Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

मनोनयन दर्ताअघि प्रचण्डले चितवनको चुनावी सभालार्इ सम्वोधन गर्ने

\"\"चितवन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चितवनमा संयुक्त वाम गठबन्धनले चुनावी अभियानलाई तीव्र पारेका छन । माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारीको घोषणा गरेपछि हट बनेको चितवनमा भोली पहिलो चुनाबी सभा हुँदैछ । सभालाई प्रचण्डलगायतका नेताले सम्बोधन गर्ने बताइएको छ । गठबन्धनले बुधबार भरतपुरमा संयुक्त पत्रकार सम्मेलन गरी बिहीबार उम्मेदवार मनोनयन दर्ता गर्न संयुक्तरुपमा ¥याली निकाल्ने र चुनावी सभा गर्ने कार्यक्रम तय भएको जानकारी गराएको छ । बिहान ११ बजे रिजालचोकबाट संयुक्त ¥याली निकालेर भरतपुरको गेष्टहाउस चौरमा चुनावी सभा गर्ने कार्यक्रम रहेको छ । चुनावी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल लगायतका नेताले सम्बोधन गर्ने बताइएको छ । नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल र नेकपा माओवादी केन्द्र चितवनका इन्चार्ज इश्वरी भट्टराईद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा आगामी निर्वाचनमा दुबै पार्टीका उम्मेदवारलाई संयुक्त वाम उम्मेदवारका रुपमा विजयी बनाउने निर्णय भएको उल्लेख छ । चितवनका नेतृत्व तहको संयुक्त बैठकले माओवादी केन्द्रका वरिष्ठ नेता अमिक शेरचनको संयोजकत्वमा दुई सय ५० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । चितवनका नेतृत्व तहको संयुक्त बैठकले ३५ सदस्यीय सचिवालय समिति गठन गर्ने, तीन दिनभित्र क्षेत्र, प्रदेश र वडास्तरमा संयुक्त निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ । क्षेत्र र प्रदेशको संयोजक जुन पार्टीको उम्मेदवार रहन्छन् सोही पार्टीको नेता रहने र उपसंयोजक अर्को पार्टीको नेता रहने विज्ञप्तिमा उल्लेख छ । बैठकले पार्टीबीच एकता गर्ने उद्देश्यले कृष्णप्रसाद खनाल र इश्वरी भट्टराईको संयोजकत्वमा सात सदस्यीय संयोजन समिति गठन गरेको छ । समितिको सदस्यमा कृष्णभक्त पोखरेल, तेजेन्द्रबहादुर खड्का, पार्वती रावल, ज्ञानु बस्नेत र घनश्याम दाहाल रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन परिचालन समितिका संयोजक अमिक शेरचनले बिहीबार मनोनयनपूर्व हुने चुनावी सभामा गठबन्धनका सबै उम्मेदवार उपस्थित हुने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy