थ्रेसहोल्ड किन ? कुनै पनि शक्तिले नेमकिपालाई रोक्न सक्दैन : नारायणमान विजुक्छे रोहित
कार्तिक १ गते, २०७४ बुधवार 18th October, 2017 Wed१०:५७:४३ मा प्रकाशित
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले जनताबीच शासक दलका गलत काम उदाङ्ग्याउन नेमकिपालाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन ।
भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उनले दलमाथि लगाईएको प्रतिवन्धीत अवस्थामा पञ्चायतले समेत केही गर्न नसकेको भन्दै उनले देशका दुर्गम र पीछडिएका जिल्लामा गएर जनताको सेवा गरेको वताए । नेमकिपा सच्चा कम्यूनिष्ट पार्टी र जनताको पार्टी भएकाले अहिले ठूला दलले भारतीय इसारामा गरिएको बन्दोबस्तले नेमकिपालाई जनता बीच जान कसैले रोक्न नसक्ने प्रष्ट पारे।
जनता सचेत र संगठित हुने वेला भएकोले थ्रेसहोल्ड लगाएर नेमकिपालाई सिध्याउन खोज्ने दलहरुनै सिध्धीने रोहितले बताए ।
जनता राजनैतिक रुपले सचेत नहुदा शासक दलहरुले देश बेच्न पनि पछि नपर्ने बताउँदै देश जोगाउन देशभरका जनताले नेमकिपाको पक्षमा मतदान गर्ने विचार व्यक्त गरे ।
नेपाली जनताको शत्रु भारतीय बिस्तारवाद र एकाधिकार पूँजी भएको औल्याउदे अध्यक्ष रोहितले नेपालका शासक दलहरुनैभारतीय दलाल भएको जिकिर गरे ।सरकारमा जाने अनि आफुनिकट विधेक सदनमा पास गराउने तर जनताका छोराछोरीलाई राम्रो र गुणस्तरीय शिक्षा दिन ख्वप विश्वविद्यालयको विधेयक सदनमा पेश नभएको प्रति दुःख व्यक्त गरे । शासक दललाई घुस खुवाएर विश्वविद्यालय स्थापना गर्ने पक्षमा आफू नरहेको बताए ।
अव जनताले नेपालका शासक दल, साम्राज्यवाद र विस्तारवादका विरुद्ध विश्वविद्यालयको स्थापना गरिछाड्ने विचार व्यक्त गरे ।
त्यस्तै नेता प्रेम सुवालले भारतीय विस्तारवादको चाहनाअनुसार संविधान संशोधन गर्न दुई–तिहाई पु¥याउन कथित वाम तथा प्रजातान्त्रिक गठबन्धन बनेको चर्चा गर्दै राष्ट्रिय कलकारखाना र उद्योगहरु सञ्चालनमा नहुँदा ७० लाख भन्दा बढी नेपाली युवाहरु विदेशीको सस्तो ज्यामी बन्न बाध्य भएको बताए ।
कांग्रस एमालेलगाएतले आचारसंहिता उल्लंघन गर्दा निर्वाचन आयोगका पदाधिकारीहरु निरीह बनेको बताए।
उनले सबै जनतालाई शिक्षा निःशुल्क र व्यक्तित्व विकासमा समान अवसर प्रदान भए मात्र समानुपातिक निर्वाचन प्रणालीबाट लक्षित समुदाय लाभान्वित हुने बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमा विदेशी पूँजी हावी बन्दै जाँदा देशको सार्वभौमिकतामा समेत खतरामा जाने यर्थाथलाई ध्यानमा राखी नवउदारवादविरोधी आन्दोलनलाई अझ अघि बढाउन जरुरी भएको बताए । उनले भने स्थानीय तहको निर्वाचन भएको महिनौं वितिसक्दा पनि सरकारले प्रष्ट कानुन अझै दिन नसक्नु बिडम्बना भएको बताए ।
त्यस्तै केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले व्यवस्थापिका–संसदमा नेमकिपाले वैचारिक सङ्घर्षमा सफलता प्राप्त गरेको बताउँदै नेमकिपाका सभासद्हरुको भूमिकालाई सदनको प्राण भन्ने गरिएको चर्चा गरे। उनले सदनका विभिन्न समितिहरुमा नेमकिपाले नेपालका प्राकृतिक स्रोतहरुमाथि भारतीय एकाधिकार पूँजीको हालीमुहालीविरुद्ध लगातार सङ्घर्ष गरेको बताए।
कार्यक्रममा जनगाएक विनोद विकले गीतमार्फत व्यङ्गय गर्दै भने
हिमाल आउन, पहाड आउन, तराईसंगै आउन
काचो धागो थ्रेसहोल्डको लौ अब चुडाउन ।
साम्राज्य र विस्तारवादी देश वेच्न खोज्दैछन
देशभक्तलाई पाखा लाउन उपाय रच्दैछन ।
राणातन्त्र पञ्चतन्त्र कसैले गलेन
सयौं शक्ति पछिलागे विचारले ढलेन ।
आउ उठौ नेपाली हो यो धागो चुडाउन
कम्मर कसौ समाजवादको सुन्दर रेल गुडाउन ।
यो गीतले दर्शकलाई एकाग्रतामा हराएको थियो भने बीच–बीचमा आस्था साँस्कृतिक परिवारले मनोरन्जन प्रदान गरेको थियो ।कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्यहरु सुनिल प्रजापति, डिल्लीप्रसाद काफ्ले, कृष्णकुमार वैद्य, नारायण महर्जन, अनुराधा थापामगरलगायतले भारतको इसारामा बाम तथा लोकतान्त्रिक गठबन्धन भएको आरोप लगाएका थिए ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: