Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

हरेक निर्वाचनमा उठाइने एउटा मुद्दा, जुन अहिलेसम्म कार्यान्वयन भएको छैन 

\"\"काठमाडौं । राजनीतिक पार्टीले यसपटकको चुनावी घोषणापत्रमा पनि दलित समुदायले भोग्दै आएको छुवाछूत अन्त्य गर्ने चुनावी मुद्दा बनाएका छन् । नेपालमा भएका प्रत्येक निर्वाचनमा दलित समुदायको मत आफ्नो पक्षमा पार्नका लागि राजनीतिक दल र दलका नेताहरूले समाजमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्ने संकल्प गर्दै आएपनि समस्या जस्ताको तस्तै छ । नेपाली कांग्रेसले यही मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणापत्रमा जातीय छुवाछूत, उत्पीडन र विभेदलाई पूर्णरुपमा निर्मूल गर्दै दलितका अधिकार, आर्थिक समुन्नति र अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न राष्ट्रिय दलित आयोगको प्रभावकारी परिचालन गर्ने संकल्प व्यक्त गरेको छ । माथिको संकल्पलाई कांग्रेसले यसअघिका निर्वाचनका घोषणापत्रमा पनि समेट्दै आएको देखिन्छ । तर अहिले पनि अन्तरजातीय विवाह गरेका कारण वा पानी छोएको निहुँमा दलित युवाको ज्यान गएको छ । मुलुकका विभिन्न स्थानमा दलित समुदाय विस्थापित हुनु परेको छ । ‘शताब्दीयौँदेखि विभेद र विपन्नताको पीडा भोगिरहेका दलितको अधिकार, सामाजिक सम्मान र आर्थिक हैसियतमा सुधार गर्नु समावेशी लोकतन्त्रको पहिलो दायित्व हो’, कांग्रेस घोषणापत्रमा भनिएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त घोषणापत्रमार्फत नेपाली समाजबाट जातीय भेदभाव तथा छुवाछूत पूर्णरूपमा उन्मूलन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपालीले राजनीतिक दलहरूले प्रत्येक निर्वाचनमा छुवाछूत अन्त्य गर्ने भन्दै दलित समुदायको मतबाट निर्वाचन जिते पनि छुवाछूतले झन् चरम रूप लिँदै गएको बताइन् । दलित समुदायलाई राजनीतिक दल र दलका नेताहरूले भोट बैंकका रूपमा मात्रै प्रयोग गर्ने गरेको अध्यक्ष नेपालीको भनाइ छ । ‘संविधानद्वारा प्रदत्त दलित समुदायका हकहरूको प्रभावकारी कार्यान्वयन गरिनेछ, समाजमा दलित समुदायको न्याय र समानता स्थापना गरिनेछ, जातीय भेदभाव, उचनीच तथा छुवाछूत प्रथा लागू गर्ने अपराधीलाई आजीवन सश्रम कारावासको कानुनी व्यवस्था गरिनेछ’, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त घोषणापत्रमा भनिएको छ । आर्थिक, सामाजिक र सांस्कृतिकरूपमा शदियौँदेखि पछाडि पारिएको दलित समुदायको पहिलो संविधान सभामा ५० जनाको सहभागिता रहेको थियो । दोस्रो संविधानसभामा ४० जनाको सहभागिता रहेको थियो । दलित समुदायका परम्परागत पेशा, कला र सीपको संरक्षण, संवर्द्धन गर्दै तिनको आधुनिकीकरण र व्यावसायीकरण गरिनेछ र गरिबीको रेखामुनि रहेका प्रत्येक दलित परिवारका एक महिलालाई रोजगारीको व्यवस्था गरिने विषयलाई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त घोषणापत्रमा समेटिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले आफ्नो चुनावी घोषणापत्रमार्फत जातीय आधारमा हुने, गरिने कुनै पनि प्रकारका विभेद र छुवाछूतलाई दण्डनीय तुल्याउने संकल्प गरेको छ । नेकपा (एमाले) निकट दलित मुक्ति समाजका महासचिव गणेश विकले हरेक निर्वाचनमा राजनीतिक दलहरूले छुवाछूत अन्त्य गर्ने सवाललाई उल्लेख मात्रै गर्नेभन्दा पनि प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्छ भने । ‘मठमन्दिर वा धार्मिकस्थलमा जातिगत आधारमा प्रवेश निषेध गर्ने कार्यलाई अन्त गरिनेछ’, संयुक्त घोषणापत्रमा उल्लेख गरिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending