Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

राजनीतिक स्थायित्वका लागि वाम एकता भएको हो : रावल

\"\"अछाम । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले मुलुकमा राजनीतिक स्थायित्वका लागि वाम एकता भएको बताएका छन् । अछामको मेल्लेख गाउँपालिका–८ मा आज वाम गठबन्धनको चुनावी सभामा उनले भने “चुनाव जित्नका लागि मात्र नभई देशमा राजनितिक स्थायित्वका लागि वाम एकता भएको हो ।” अछाम क्षेत्र नंं १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका रावलले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनपछि एमाले र माओवादी केन्द्र दुवै पार्टी एकीकरण हुने दाबी गरे । आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर ५ वर्ष सरकार सञ्चालन गर्ने बताउँदै उनले भने“ वाम गठबन्धनको सरकारले राष्ट्रिय एकतालाई बलियो पार्दै मुलुकमा आर्थिक समृद्धि गर्ने काम गर्छ ।” एमालेबाट प्रदेश सभा सदस्य समानुपातिकतर्फका उम्मेदवार कृष्णप्रसाद जैसीले जिल्लाका ग्रामीणस्तरको विकासका लागि वाम गठबन्धन सधैँ अघि रहेको बताए । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तारामान स्वाँरले वाम गठबन्धन भएपछि जनतामा आशाको किरण पलाएको हुँदा वाम गठबन्धनको जित सुनिश्चित रहेको धारणा व्यक्त गरे । माओवादी केन्द्रका अर्का पोलिटब्यूरो सदस्य दीपक साउदले वाम गठबन्धनका उम्मेदवार विजय गराउन सबैमा आग्रह गरे । नेकपा (एमाले) वडा कमिटी अध्यक्ष कालु सिंह साउदको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE