको इन्डोनेसियाले जनाएको छ । इन्डोनेसियाले मलेसियाली ऐन, कानूनको सम्मान गर्ने, उच्च अदालतले कुनै आदेश वा फैसला गरी नसकेकोे अवस्थामा अहिले नै केही टिप्पणी गरिहाल्ने बेला नभएको भनी मलेसियाका लागि इन्डोनेसियाली राजदूत रुस्दि किरानाले बताएका छन् । एपी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending