Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

सि जिनपिङ माओपछिकै ‘शक्तिशाली नेता’

\"\"एजेन्सी । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सि जिनपिङलाई पार्टीको विधानमा माओ सरहको स्थान दिएको छ । पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सिको राजनीतिक विचारलाई \'नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सि जिनपिङको विचार\' भन्ने नारा समाविष्ट गरेको छ । चीनमा हालसम्म त्यस्तो सम्मान कम्युनिष्ट पार्टीका संस्थापक नेता माओलाई र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल्याएका देङ सिआओपिङलाई मात्रै दिइएको छ । बीबीसीकी चीन सम्पादक क्यारी ग्रेसी भन्छिन्, \"कम्युनिष्ट चीनमा यो तेस्रो चरणको विकासले पार्टीको महत्त्वाकांक्षालाई देशभित्रै र विदेशमा सशक्त रुपमा लागू गराउने संकेत गरेको छ।\" पार्टीको विधानमा गरिएको अन्य संशोधनले राष्ट्रपति सिलाई थप शक्तिशाली बनाएको छ भने उनका प्रतिद्वन्द्वीलाई कमजोर तुल्याएको छ  । सन् २०१२ मा नेता भएपछि सिले क्रमिक रुपमा सत्तामाथि आफनो नियन्त्रण बढाउँदै लगेका छन् पछिल्लो संशोधनको अर्थ राष्ट्रपति सिलाई दिइने कुनै पनि चुनौतीलाई कम्युनिष्ट पार्टीको शासनका निम्ति खतराको रुपमा लिइनेछ । गत हप्ता राष्ट्रपति सिको तीन घण्टा लामो भाषणबाट कम्युनिष्ट पार्टीको महाधिवेशन शुरु भएको थियो । त्यसबेला उनले पार्टीमा आफ्नो हैसियत थप मजबुत बनाउँदै आफ्नो छुट्टै राजनीतिक सिद्धान्त प्रस्तुत गरेका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनलाई चीनमा सबैभन्दा ठूलो राजनीतिक घटना मानिन्छ । बीबीसीकी चीन सम्पादकका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नारा उच्चारण गर्न खासै सहज हुनेछैन । तर चिनियाँ कम्युनिष्ट पार्टीका ९ करोड सदस्यका साथै विद्यालय एवं कलेजका विद्यार्थी तथा सरकारी कारखानाका कर्मचारीले पनि अब \'नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सि जिनपिङको विचारधारा\' पढ्नेछन् । \'नयाँ युग\' ले आधुनिक चीनको तेस्रो चरणलाई इंगित गर्दछ । पहिलो चरणमा संस्थापक अध्यक्ष माओले गृहयुद्धले क्षतविक्षत भएको देशलाई एकढिक्का बनाए भने दोस्रो चरणमा देङ सिआओपिङले चीनलाई समृद्ध बनाए । यो नयाँ युगमा सिले देशलाई थप एकढिक्का र समृद्ध बनाउनुका साथै देशभित्र अनुशासित बनाएका छन् भने देशबाहिर सशक्त रुपमा प्रस्तुत गरेका छन् । एक हप्ता लामो महाधिवेशनबाट दुई हजारभन्दा बढी प्रतिनिधिले प्रान्तीय प्रमुख, गभर्नर र सरकारी स्वामित्वका उद्योगहरुका प्रमुख चयन गरेका छन् ।  बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy