काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठानमा ‘केमोथेरेपी’ सेवा शुरु हुने भएको छ ।
आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा बिरामीलाई असुविधा भएपछि अस्पतालले सो सेवा शुरु गर्न लागेको हो । अस्पतालका क्यान्सर विभागका प्रमुख एंव आँखा क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णिकार स्थापितले केमोका लागि बाहिर बिरामी पठाउँदा उनी फर्केर नआउने, उपचार बीचमै छाड्ने र फ्लोअप जाँचमा नआउने क्रम बढ्दै गएपछि अबको एक महिनापछि सेवा शुरु गर्ने तयारी भइरहेको जानकारी गराए । उनले भने, ‘‘आँँखाका क्यान्सर भएका बच्चाका लागि कान्ति बालअस्पतालमा पठाउने गरिएको छ, त्यहाँ पुगेका बिरामी धेरै फर्केर आउदैनन्, हाम्रो निगरानीमा नै उपचार गर्न तिलगंगामा नै यो सेवा शुरु गर्न लागेका हौँ ।’’ एकजना नर्सले तालीम लिएर आइसकिन, अन्य भौतिक पूर्वाधार निर्माण पनि करिब अन्तिमचरणमा पुगिसकेको छ उनले भने —“क्यान्सरका बिरामीले पाउने एक लाखसम्मको उपचार सुविधा पनि शुरु गर्ने विषयमा काम भइरहेको छ ।” ‘‘केमो थेरापी गर्नुअघि बेहोस् पारेर हेर्ने मेसिन र रेट क्याम मेसिन ( ट्युमर हेर्ने, कति बाँकी छ, पूरै हटेको छ वा छैन, नहटेको भए हटाउने मेसिन) पनि हामीले ल्याउँदैछौं, जुन मेसिन नेपालमै छैन,’’ आँखा क्यान्सर विशेषज्ञ डा स्थापितले भने । यो मेसिन जर्मनस्थित एक फाउन्डेशनले दान गर्न लागेको उनले जनाए ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: