कार्तिक १३ गते, २०७४ सोमवार 30th October, 2017 Mon१९:१४:५३ मा प्रकाशित
इलाम ।वाम गठवन्धन, इलामले आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ ।
वाम गठबन्धन निर्वाचन परिचालन समितिमा नेकपा (एमाले)का तर्फबाट रामबहादुर राना, भक्त केसी, महेश बस्नेत, गणेश बराल, नवराज शंकर, चित्रकला बराइली तथा नेकपा (माओवादी केन्द्र)का तर्फबाट कान्छा लावती, सिन्धु राई, राज राई, तेजबहादु राई र अनिल बराइली रहेका छन् ।
समितिले कात्तिक १३ गतेदेखि निर्वाचन लक्षित कार्यक्रमहरू तय गरेको छ । गठबन्धनले आगामी कात्तिक १३ गते क्षेत्र नं १ को फिक्कल तथा क्षेत्र नं २ को मङ्गलबारेमा निर्वाचन क्षेत्रस्तरीय भेला आयोजना गरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन परिचालन कमिटीहरू गठन गर्ने जनाएको छ ।
कात्तिक १५ गते मोर्चा, संगठनको संयुक्त बैठक बसाइसक्न जनसंगठनलाई निर्देशन दिइएको छ । सोही दिन नै जिल्ला समन्वय समितिको सभाकक्षमा वाम गठबन्धनका तर्फबाट इलाम जिल्लाका उम्मेदवारको संयुक्त पत्रकार सम्मेलन गरिने बताइएको छ ।
कात्तिक १६ गते विशाल जनसमुदायको उपस्थितिमा वाम गठबन्धनका सम्पूर्ण उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ । त्यसैगरी, सोही दिन अपराह्न २ बजे सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा केन्द्रीय नेताले सम्बोधन गरी संयुक्त जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिने भएको छ ।
कात्तिक १७ गते जिल्लास्तरीय कार्यदलको समीक्षा बैठक बस्नेछ । कात्तिक १८ गते देउमाई नगरपालिका, सन्दकपुर, रोङ र चुलाचुली गाउँपालिका, कात्तिक १९ गते इलाम, माई नगरपालिका, माईजोगमाई र माङसेवुङ गाउँपालिका तथा कात्तिक २० गते सूर्योदय नगरपालिका र फाकफोकथुम गाउँपालिकामा संयुक्त कार्यकर्ता भेला गरिने परिचालन समितिका सदस्य महेश बस्नेतले बताए ।
निर्वाचनको तयारी शुरु
यसैबीच, दोस्रो चरणअन्तर्गत आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, इलामले तयारी शुरु गरेको छ ।
निर्वाचन आयोगबाट प्राप्त निर्देशनका आधारमा जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारी युद्धस्तरमा शुरु गरेको हो । अभिमुखीकरण, निर्वाचन शिक्षा कार्यकर्ता छनोट र जनशक्ति विवरण संकलनको काम धमाधम भइरहेको कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयले मतदानस्थल र मतदान केन्द्र निर्धारण सम्पन्न गरी जिल्लाका १० वटै स्थानीय तहका कार्यकारी अधिकृतलाई निर्वाचन शिक्षासम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । जिल्लामा १४४ मतदानस्थल र २६६ मतदान केन्द्र कायम भएका छन् ।
त्यस्तै, कार्यालयले निर्वाचन शिक्षा कार्यकर्ताको छनोट शुरु गरेको छ । मतदान प्रक्रियाका बारेमा प्रत्येक मतदातालाई शिक्षित बनाउन निर्वाचन शिक्षा कार्यकर्ताका रुपमा सामाजिक परिचालक र बाल शिक्षाका सहयोगी कार्यकर्तालाई परिचालन गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णकुमार लिम्बूले जानकारी दिए । प्रत्येक मतदान केन्द्रमा एकजना निर्वाचन शिक्षा कार्यकर्ता पर्ने गरी २६६ निर्वाचन शिक्षा कार्यकर्तालाई परिचालन गर्न लागिएको छ ।
लिम्बूका अनुसार यसअघि स्थानीय तहको निर्वाचनमा निर्वाचन शिक्षाका रुपमा काम गरेका २४४ लाई यथावत् खटाइनेछ । बाँकी २२ जना नयाँ थप गरिनेछ । त्यसका लागि स्थानीय तहसँग नाम माग गरिएको उनले जानकारी दिए । नामावली प्राप्त भएपछि एकदिने निर्वाचन शिक्षासम्बन्धी तालीम दिएर २१ कात्तिकदेखि एक महिनाका लागि खटाइने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: