कञ्चनपुर । कञ्चनपुर कारागारका भौतिक संरचना जीर्ण अवस्थामा रहेका छन् ।
भौतिक संरचना मर्मत सम्भारको अभावमा जीर्ण भएका हुन् । कारागारको सुरक्षाका लागि बनाइएको उत्तर पूर्वतर्फको प्रहरी सेन्ट्री बस्नका लागि बनाइएको बुर्जा जीर्ण हुँदा जुनसुकै बेला पनि भत्कने अवस्थामा रहेको कारागार कार्यालयका प्रमुख श्यामराज भट्टले बताए । सडकमा गाडी गुड्दा बुर्जा हल्लिने गरेकाले मानवीय क्षति निम्त्याउने खतरा बढेको छ साथै प्रहरीले डरैडरले बुर्जामा सेन्ट्री बस्ने गरेका छन् उनले भने भूकम्प आएका बेला बुर्जामा क्षति पुगेको थियो । हालसम्म आर्थिक अभावले कारागार प्रशासनले बुर्जा मर्मत गर्न सकेको छैन । कैदीबन्दी बस्नका लागि बनाइएका भवनको छतबाटसमेत वर्षात्का बेला पानी चुहिने गरेको छ । विसं २०३२ मा बनेका भवन मर्मत नहुँदा जीर्ण बन्दै गएको कारागार प्रमुख भट्टले बताए । वर्षात्का बेला भवन चुहिँदा चुहिएको पानीमै कैदीबन्दीले बस्नुपरेको छ । भवन र पर्खालका इँटा समेत पुराना हुँदा खिइएर झर्न थालेको कारागार प्रमुख भट्टले बताए । “कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने अवस्था भएकाले नयाँ भवन निर्माणको आवश्यकता छ” उनले भने । कैदीबन्दीको संख्या क्षमताभन्दा बढी भएपछि ग्यालरी, टिनको टनेलमा कारागार प्रशासनले बस्ने, सुत्ने व्यवस्था गरेको छ । कारागारमा २३३ पुरुष र २१ महिला गरी २५४ जना कैदीबन्दी राखिएका छन् ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: