Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

बैतडीमा रित्तियो राप्रपा, सैयाैं वाम गठबन्धनमा प्रवेश

\"\"बैतडी । राप्रपाका केन्द्रीय सदस्य एवम् ७ नं. प्रदेश सहसंयोजक पुष्करराज जोशी ‘लख्खाभाई’ वाम गठनबन्धनमा प्रवेश गरेका छन् । बुधबार बैतडीको खोड्पेमा आयोजना गरीएको चुनावी सभामा एमालेका उपाध्यक्ष भीम रावल, माओवादी केन्द्रका जिल्ला ईन्चार्ज नरेन्द्र कुँवर (बिजयसुन्दर) लगायतका नेताहरुले टिका लगाएर लख्खाभाईलार्इ गठबन्धनमा स्वागत गरेका थिए । एक दर्जन संस्थापक नेताहरुले राप्रपा परित्याग गरेको एक हप्ता नवित्दै राप्रपाका प्रभावशाली युवा नेता लख्खाभाईले पनि पार्टी परित्याग गरेका हुन । लख्खाभाईसँगै जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारी वाम गठबन्धनमा प्रवेश गरेका हुन । राप्रपा परित्याग गरि एकसय भन्दा बढी नेता कार्यकर्ताहरु बाम गठबन्धनमा प्रबेश गरेको माओवादी केन्द्रका जिल्ला संयोजक एवम् प्रदेश क्षेत्र नम्बर १ का उम्मेदवार प्रेमप्रकाश भट्ट आदित्यले बताए । राप्रपाको जिल्ला कार्यसमितिमा अध्यक्षमात्रै बाँकी राप्रपा बैतडीका जिल्ला उपाध्यक्ष प्रेमसिह धामीले अघिल्लो हप्ता पार्टी परित्याग गरेको घोषणा गरेका थिए । तर उनले कुनै पार्टी पनि प्रवेश गरेका छैनन् । जिल्ला कार्यसमितिका सचिव प्रजापति जोशी, सहसचिव सुरेन्द्र भाट, कोषाध्यक्ष महेश भण्डारी लगायत जिल्ला समिति सदस्यहरुले आज लख्खाभाईसँगै बाम गठबन्धन प्रवेश गरेका छन् । यस्तै राष्टिय प्रजातान्त्रिक युवा संघका केन्द्रिय सदस्य तथा सात नम्बर प्रदेशका संयोजक दिपेश शाह, बैतडी क्षेत्र नम्बर २ का क्षेत्रिय सचिव देवदत्त अवस्थी, पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का निर्वाचित वडा अध्यक्ष रामसिह भण्डारी, वडा सदस्य गोविन्द भण्डारी, किसनसिह भण्डारी, विद्यार्थी कमिटीका जिल्ला अध्यक्ष लक्ष्मी बोहरा, क्रिक्रट संघ बैतडीका उपाध्यक्ष लोकराज जोशी पनि लख्खाभाईसँगै वाम गठबन्धनमा प्रवेश गरेका छन् । यस्तै नेपाली काग्रेसबाट पनि क्षेत्र नम्बर २ का सहसचिव एबम् महिला संघ बैतडीका जिल्ला उपाध्यक्ष विष्ना जोशी लगायत कार्यकर्ताहरु बाम गठबन्धनमा प्रवेश गरेको एमाले जिल्ला सचिव तथा प्रदेश क्षेत्र नम्बर २ का उम्मेदवार लिलाधर भट्टले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending