Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

चुनावी तालमेलका विषयमा बिजुक्छे र निधिबीच छलफल

\"\"भक्तपुर । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी(नेमकिपा)बीच तालमेल गर्न छलफल भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे निवासमा आज बिजुक्छे र नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिबीच भएको छलफलमा दुई पार्टीबीच चुनावी तालमेल गर्नेबारे करिब एक घण्टा छलफल भएको हो । छलफलका क्रममा अध्यक्ष बिजुक्छेलाई नेता निधिले आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनसँग मिलेर चुनावी तालमेल गर्न आग्रह गरेको बताइएको छ । भेटवार्तापछि प्रतिक्रिया दिँदै अध्यक्ष बिजुक्छेले आफ्नो कुरा निधिसँग राखेको बताउँदै भने, “हामीले आफ्नो कुरा राखेका छौं, उहाँले पार्टी सभापतिसँग कुरा गरेपछि त्यहीअनुसार अगाडि बढ्छौँ ।” बिजुक्छेले एमालेलाई भाइ कांग्रेसको संज्ञा दिँदै एमाले वाम पार्टी नभएको र कांग्रेस पनि सच्चा कांग्रेस नभएको भन्दै दुवै गठबन्धनसँग चुनावी तालमेल नहुने प्रस्ट्याए । “वाम गठबन्धन न वामपन्थी हो, न त कांग्रेस नै सच्चा कांग्रेस हो, त्यसैले दुवै गठबन्धनसँग नेमकिपा चुनावी तालमेल गर्दैन”, बिजुक्छेले भने, “माओवादी सरकारमा पनि छ, प्रतिपक्षसँग गठबन्धन पनि गर्दैछ, एमालेले सदनमा कहिल्यै वामपन्थीको भूमिका निर्वाह गरेन ।” वर्ग र सिद्धान्त नमिल्ने गठबन्धनसँग तालमेल नगरी नेमकिपा एक्लै चुनाव लड्ने बताउँदै उनले राम्रो उम्मेदवार दिन र पैसा नबाँड्न निधिलाई सुझाव दिएको बताए । आगामी निर्वाचनमा गुण्डागर्दी र पैसा बाँडेर भोट किन्ने प्रचलनलाई रोकेर पार्टीहरुबीच घोषणा पत्रको लडाइँ हुनुपर्ने बिजुक्छेको भनाइ थियो । भेटपछि प्रतिक्रिया दिँदै कांग्रेस नेता निधिले नेमकिपासँग निर्वाचनका बारेमा रहेको धारणा बुझ्न र छलफल गर्न आएको बताए । चुनावी सहकार्यका बारेमा छलफल भएको प्रतिक्रिया दिँदै उनले तालमेलभन्दा पनि आ–आफ्नो ठाउँबाट स्वच्छ रुपमा चुनावमा भाग लिने बारेमा कुराकानी भएको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending