Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

अोली र प्रचण्डले प्रेस सेन्टर र चौतारीको संयुक्त भेलालार्इ सम्बोधन गर्ने

\"\"काठमाडौं । एमाले र माओवादी पार्टीबीच चुनाबी तालमेल र पार्टी एकताका लागि गृहकार्य भइरहेको वेला ती दुई दलका निकटका पत्रकारहरुको संगठन प्रेस चौतारी र प्रेस सेन्टर नेपालले सोमबार संयुक्त बैठक गरेका छन । चौतारी र सेन्टरको संयुक्त बैठकले दुई पार्टी बीच चुनाव तालमेल र त्यस लगत्तै पार्टी एकता गर्ने निणर्यको स्वागत गर्दै आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सफल बनाउन केन्द्रित हुने निर्णय गरेका छन् । पत्रकारका दुई संगठनको संयुक्त बैठकले प्रदेश र जिल्ला तहसम्म संयुक्त चुनाव प्रचारप्रसार समिति निर्माण गर्ने निर्णय गरेको छ । संयुक्त बैठकले वाम गठबन्धनका उम्मेदवार विजयी बनाउन संयुक्त समिति निर्माण गर्ने निर्णय गरेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा संयुक्त भेला गर्ने निर्णय गरेको प्रेस सेन्टरका महासचिव विष्णु सापकोटाले जानकारी दिए । बैठकले निर्वाचन प्रचारप्रसार र एकीकरणको विषयमा आवश्यक गृहकार्य गर्न ११ सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयमा चौतारीबाट अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राई, उपमहासचिव रामकुमार एलन, सचिव देविका घर्तीमगर र कोषाध्यक्ष इन्द्र आचार्य रहेका छन् । यस्तै, प्रेस सेन्टरबाट अध्यक्ष महेश्वर दाहाल, उपाध्यक्ष ओम शर्मा, महासचिव विष्णु सापकोटा, सचिव मनोज घर्तीमगर र कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी छन् । बैठकले प्रदेश र जिल्ला तहसम्म दुवै संगठनको संयुक्त संयन्त्र बनाई काम गर्न र उम्मेदवारको प्रचारप्रसारमा दुवै संगठनका सदस्य सम्मिलित टोली बनाई एकमना एकताका साथ काम गर्न मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending