Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

एकीकृत चुनावी अभियानमा वाम गठबन्धन

\"\"काठमाडौं । वाम गठबन्धनले काठमाडौँ र ललितपुरका १३ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार शुरु गरेको छ । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा गठबन्धनले एकीकृतरुपमा प्रचारप्रसार शुरु गरेको हो । गठबन्धनले आज काठमाडौँको चाबहिलमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुरानो पार्टी प्रजापरिषद्लाई आफ्नो पार्टीमा भित्र्याए । नेपालको प्रजातान्त्रिक आन्दोलनको महत्वपूर्ण पार्टी प्रजापरिषद्लाई एमालेमा भित्र्याएपछि अध्यक्ष ओली निर्वाचन क्षेत्र नं ४ ले आयोजना गरेको निर्वाचन अभियानमा सहभागी भए । सो अवसरमा अध्यक्ष ओलीले गफ गर्ने दिन सकिएको र काम गर्ने दिन शुरु भएको भन्दै वाम गठबन्धनका साझा उम्मेदवार राजन भट्टराईलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार एवं एमाले महासचिव ईश्वर पोखरेल आज आन्तरिक तयारी एवं घरदैलो अभियानलाई अगाडि बढाए । यस्तै निर्वाचन क्षेत्र नं ६ को आज गोँगबुमा निर्वाचन परिचालन समितिको भेला आयोजना ग¥यो । सो क्षेत्रका गठबन्धनका उम्मेदवार झक्कु सुवेदीले समाजवादको आधार तयार पार्ने लक्ष्यका साथ निर्वाचनको महाअभियानमा सहभागी भएको बताए । वाम गठबन्धनकातर्फबाट सो निर्वाचन क्षेत्रका निर्वाचन परिचालन समितिका संयोजक हिमाल शर्माले गठबन्धनमा सहभागी दुवै दलले एकीकृतरुपमा निर्वाचन परिचालन समिति गठन भएको जानकारी दिँदै शुक्रबारदेखि घरदैलो अभियान शुरु हुने जानकारी दिए । आर्थिक समृद्धि र विकासका लागि वाम गठबन्धनको जीत जरुरी रहेको उनको कथन थियो । प्रदेशसभाका उम्मेदवार केशव स्थापितले इतिहासको मागबमोजिम नै वामपन्थी शक्ति एकै स्थानमा आएर निर्वाचनमा सहभागी भएको बताए । यस्तै निर्वाचन क्षेत्र नं १० का उम्मेदवार हितमान शाक्यले आज कीर्पिुरमा निर्वाचन परिचालन समितिको बैठक एवं भेला आयोजना गरे । नेकपा(माओवादी केन्द्र)का काठमाडौँ जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनलाई विजयी गराउन एकीकृत र विकेन्द्रित अभियान शुरु भएको जानकारी दिए । उता काठमाडौँ क्षेत्र नं २ मा पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता लीलामणि पोखरेलको उपस्थितिमा कोटेश्वरमा सम्पर्क कार्यालय उद्घाटन गरे । सो क्षेत्रका उम्मेदवारसमेत रहेका नेता नेपालले वामपन्थी शक्तिको एकता र सहकार्यबाट कोही पनि आत्तिनु जरुरी नभएको बताए । माओवादी केन्द्रका नेता पोखरेलले वामपन्थी सहकार्य र एकताबाट कोही पनि आत्तिन जरुरी नभएको बताए । काठमाडौँ निर्वाचन क्षेत्र नं १ का गठबन्धनका उम्मेदवार अनिल शर्माले पनि आज बानेश्वर, हनुमानस्थल लगायतका क्षेत्रमा घरदैलो, कोणसभा गर्दै आफू र आफ्नो गठबन्धनलाई विजयी गराउन मतदातालाई आग्रह गरे । उता ललितपुर क्षेत्र नं ३ का उम्मेदवार एवं माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पनि आजदेखि ललितपुरमा घरदैलो अभियान शुरु गरिन् । गठबन्धनले आज ललितपुरको वडा नं १ हनुमानस्थान, कुपण्डोलबाट आफ्नो पहिलो घरदैलो कार्यक्रम शुरु गरेको हो । घरदैलो कार्यक्रममा ललितपुर क्षेत्र नं ३ माओवादी केन्द्रकातर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसाल र एमालेकातर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार जीवन खड्का स्थानीय मतदाताका घरदैलोमा पुगेर स्थानीयवासीसँग मत मागेका थिए । उता ललितपुर क्षेत्र नं १ का उम्मेदवार नवराज सिलवाल पनि घरदैलो कार्यक्रममा सहभागी भए । घरदैलो कार्यक्रममा सहभागी गठबन्धनका उम्मेदवारलाई मतदाताले स्थिर सरकार, सुशासन, संविधान कार्यान्वयन, महँगी नियन्त्रण तथा जनजीवन सहज बनाउने कार्यमा लाग्न आग्रह गरेका थिए । घरदैलो कार्यक्रममा मतदाताले राखेको जिज्ञासाबारे जानकारी दिँदै क्षेत्र नं १ का उम्मेदवार शर्माले विद्युत्भार कटौतीको अन्त्य जस्तै जनताको दैनिक जीवनसँग जोडिएको विषयलाई केन्द्रित गर्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy