Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

शक्तिशाली विस्फोटले रोकेन अनन्तलाई

\"\"राङ्सी । विहान नेकपाका कार्यकर्ताहरुको विद्युतीय धरापमा परेर ज्यान जोगाएका नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता वाम गठबन्धनबाट रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ले आफ्नो चुनावी अभियानलाई निरन्तर अगाडि बढाएका छन् । विहानै विस्फोटले आफूहरुलाई नरोक्ने घोषणा गरेका उनले दिउँसो दुईखोली गाउँपालिकाका राङसी पुगेर रोल्पालाई नमूना जिल्ला बनाउने घोषणा गरेका छन् । चुनावी सभालाई संबोधन गर्दै अनन्तले समृद्ध रोल्पा र सुखी रोल्पालीका लागि रोल्पालाई नमूना जिल्ला बनाउने घोषणा गरे । ‘समृद्ध रोल्पा र सुखी रोल्पाली हाम्रो अभियान हो,’ उनले भने, ‘यसका लागि हामी समृद्ध, गतिशील र स्मार्ट नमूना रोल्पा निर्माण गर्छौँ ।’ उनले भौतिक, सामाजिक, आर्थिक विकासबाट रोल्पालाई समृद्ध बनाउने खाका प्रस्तुत गरे । अनन्तले भने, ‘हाम्रो एक दशक जनयुद्धमा वित्यो, एक दशक शान्ति र संविधान निर्माण प्रक्रियामा बित्यो, अबको दशक समृद्धिको लागि वित्नेछ ।’ कार्यक्रममा अनन्तले राङ्सीले उपराष्ट्रपति, मन्त्री तथा अन्य नेताहरु जन्माएको भन्दै राङ्सीबासीलाई गौरव गर्न आग्रह गरे । कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् वाम गठबन्धनका तर्फबाट रोल्पाका प्रतिनिधि सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ले वाम तालमेलले अरु सबै अत्तालिएको बताएका छन् । वाम तालमेलबाट अत्तालिएकाहरुले भए नभएका काम गर्न थालेको उनको भनाई छ । निर्वाचन प्रचार प्रसारको क्रममा दुईखोली गाउँपालिकाको राङसीमा शनिबार आयोजित चुनावी सभालाई संबोधन गर्दै वरिष्ठ नेता अनन्तले भने, ‘वाम एकता देखेर अरु दल तथा समूहहरु अत्तालिएका छन् । त्यसैले भए नभएको काम गर्दै आएका छन् ।’ शनिबार विहान नेकपाका कार्यकर्ताहरुले गराएका वम विस्फोटको बारेमा कुनै धारणा नराखेका अनन्तले वाम तालमेलबाट उक्त समूहले तालमेलबाट अत्तालिएर वम विस्फोट गराएको सांकेतिक दावि गरेका थिए । विस्फोट निन्दनीय छ कार्यक्रममा क्षेत्र नं. २ का प्रदेश सभा सदस्य उम्मेदवार माओवादी केन्द्रका सचिवालय सदस्य दीपेन्द्र पुन ‘सिजल’ले आफूहरुले फराकिलो मतान्तले जित्ने दावि गरे । ‘हामी तपाईंहरुलाई जितका लागि भोट माग्न आएका होइन, भारी मतान्तरले जिताउनुहोस् भनेर भोट माग्न आएका हौँ,’ उनले भने । सिजलले शनिबार विहान आफूहरुलाई लक्षित गराएर गरिएको घटनाको निन्दा गरे । ‘आज विहान बम विस्फोट गराईयो । यो निन्दनीय छ,’ उनले भने । कार्यक्रममा एमालेका पोलिट्व्यूरो सदस्य गोकुल घर्तीले एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल मात्रै नभई पार्टी एकताका लागि तालमेल भएको बताए । उनले दुई पार्टीबीच छिट्टै एकता हुने दावि गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending