Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पुनर्वासका मेयर पदका उम्मेदवार माओवादी केन्द्रमा प्रवेश

\"\"पुनर्वास । स्थानीय तह निर्वाचनमा फोरम लोकतान्त्रिकबाट पुनर्वास नगरपालिकाको प्रमुख (मेयर) पदका उम्मेदवार झुठा राना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा विलय भएपछि कांग्रेस प्रवेश गरेका राना कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उपयुक्त नभएको भन्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । आसन्न चुनावमा नेपाली कांग्रेसबाट कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिवानसिंह विष्टले यसअघि जितेर पनि केही गर्न नसकेकाले वाम गठबन्धनकी उम्मेदवार बिना मगरललाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेको रानाले बताए । ‘दक्षिणी क्षेत्रको विकास गर्न अब कांग्रेसका नेताबाट सम्भव छैन । वाम गठबन्धनले मात्रै विकासबाट वञ्चित क्षेत्रको प्रगति गर्न सक्ने भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको हुँ,’ उनले भने । कांग्रेससँग फोरम लोकतान्त्रिकको पार्टी एकीकरणपछि कांग्रेस नेता बनेका राना माओवादीमा प्रवेश गर्दा कांग्रेसलाई पुनर्वास क्षेत्रमा धक्का लागेको छ । एकपछि अर्काे गर्दै स्थानीय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्न थालेपछि १ नम्बर क्षेत्रमा बिना मगर लगायत वाम गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले जित्ने माहौल बन्दै गएको माओवादी केन्द्रले दावी गरेको छ । तत्कालीन फोरम लोकतान्त्रिकको विद्यार्थी संगठनकी केन्द्रीय सदस्य द्रोपति राना समेत माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । ‘अघिल्लो निर्वाचनमा पराजित भएर पनि दक्षिणी क्षेत्रको विकासका लागि बिना मगर निरन्तर सक्रिय रहेकाले बिना दिदीबाट प्रभावित भएर माओवादी केन्द्रमा प्रवेश गरे,’ उनले भनिन्, ‘यसअघि चुनाव जितेर गएका नेताले दक्षिणी क्षेत्रको तीब्र विकास गर्न नसकेकाले यसपालि बिना मगरलाई जिताउने अभियानमा सबै आवद्ध हुनुपर्छ ।’ पुनर्वास नगरपालिकामा कांग्रेसका सक्रिय सदस्य फणिन्द्रराज सापकोटा, मदन उपाध्याय, गोपाल कुँवर, धिरेन्द्र विष्ट, लक्ष्मण जोशी, राप्रपाका स्थानीय नेता हरि रोकाया र विद्यार्थी नेता शान्ति जोशी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending