आश्विन ३१ गते, २०७४ मगलवार 17th October, 2017 Tue१३:३२:३० मा प्रकाशित
चितवन । जिल्लामा आवश्यक भन्दा एक तिहाई मात्र प्रहरी कार्यरत रहेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा दुईहजार एकसय प्रहरी आवश्यक भएपनि ७ सय ११ जना मात्रै प्रहरी जनशक्ति रहेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले महानगरमा एकजना प्रहरीले ३०० जना, नगरपालिकामा एक प्रहरीले ३ सय ५० जना र गाउँपालिकामा एक प्रहरीले ४ सय देखि ५सय जनालाई सुरक्षा गर्नुपर्ने भएपनि यहाँ एकजना प्रहरीले ८ सय ५४ जनाको सुरक्षा दिनुपरेको बताए ।
जिल्लामा दुईहजार १सय जना प्रहरी आवश्यक पर्ने बताउँदै थापाले यस्तो हुँदा एकजना प्रहरीले ३ सय ५० जनालाई सुरक्षा दिनसक्ने बताए । जिल्लामा २०६८ को जनगणना अनुसार ५ लाख ६९ हजार ९सय ४ जनसंख्या रहेको छ ।
हालसम्म यो संख्या ६ लाख नाघेको अनुमान गरिएको छ । थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने भएपछि प्रहरीलाई पेशागत मर्यादा कायम गरी काममा तदारुकता दिन लागिपरेको थापाले बताए । उनले प्रहरीको कामलाई थप जिम्मेवार बनाउन साउन १ गतेदेखि हालसम्म विभिन्न दर्जाका ४३ जनालाई कारबाही र ३३ जनालाई सम्मान गरिएको बताए ।
थापाकाअनुसार प्रहरीको आन्तरिक शुद्धिकरण अभियान चालिएकाले पेशागत मर्यादा बाहिर गएर काम गर्ने जोकोहीलाई कारबाही गरिएको छ । कारबाहीमा पर्नेमा प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म रहेका छन् । तीमध्ये पाँच जनालाई जागिरबाटै बर्खास्त गरिएको थापाले जानकारी दिए ।
हटाइएका सबै प्रहरी जवान र हबल्दार रहेका छन् । कारबाहीमा पर्नेमा कामको सिलसिलामा आर्थिक चलखेल गर्ने, काममा लापर्बाही गर्ने, काम छोडेर भाग्ने, कुनै घटना हुँदा तदारुकता नदेखाउने, बिदा गएर समयमा नफर्किने लगायतका रहेको उनले बताए ।
उनीहरुमध्ये अन्यलाई सचेत गराउने, नसिहत दिने, ग्रेड घटुवा गर्ने जस्ता कारबाही गरिएको छ । यसै अवधिमा परेको प्रहरी दिवसमा जिल्लाका ३३ जना प्रहरीलाई सम्मानित पनि गरिएको छ । सम्मानित हुनेमा प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्म रहेका छन् ।
अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने, ट्राफिक व्यवस्थापनमा राम्रो काम गर्ने, विशेष टोलीमा खटिएर उपलब्धिपूर्ण काम गर्ने, निर्वाचनको क्रममा उत्कृष्ट काम गरेका, महत्वपूर्ण व्यक्तिको सुरक्षामा खटिएर राम्रो काम गरेका, महिला तथा बालबालिकाको क्षेत्रमा राम्रो काम गरेका र प्रहरीको सवारी चालक समेत रहेका छन् ।
आन्तरिक शुद्धिकरण अभियानमा जुटेकाले कामलाई चुस्त दुरुस्त गराउने क्रममा कर्तव्यको बोध नभएका प्रहरीलाई कारबाही गर्नुपरेको थापाले बताए । आवश्यक जनशक्ति भन्दा दुई गुणा कम जनशक्तिको भरमा जिल्लाको सुरक्षा प्रबन्ध मिलाउनुपर्ने भएकाले प्रहरी जनशक्तिलाई अनुशासित बनाएर राख्न पनि कारबाही प्रक्रिया कडाइका साथ गर्नुपरेको थापाको भनाइ छ ।
थोरै जनशक्तिले पनि जिल्लाको सुरक्षामा कुनै कमी हुन नदिएको उनले बताए । विशेष परिस्थितिमा जिल्ला बाहिरबाट पनि प्रहरी झिकाएर सुरक्षा मजबुती कायम गरिएको थापाले बताए । रासस
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: